निर्णय नं. ८२०६ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२०६ - आयकर भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/०५/२९ ३६१६ निर्णय नं.८२०६ ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की संवत २०६१ सालको फौ.पु.नं...३१५९ फैसला मितिः २०६६।५।२९।२ मुद्दाः आयकर (२०५४।०५५) । पुनरावेदकः सीता ट्रेड सेन्टर प्रा.लि.कलंकीको अधिकार प्राप्त प्रवन्ध सञ्चालक सीताराम तिमल्सिना विरुद्ध प्रत्यर्थीः ४ नं. क्षेत्र कर कार्यालय, काठमाडौँ, हाल आन्तरिक राजश्व कार्यालय काठमाडौं शुरु निर्णय गर्नेः ४ नं. क्षेत्र कर कार्यालय, काठमाडौँ पुनरावेदन फैसला गर्नेः अध्यक्ष श्री वैद्यनाथ उपाध्याय सदस्य श्री पुष्कलप्रसाद उपाध्याय § आफ्नो कारोवारको सम्बन्धमा सवैभन्दा वढी जानकारी स्वयं करदातालाई नै हुन्छ भन्ने सिद्धान्तका आधारमा करदातालाई कानूनबमोजिमको कर निर्धारण गरी सम्बन्धित निकायमा वुझाउने दायित्व सुम्पिएको हुँदा आफ्नो आयको स्वयंलाई कर निर्धारण गर्न दिंदा आयमा पारदर्शीता समेत देखाउन सक्नु पर्ने । § करदाताले पेश गरेको विवरण झुठा ठहरिन गएमा अर्थात् करदाताले झुठो विवरण दिएमा, कर छलेमा, घटी कर निर्धारण गरेमा भने सजायको भागीदार बन्नु पर्ने । (प्रकरण नं.४) पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वद्रीबहादुर कार्की र विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०३१ को दफा ३३(२) फैसला न्या.रामप्रसाद श्रेष्ठः राजश्व न्यायाधीकरण, काठमाडौँको मिति २०६०।२।१ गतेको फैसलाउपर राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ (घ) बमोजिम पुनरावेदन गर्ने अनुमतिको लागि परेको निवेदनमा यस अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः– प्रस्तुत मुद्दामा प्रस्तुत करदाताको आ.व. २०५४।०५५ मा खुद आय सालाखाला रु. ४,५२,५१५।२४ उल्लेख गरी लेखा परीक्षण प्रतिवेदन समेत साथै राखी मिति २०५५।११।३ मा कर कार्यालय काठमाडौँमा पेश गरेको स्वयंकर निर्धारण विवरण । स्वयंकर निर्धारण विवरण साथ पेश भएको लेखालाई आयकर ऐनको दफा ५८(क) बमोजिम अमान्य गरी सोही ऐनको दफा ३३(२) बमोजिम खुद आय कायम गर्नुपर्ने देखिएकोले सो बमोजिम हुनु नपर्ने भन्ने सम्बन्धमा कुनै कुरा भन्न वा सबुद प्रमाण पेश गर्न ऐनको दफा ३३(४) बमोजिम अन्तिम मौका प्रदान गरिएको मिति २०५६।१२।२१ को पत्र । पेश भएको स्वयंकर निर्धारण विवरणलाई विस्तृत छानवीन गरी आयकर ऐन, २०३१ को दफा ३३(२) बमोजिम खुद आय रु. ८,२०,७७९।४१ कायम गरी सोमा कर रु. २,०५,१९४।८५ र जरीवाना रु. ६,८५८।१५ मध्ये अग्रिम दाखेल भएको रु. १,०८,८६१। कट्टा गरी वाँकी कर तथा जरीवाना समेत यो आदेश प्राप्त भएको ३५ दिनभित्र दाखेला गर्नु होला भन्ने समेत व्यहोराको मिति २०५६।१२।२९ मा भएको आयकर निर्धारण आदेश । प्रा.लि.ले गरेको कारोवारको सम्पूर्ण विवरण र सोसँग सम्बन्धित आवश्यक कागजातहरू समेत प्रत्यर्थी कार्यालयमा पेश गरेको अवस्थामा सोलाई विचारै नगरी वास्तविकभन्दा वढी कारोवार देखाई हचुवाको भरमा गरिएको कर निर्धाण आदेश बदर गरी पाउंm भन्ने समेत व्यहोराको पुनरावेदकको पुनरावेदन जिकीर । यसमा आन्तरिक राजश्व विभागको मिति २०४२।७।१६ को परिपत्रमा आयल निगमका डिलरहरूको आय कायम गर्दा निजहरूले प्राप्त गरेको कमिशनमध्ये रु. १ लाखसम्मको कमिशनमा