निर्णय नं. ८२०८ - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२०८ - जिउ मास्ने बेच्ने भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६५/१०/२२ ५०६९ निर्णय नं.८२०८ ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०६४ सालको फौ.पु.नं. – ०१३१ फैसला मितिः २०६५।१०।२२।४ मुद्दा : जीउमास्ने बेच्ने पुनरावेदक प्रतिवादीः बुद्धिबहादुर श्रेष्ठको श्रीमती जिल्ला मकवानपुर बसामाडी गा.वि.स. वडा नं. ३ लेवट घर भई हाल कारागार कार्यालय, पर्सामा थुनामा रहेकी ठुली दिदी भन्ने फूलमती श्रेष्ठ (महर्जन) बिरुद्घ प्रत्यर्थी वादीः रोसना लामा समेतको जाहेरीले नेपाल सरकार § फौजदारी अपराधमा सजायको माग गरी अभियोग लगाई अदालतसमक्ष पेश गरेको अभियुक्तले अपराध स्वीकार गर्छ भने अन्य प्रमाण बुझ्न नपर्ने । (प्रकरण नं.३) § अभिभावकको मञ्जूरी हुँदैमा त्यस्तो कार्य कानूनअनुरूप नहुने । § कलिला नाबालक केटाकेटीहरूलाई सर्कस जस्तो जोखिम काममा लगाउन विदेश पुर्याएर बिक्री गरी रकम लेनदेन गरी जोखिम काममा लगाई छाडी आउने कार्यलाई निर्दोष मान्न नमिल्ने। (प्रकरण नं.१५) § महिलाउपर हुने गम्भीर अपराधमा नाबालक र महिलाहरूको हक रक्षा गरी नाबालक र महिलाहरूलाई न्याय दिलाउन भारतमा भएको अनुसन्धानको सिलसिलामा संकलित प्रमाणलाई नेपाली अदालतले प्रमाणमा लिन सक्ने व्यवस्था गर्न आवश्यक देखिने । (प्रकरण नं.२०) § अपराधबाट पीडित बालबालिकाको संरक्षण र उनीहरूको हितको लागि नेपाल सरकार र नेपालको न्यायपालिका दुवै नेपाल कानून र अन्तर्राष्ट्रिय महासन्धि एवं अन्य Declaration हरूलाई लागू गर्न कटिबद्ध हुनुपर्ने । (प्रकरण नं.२४) पुनरावेदक प्रतिवादि तर्फबाटः वद्वान अधिबक्ताद्वय श्री भीम प्रसाद ढकाल र श्री यमुना भट्टर्इ अवलम्बित नजीरः सम्बद्ध कानूनः § सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ § जीउमास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ फैसला न्या.बलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा १ को खण्ड (ख) अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– बीरबहादुर श्रेष्ठ, राधिका लामा, ठूलीदिदी भन्ने ठूली महर्जन, धनबहादुर गुरुङ र निजको कान्छी श्रीमती समेतले बालबालिकाहरूलाई झूठो आश्वासन देखाई प्रलोभनमा पारी भारतीय सर्कसमा लगी अलपत्र पारेको हुँदा अपराधीहरूलाई पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको बालकल्याण संस्थाको जाहेरीपत्र । हामी जाहेरवालीहरूलाई ठूलीदिदी भन्ने फुलमती श्रेष्ठले २०५५ साल मंसिरमा प्रलोभनमा पारी भारतको सर्कसमा लगी रू.२,०००।– भारु का दरले बिक्री गरी ७ वर्षको लागि छाडेको हो र बिक्री गर्नेमा धनबहादुर गुरुङको समेत मिलेमतो रहेको थाहा पाएका हौं भन्ने समेत व्यहोराको पीडित सुनीमा लामा र रोशना लामाको जाहेरी दर्खास्त । २०५५ साल मंसिरमा म बहिनी शबु लामा र साथी रोशना लामा स्कूल पढ्न गएका अवस्था ठूलीदिदीले सर्कसमा काम लगाउन बोलाएकी छन् भनी मिना लामाले बोलाउन आई निजले नै ठूलीदिदीसँग भेटाई म समेतलाई प्रलोभनमा पारी ठूलीदिदीले भारतको सर्कसमा लगी भा.रू. २,०००।– का दरले बिक्री गरी आएकी र ३ वर्षपछि फिर्ता आउन सफल भएको हुँ । धनबहादुर गुरुङ समेतको मिलेमतोमा बिक्री गरेको रहेछ भन्ने समेत व्यहोराको सुनीमा लामाको बयान । हामी स्कूल पढ्न गएको अवस्था ठूलीदिदीले मानिस लिन पठाई प्रलोभनमा पारी भारतको सर्कसमा भा.रू. २,०००।– का दरले बिक्री गरी आएका र ३ वर्षपछि फिर्ता आउन