निर्णय नं. ८२०५ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२०५ - भ्रष्टाचार भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/०५/०७ ३५४८ निर्णय नं. ८२०५ ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संम्वत् २०६० सालको फौ.पु.नं ...३६०३ फैसला मितिः २०६६।५।७।१ मुद्दा : भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः सिराहा जिल्ला, वेल्हा गा.वि.स वडा नं ८ वस्ने राजकुमारलाल कर्ण समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला प्रशासन कार्यालय सिराहाको पत्रले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या. श्री जगदीशप्रसाद शर्मा पौडेल पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री शारदाप्रसाद पण्डित मा.न्या.श्री ताहिर अलि अन्सारी § मरिसकेको व्यक्तिको नाउँमा रहेको जग्गा निजका कानूनी र वास्तविक हकदार छोरा समेतको सहमति बेगर अर्को उनाउ व्यक्तिलाई जग्गाधनी खडा गराई गैरकानूनी रुपमा मिलेमतो गरी सरकारी कर्मचारी समेतको प्रत्यक्ष संलग्नतामा वास्तविक जग्गाधनी र निजको हकदारको हक मेट्ने एवं गैरकानूनी हानि पुर्याउने र गैरकानूनी रुपमा लाभ पुर्याउने उद्देश्यबाट लिखत पारित गर्ने गरी भएको क्रियाहरू तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा दफा ८ समेतको परिधिभित्रै पर्ने । त्यस्तो कसूरजन्य कार्यलाई व्यक्तिगत सम्पत्ति लिनुदिनु गरेको विषयभित्र सीमित गरी व्यक्तिगत रुपमा मुद्दा गरी निरुपण गर्नुपर्ने भनी अर्थ गर्दा भ्रष्टाचारजन्य क्रियाहरूको संकुचित परिभाषा हुन गई गैरकानूनी, अनाधिकृत एवं भ्रष्टाचारजन्य क्रियाहरूले नै प्रश्रय प्राप्त गर्ने । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा श्री सुरेन्द्रकुमार श्रेष्ठ प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शिवबहादुर रानाभाट अवलम्वित नजीरः सम्बद्ध कानूनः § भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१), ८, १६क. § अ.वं १८४(क) १८५ नं § प्रमाण ऐन, २०३१ को दफा ७(ग), २८ फैसला न्या. मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत, राजविराजको फैसलाउपर प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्याइ पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार यस अदालतबाट निस्सा प्रदान भै दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– मालपोत कार्यालय सिराहाका कर्मचारीहरू र अन्य व्यक्तिहरूले मिलेमतोबाट मरिसकेको व्यक्तिको जग्गा कीर्ते व्यक्ति खडा गरी गराई गैरकानूनी रुपले लिएको हुँदा उक्त व्यक्तिहरूउपर आवश्यक कारवाहीको लागि ऋणी मोसदीलाल कर्ण धनीहरू विनोदकुमार महासेठ भएको र.नं ४२१५, खसिया सुंडी भएको र.नं ४२१६, महालक्ष्मी कर्ण भएको र.नं ४२१७, र उषादेवी घिमिरे भएको र.नं ४२१८ का चार थान राजीनामा कागजहरू समेतका कागजात यसै साथ पठाइएको छ भन्ने जिल्ला प्रशासन कार्यालय, सिराहाको मिति २०४९।१०।६ को पत्र र संलग्न कागजातहरू विशेष प्रहरी विभागमा प्राप्त भई अनुसन्धान कारवाही शुरु भएको । मिति २०४९।९।२६ मा मालपोत कार्यालय, सिराहाबाट पारित र.नं ४२१८ को राजीनामा तमसुकमा उल्लेख भएको वेल्हा गा.वि.स वडा नं ९ को कि.नं १६१ क्षे.फ ०–१६–१२१२ र कि.नं १९० क्षे.फ ०–४–१७ समेत ज.वि १–१–९१२ को जग्गा मैले ४४,०००।– मा सिराहा जिल्ला, सिराहा गा.वि.स वडा नं ४ वस्ने मोसदीलाल कर्णसँग खरिद गरिलिएको हो । उक्त जग्गा पारित गरी लिँदा म मालपोत कार्यालय गएको थिइन । मोसदीलाल कर्णलाई म चिन्दिन । निज स्वर्गे भएको भन्