निर्णय नं. ८२०१ - दर्ता बदर दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२०१ - दर्ता बदर दर्ता कायम भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/०५/२५ ७६८७ निर्णय नं. ८२०१ ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री अवधेशकुमार यादव माननीय न्यायाधीश श्री प्रकाश वस्ती पुनरावेदन नं...०६५.DF.०२४ फैसला मितिः २०६६।५।२५।५ मुद्दा– दर्ता बदर दर्ता कायम । पुनरावेदक प्रतिवादीः सुनसरी जिल्ला भोक्राहा गा.वि.स. वडा नं. ५ बस्ने दुनाई यादव समेत विरुद्ध प्रत्यर्थी वादीः सुनसरी जिल्ला भोक्राहा गा.वि.स. वडा नं. ५ बस्ने जगदिश मण्डल धानुक समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री इन्द्रमान कर्माचार्य, सुनसरी जिल्ला अदालत पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री प्रेम शर्मा मा.न्या.श्री राजेन्द्रप्रसाद भण्डारी यस अदालत संयुक्त इजलास मा.न्या.श्री रामप्रसाद श्रेष्ठ मा. न्या. श्री ताहिर अली अन्सारी § जग्गाको स्वामित्वको निर्धारणमा तत्काल भौतिक नियन्त्रण हुनैपर्ने बाध्यता नहुने किनभने स्वामित्व र भोग अलग–अलग कानूनी अवधारणा भएबाट यी अलग–अलग व्यक्तिको हुनसक्ने विधिशास्त्रीय मान्यता छ । तर सम्पत्ति धारण गर्ने स्वामी अर्थात् धारकको सो सम्पत्तिसँगको सम्बन्ध स्पष्ट रुपमा देखिनुपर्छ । त्यो देखिने आधार कानूनले संरक्षण गर्नसक्ने अवस्थाको भएमा मात्र त्यस्तो सम्पत्तिमा स्वामित्वको दावी गर्ने अधिकारको सिर्जना हुनसक्ने । (प्रकरण नं. ६) § दूषित दर्ता भनी हाँक दिने हकदैया जो कोहीमा र जहिले सुकै पनि रहँदैन । यसलाई हाँक दिने पक्षको सो दर्तासँग सार्थक सम्बन्ध भने रहनु पर्ने । § स्रोतविहीन दर्तालाई दूषित दर्ताको परिधिमा राखेर हेर्नुपर्ने हुन्छ । दूषित दर्ता गराउँदैमा कुनै सम्पत्तिमा अधिकारको सिर्जना हुनसक्तैन । त्यसो हुँदा दूषित रुपमा दर्ता गराइएको जग्गाको हस्तान्तरण प्रक्रियाको आडमा हैसियत परिवर्तन हुन सक्दैन । स्रोत नै दूषित भएपछि तद्पश्चात्का क्रियाले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ७) § प्रतिवादीले फिराद हदम्याद नाघी परेको भनी जिकीर लिए पनि दूषित रुपमा दर्ता गराएको जग्गालाई हदम्यादको आधार देखाउँदै मान्यता दिँदै जाने हो भने एकाको हकको अथवा सरकारी वा सार्वजनिक जग्गा गुपचुप रुपमै दर्ता गर्ने र निश्चित म्याद नाघेपछि दावी गर्न आउने प्रवृत्तिले प्रोत्साहन पाउने हुँदा यस्तो प्रवृत्ति साम्पत्तिक अधिकारसम्बन्धी विधिशास्त्रीय अवधारणा प्रतिकूल हुने । (प्रकरण नं. ८) § स्रोत दूषित भएपछि सो जग्गा अन्यत्र हस्तान्तरण भई कित्ता फोडद्वारा खण्डित भएको जग्गाको हैसियत पनि मूल जग्गासरह दूषित हुन्छ । कानूनी बाटो अनुशरण गरी अदालतबाट फैसला गराई हक हस्तान्तरण गरेको भन्ने आधारले दूषित दर्ताको हैसियत परिवर्तन हुन सक्तैन । यसरी ऐलानी जग्गा दूषित रुपमा दर्ता गरेको अवस्थामा त्यस्तो दर्ता माथि प्रश्न उठाउन हदम्याद बाधक हुन नसक्ने हुँदा फिराद हदम्याद नाघी परेको भन्न नमिल्ने । (प्रकरण नं. ९) § परस्पर अन्योन्याश्रित क्रियाहरूको कानूनी रुपमा परीक्षण एकसाथ गर्न सकिन्छ । यसलाई अलग–अलग विषय मान्नु न्यायोचित हुँदैन । मूल क्रियाबाट निःसृत हुने अन्य सहक्रियाको संख्या अ.वं. ७२ को परिप्रेक्ष्यमा अलग विषय होइन । मूल क्रियाको कानूनी वैधताको परीक्षणमा सोसम्बन्धी अन्य सहक्रियाको अस्तित्व आश्रित रहन्छ भने यस्तो अवस्थामा जतिसुकै क्रियाहरूको विरुद्धमा पनि एउटै फिराद दायर भई इन्साफ हुन सक्ने, अ.वं. ७२ नं.को प्रयोजन र मन