निर्णय नं. ८२१० - हक निखनाई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२१० - हक निखनाई पाऊँ । भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/०१/०७ ३६९५ निर्णय नं.८२१० ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६१ सालको दे.पु.नं.– ९७६१ फैसला मितिः २०६६।१।७।२ मुद्दा :– हक निखनाई पाऊँ । पुनरावेदक प्रतिवादीः नवलपरासी जिल्ला माकर गा.वि.स. वडा नं. ४ बस्ने गुमादेवी पाठक बिरुद्ध प्रत्यर्थी वादी ऐ.ऐ. बस्ने पुरूपोत्तम भट्टराई शुरु फैसला गर्नेः मा.जि.न्या. श्री गणेश पञ्जियार पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ताहिर अली अन्सारी मा.न्या. श्री चन्द्रबहादुर कार्की § आफ्नो घरको वलेनीको पानी र हैण्डपाइप धाराको पानी अर्काको जग्गाबाट निकाश गराउन नपाइने भयो भन्ने आधारमा निखनाई पाऊँ भन्न कानूनी एवं व्यावहारिक दृष्टिकोणबाट नमिल्ने । § सन्धिसर्पन भन्नाले साँध जोडिएको मात्र नभई सो अचल सम्पत्ति आफूलाई निकास, बाटो, सिंचाई, हावा, प्रकाश वा अन्य यस्तै कारणबाट आफूलाई नभई नहुने प्रकृतिको अचल सम्पत्ति देखिनु पर्ने ( प्रकरण नं ४) पुनरावेदक तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीर सम्बद्ध कानूनः फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत वुटवलको मिति २०६०।३।२४ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरी पाउन निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– विपक्षी मध्येका कुलानन्द भट्टराई मेरा बाबु गनपति भट्टराईका दाजुभाइ भै वहाँ मेरो सख्यात काहिला बाबु हुनुहुन्छ । वहाँ र म बीच ३ (तीन) पुस्ताभित्रको काका भतिजा नाता पर्छ । म वादीको नाउँमा दर्ता रहेको जिल्ला नवलपरासी माकर गा. वि. स. वडा नं. ४(घ) कि. नं. ३६९ र ३७० जग्गाको क्रमशः पूर्व र दक्षिण तर्फ प्रतिवादी मध्येका कुलानन्दको नाउँको कि. नं. ३७१ को जग्गा पर्दथ्यो । मेरो नाउँमा दर्ता भएको जग्गा मध्ये कि. नं. ३६९ को जग्गामा पक्की घर रहेको र उक्त घरको वलेनीको पानीको निकास कि. नं. ३७१ को जग्गाबाट भएको तथा कि. नं. ३७० को जग्गामा वनेको २ वटा कच्ची घरको पानीको निकास समेत उक्त कि. नं. ३७१ मा भई उक्त बमोजिम मेरो जग्गामा आवत जावत गर्न कि. नं. ३७१ को जग्गा प्रयोग भई आईरहेको अबस्थामा विपक्षी मध्येका कुलानन्द भट्टराईले आफ्नो नाउँको उक्त कि. नं. ३७१ को जग्गा म वादीलाई थाहा जानकारी नदिई विपक्षी कुलानन्द भट्टराई दिने गुमा देवी पाठक लिने गरी मालपोत कार्यालय नवलपरासीबाट र. नं. २३५२ मा थैली रु. एक लाख पचास हजार लिई पारित गरेको कुरा मिति २०५६।११।१२ मा नक्कल सारी लिई थाहा पाएको र उक्त जग्गा मलाई सन्धिसर्पन पर्ने हुँदा विपक्षीहरूलाई उक्त थैली र रजिष्ट्रेशन दस्तूर वुझी लिई जग्गा मलाई निखन्न माग्दा विपक्षी गुमादेवी पाठकले इन्कार गरेकोले उक्त थैली बमोजिमको रकम मालपोत कार्यालय नवलपरासीमा धरौटी राखी निखनाई पाउनको लागि निवेदन दिंदा विवाद भई सम्बन्धी जि. अ. मा जानु भनी उक्त कार्यालयबाट मिति २०५७।६।२९ मा निर्णय भएकाले साह्रै अन्यायमा परी म्याद भित्र यो फिराद लिई आएको छु । विपक्षी गुमादेवी पाठकलाई म बाट उक्त बमोजिम मालपोत कार्यालय नवलपरासीमा राखिएको थैली रजिष्ट्रेशन दस्तूर वुझ्न लगाई उक्त कि. नं. ३७१ को ज. वि. ०–०–१० जग्गा म वादीले हक निखनाई पाउने ठहर घोषित गरी विपक्षी गुमादेवी पाठकको नाउँबाट खा