निर्णय नं. ८२०९ - बण्डा मुचुल्का चलन पूर्जी बदर दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२०९ - बण्डा मुचुल्का चलन पूर्जी बदर दर्ता । भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/०३/२९ ३६२४ निर्णय नं. ८२०९ ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०५९ सालको दे.पु.नं.८१०१ फैसला मितिः २०६६।३।२९।२ मुद्दा :– बण्डा मुचुल्का चलन पूर्जी बदर दर्ता । पुनरावेक वादीः महोत्तरी जिल्ला वथनाहा गा.वि.स.वडा नं.६ बस्ने हरिवंश झा मैथिल व्राम्हण बिरुद्ध प्रत्यर्थी विपक्षीः महोत्तरी जिल्ला हाल वथनाहा गा.वि.स.वडा नं.६ बस्ने शिवचन्द्र झा समेत शुरु फैसला गर्ने : मा.न्या.पवनकुमार शर्मा पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री बद्रीकुमार बस्नेत मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ § बण्डा हुनको लागि त्यसमा अंशियार–अंशियारबीच निर्विवाद हक स्थापित भएको पैतृक सम्पत्ति हुनु अनिवार्य हुने । (प्रकरण नं.४) § विधिवत् भएको फैसलालाई अदालतबाटै अमान्य र निष्क्रिय बनाइनु न्यायिक मर्यादाको विपरीत हुनजाने । § अदालतबाट कानूनी प्रक्रिया अवलम्बन गरी हुन गएको फैसलाबाट कसैको हकाधिकारमा प्रतिकूल असर परेको अवस्थामा त्यसलाई विधिवत् चुनौती दिई बदर गराइन्न भने त्यसको सर्वमान्यतामा प्रश्न उठाउन उचित नहुने । § सम्पत्तिका विषयमा एक पटक भएको फैसलाको प्रतिकूल निर्णय गरिनु न्यायिक अराजकताको सूचक हुन पुग्ने । (प्रकरण नं.५) § विधिसम्मत प्रक्रियाबाहेक अन्य प्रक्रियाबाट प्रवेश गरेको विवादमा अनाधिकार निकायबाट कुनै निर्णय हुन्छ भने मात्र सो निरर्थक र निष्क्रिय हुने । § संयुक्त दर्तावालाले गरेको लिखतलाई अदालतले पारीत हुने ठहर्याएपछि सो फैसला बदर गराउन कानूनी मार्ग अवलम्बन गरी बदर गराइएमा बाहेक त्यस निर्णयको प्रतिकूल जानु कानूनसम्मत नहुने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव प्रत्यर्थी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री दीर्घलाल गिरी अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत जनकपुरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– जिल्ला महोत्तरी थरुवाही गा.वि.स.वडा नं.३ कि.नं.१४८ को जग्गा विगाहा ०–७–१० मध्ये दक्षिणतर्फबाट जग्गा विगाहा ०–५–१५ जग्गा विपक्षी हरिश्चन्द्र झाले मिति २०३२।५।२० गते मलाई सट्टापट्टाको लिखत गरी दिई सो लिखत रजिष्ट्रेशन गर्न आलटाल गर्नुभयो । महोत्तरी जिल्ला अदालतको फैसलाबमोजिम कि.नं.१९२ को जग्गा विगाहा ०–५–१५ म हरिवंश झाको नाउँमा कायम भयो । तर, विपक्षीको नाउँमा बचत ऋण देखिएकोले मालपोत कार्यालयबाट मेरो नाउँमा जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलव्ध भएन । २०४५ सालको दे.नं.११२१ को अंश दर्ता मुद्दामा तायदाती पेश गर्दा लिखत पारित भएको कि.नं.१४८को सम्पूर्ण जग्गा नै उल्लेख गरी सोही फाँटवारीबमोजिम कि.नं.१४८ बाट कित्ताकाट भै कायम भएको १९२ र १९३ का कित्ताहरू बदर गरी कि.नं.२३० र कि.नं.२३१ कायम गरी शिवचन्द्र झाको नाउँमा ०–३–१५ र हरिश्चन्द्र झाको नाउँमा ०–३–१५ जग्गा कायम गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेका रहेछन् । अतः लिखतअनुरूपको कि.नं.१४८ को दक्षिणतर्फबाट जग्गा विगाहा ०–५–१५ समेत पारी विपक्षीहरूले मिति २०५२।३।३१ गते बण्डा छुट्याएको हदसम्म बदर गरी कि.नं.१४८ को कित्ताकाट भई मेरो नाउँमा कायम भएको कि.नं.१९२ को ज