निर्णय नं. ८२३१ - अंश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२३१ - अंश । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०५/१० १३७६४ निर्णय नं. ८२३१ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री रणबहादुर बम संवत् २०६४ सालको दे.पु.नं.– ६२० फैसला मितिः २०६६।५।१०।४ मुद्दाः– अंश । पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं.१५ जनपथ टोल बस्ने गंगाप्रसाद भगत समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. १५ केशलिया मार्ग बस्ने उमेशकुमार भगत शुरु फैसला गर्नेः मा.न्या. श्री महेशप्रसाद पुडासैनी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री विनोदप्रसाद ढुंगेल मा.न्या.श्री दिपकुमार कार्की § बाबुले आफ्नो पालामा आर्जन गरेको कारणमात्र कुनै सम्पत्ति अंशबण्डाको १८ नं. को प्रयोजनको लागि बण्डा नलाग्ने सम्पत्तिको श्रेणीभित्र पर्न नसक्ने । § बण्डा नलाग्ने सम्पत्तिको श्रेणीभित्र पर्नका लागि कुनै अंशियारले निजी तवरबाट आफ्नो निजी प्रयोगको लागि आर्जन गरेको वा दानबकस पाएको हुनुपर्ने । § आफ्नो पालामा आर्जन गरेको सम्पत्ति र निजी तवरबाट आर्जन गरेको सम्पत्तिबीच आधारभूत अन्तरको विद्यामानता रहेको छ र निजी तवरबाट दानबकस पाएको सम्पत्तिबाट सो पाउनेसरहका अन्य अंशियारले अंश नपाउनेसम्म हो । बाबुको निजी सम्पत्ति निजले खुश गर्न पाउने हो तर बाँकी रहेकोमा त्यसबाट निजको अंशबाट मात्र अंश हक पाउने निजका श्रीमती छोरा, छोरीले अंश पाउने । (प्रकरण नं.४) § पुर्खाबाट हक सरी आई बाबुमा निहीत रहेको सम्पत्ति र बाबु आमाले आफ्नो जीवनकालमा निजी ज्ञान, सीप, प्रयास वा दानदातव्य वा कुनै व्यहोराबाट प्राप्त गरेको भएपनि खुश गर्न बाँकी रहेको सम्पत्ति छोराछोरीको हकमा पैतृक सम्पत्ति हुनजाने भएकाले सो सम्पत्ति छोरा छोरीहरूमा अंश भाग लाग्ने सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं.५) § अंशको हक अंशियार भएका नाताले स्वतः प्राप्त गर्ने हक हो । स्वतः प्राप्त गर्ने अंश जस्तो नैसर्गिक कानूनी हकलाई निष्क्रिय वा संकुचित पार्ने गरी भएको कुनै शर्त वा बन्देजले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § अंशियारहरूले पारस्परिक सहमतिबाट आफूहरूले आफ्नो अंश हक कुनै खास शर्त बन्देजमा रही प्रयोग गर्न सक्दछन् तर एउटा अंशियारको असहमति हुँदाहुँदै उसको अंश हकलाई सीमित वा संकुचित गर्ने गरी कुनै शर्त, बन्देज लगाउन नपाइने । § शर्त बन्देज कुनै घरायसी लिखतमा भएपनि त्यसले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § अंशमा दावी गरेपछि अंश हक जस्तो नैसर्गिक अधिकारलाई कुण्ठित हुने गरी खडा भएको शर्त वा बन्देज स्वतः बदरभागी हुने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री राजु आचार्य प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीरः § नेकाप २०६४, निर्णय नं. ७८१४, पृष्ठ १४० सम्बद्ध कानूनः § अंशबण्डाको १९(१), (२), १ र १८ नं. फैसला न्या. ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन,२०४८ को दफा ९ अन्तर्गत यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- प्रतिवादी पिता माता गंगाप्रसाद र शिवकुमारी भगतका म फिरादी सहित ५ छोरा, छोरीहरूमा प्रतिवादी राजेशकुमार भगत मेरो भाई नाताका मानिस हुन् । ३ दिदी बहिनीहरू क्रमशः आशा, विना र अमृताको बिवाह भैसकेको छ । हामी वादी प्रतिवादीहरू एउटै घरमा बसी आएका छौं । मेरो पत्नी मञ्जू भगतलाई विपक्षीहरूले अनावश्यक दुःख दिने गालीगलौज गर्ने