निर्णय नं. ८२०४ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२०४ - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६२/१२/०६ ५०२६ निर्णय नं. ८२०४ ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय.न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सवंत् २०५८ सालको रिट नं. ३७३४ आदेश मिति :– २०६२।१२।६।१ विषयः– उत्प्रेषणयुक्त परमादेश । रिट निवेदकः– भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ६ बस्ने केशव किसी विरुद्ध विपक्षीः इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड, नयाँ बानेश्वर, काठमाडौँ समेत § करारद्वारा सिर्जित हक व्यक्तिहरूको आपसको सम्बन्धमा सोही लिखतले र करारसम्बन्धी ऐनले साधारण अधिकारक्षेत्रअन्तर्गत सबूद प्रमाणको आधारमा हेरिने विषय हो । जसले लिलाम गर्न पाउने हो त्यसैले ऋणीले कर्जा नतिरेको कारणबाट शर्तअनुसार लिलामको कारवाही गरेको अवस्थामा क्षेत्राधिकारविहीन भएको भनी मात्र नमिल्ने । (प्रकरणन नं. २) § वित्त कम्पनीले ऋणीबाट आफ्नो बाँकी लेनाबापत गर्ने लिलामको कार्य त्यसको उद्देश्य र प्रकृतिका दृष्टिले समेत अदालतबाट हुने फैसला कार्यान्वयनको कार्यभन्दा फरक हुने हुँदा जिल्ला अदालतले छुट्टै प्रयोजनका लागि अपनाउने जिल्ला अदालत नियमावलीको कार्यविधि वा दण्ड सजायको महलको कार्यविधि वित्त कम्पनीले अपनाउनु पर्छ भत्र नमिल्ने । (प्रकरणन नं. ४) § वित्त कम्पनी एउटा कानूनी व्यक्ति भएको र त्यस्तो कम्पनीले सुरक्षणको शर्तविपरीत सुरक्षण लिलाम बिक्री गरेको कारणबाट अन्याय परेको भए ऋण नतिर्ने ऋणीले वा धितो लेखिदिनेले त्यस्तो कार्यलाई साधारण अधिकारक्षेत्रभित्र गई विवादको निरोपण गराउन पाउने । (प्रकरणन नं. ६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री देवीप्रसाद दाहाल र श्री प्रकाश राउत विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री सन्तोषकुमार महतो अवलम्वित नजीरः सम्बद्ध कानूनः § करार ऐन, २०५६ को दफा ३५ § वित्त कम्पनी ऐन, २०४२ § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७४ र ७५ § कम्पनी ऐन, २०४२ को दफा ४८(१) आदेश न्या. अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः– विपक्षी फाइनान्स कम्पनीबाट अञ्जना दाना उद्योगका प्रोप्राइटर विपक्षी नगेन्द्र खड्काले रू. बीसलाख (२०,००,०००।–) ऋण लिंदा मेरो नाउँमा दर्ता रहेको भक्तपुर जिल्ला, सिपाडौल गा.वि.स. वडा नं. ८ (ख) साविक कि.नं. ९४८ को क्षे.फ. ०–२–३–० (हाल कि.नं. ११९२) को क्षे.फ. ०–२–२–३ र ऐ. कि.नं. ९४९ को क्षे. फ. ०–२–३–० जग्गा र सोमा बनेको घर सो फाइनान्स कम्पनीले ३०,४६,०००।– (तीस लाख छयालीस हजार) मूल्याङ्कन गरी मबाट जेथा जमानत लिएको थियो । त्यस्तै मेरा नाउँको कि.नं. ९६४ को ०–५–२–२ जग्गा र मसमेत भाइ बलराम र आमा सानुमायाको नामको कि.नं. ७८१ को १–१२–३–१ जग्गा समेत दुबैको जम्मा ११,४९,४५०।– मूल्याङ्कन गरी उक्त कम्पनीमा जमानत राखी विपक्षी नगेन्द्र खड्काले २०५४।६।७ मा थप १०,००,०००।– ऋण लिनु भएको थियो । उल्लिखित विभित्र धितोका जग्गाहरू हामीलाई थाहै नदिई आफूले कायम गरेको भन्दा घटी मूल्यमा मूल्याङ्कन मुचुल्का खडा गरी २०५५।४।१० मा कम्पनी आफैले सकार गरे विरुद्ध मैले सर्वोच्च अदालतमा रिट निवेदन दिँदा उक्त सकार र सो आधारमा भएको नामसारी समेत बदर हुने गरी पूर्ण इजलासबाट २०५७।८।२२ आदेश भएको छ । उल्लिखित जग्गाहरू विपक्षी फाइनान्स कम्पनीले लिलाम गर्न लागेको छ भन्ने