निर्णय नं. ८२११ - बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२११ - बकसपत्र बदर भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/०२/२७ ४३१० निर्णय नं. ८२११ ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६३ सालको दे.पु.नं. ५६१, ५६२, ५६३ फैसला मितिः २०६६।२।२७।४ मुद्दा :– वकसपत्र बदर (अंश नामसारी ) पुनरावेदक प्रतिवादीः वंशीको नाति शिवबसन्तको छोरा जिल्ला रुपन्देही असुरैना गा.वि.स. वडा नं. ७ वस्ने राम निवास भन्ने श्रीकृष्णप्रसाद यादव विरुद्ध वंशीको श्रीमती ऐ.ऐ. वस्ने तिलका अहिरनी समेत पुनरावेदक प्रतिवादीः वंशीको मु.स. गर्ने शीवबसन्तको श्रीमती जिल्ला रुपन्देही असुरैना गा.वि.स.वडा नं. ७ वस्ने नाहरी यादवको वारेस भई आप्mनो हकमा समेत पुनरावेदन गर्ने वंशीको छोरा ऐ. ऐ. वस्ने शिवबसन्त यादव विरुद्ध प्रत्यर्थी वादीः वंशीको श्रीमती ऐ.ऐ. वस्ने तिलका अहिरनी पुनरावेदक प्रतिवादीः रामऔतारको नाति तथा वंशी अहिरको छोरा जिल्ला रुपन्देही असुरैना गा.वि.स.वार्ड नं. ७ वस्ने ढिमली भन्ने मुरली अहिर विरुद्ध प्रत्यर्थी वादीः वंशीको श्रीमती ऐ.ऐ. वस्ने तिलका अहिरनी समेत शुरु फैसला गर्नेः मा.जि.न्या. श्री यज्ञराज भट्ट पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री विश्वराज जोशी मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी § कुनै पनि व्यक्तिले आफ्नो अंशबापतको सम्पत्ति अन्य व्यक्तिलाई वैधानिक रुपमा हस्तान्तरण गरिसकेपछि त्यस्तो सम्पत्तिमा तोकिएको शर्त पूरा भएपछि दाताको हक समाप्त भै सम्पत्ति प्राप्त गर्नेको अधिकार स्वतः सिर्जना हुने । (प्रकरण नं.२) § अंशवण्डाको महलले आफ्नो हक पुग्ने सम्पत्ति मात्रै आफूखुशी गर्न पाउने प्रष्ट कानूनी व्यवस्था गरेको अवस्थामा अरु अंशियारहरूको समेत हक लाग्ने पैतृक सम्पत्ति अन्य अंशियारहरूको सहमतिबिना हक हस्तान्तरण गरी दिन नपाउने । (प्रकरण नं.५) § एक अंशियार परलोक भैसकेको भए पनि निजले आफ्नो अंश हकका सम्बन्धमा शेषपछिको वकसपत्र पारित गरी दिइसकेको देखिँदा शेषपछिको वकसपत्र प्राप्त गर्नेको हक सिर्जना हुने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कनूनः § दान वकसको महलको १ नं. § अंशवण्डाको महलको १९(४) फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत वुटवलको मिति २०६३।२।१ को फैसलाउपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- मुल पुरुष राम औतारको छोरा विपक्षी मध्येका वंशी अहिर हुन् । निज वंशीको १ मात्र श्रीमती वादीमध्येकी म तीलका हुँ । विपक्षी वंशी र वादीमध्येकी म तीलकाबाट जन्मेका ३ छोरा क्रमशः विपक्षी मध्येका ढीमली भन्ने मुरली, शीवबसन्त र वादीमध्येको म सुन्नर यादव हौं । शीवबसन्तका छोरा राम नेवास भन्ने श्रीकृष्णप्रसाद यादव हुन् । राम औतार र निजको श्रीमतीको परलोक भैसकेको छ । बाँकी हामी वादी प्रतिवादीहरू मात्र एकाघर संगोलमा वसि आएका छौं । विपक्षीहरूले इज्जत आमदअनुसार खान लाउन समेत नदिएकोमा मिति २०५८।१।२९ गतेका दिन अंश माग गर्दा अंश नदिएको र वंशीका नाउँमा रहेको फिरादमा तपसिलमा उल्लेख भएको कृष्णप्रसाद यादवलाई २०५७।३।१२ गते पारित गरिदिएको ज. वि. २–०–१२ को जग्गा समेत मिसाई फिराद दर्ता भएका अघिल्ला दिन सम्मको सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी लिई ५ भाग लगाई विपक्षी वंशी, मुरली, शीवबसन्तको ३ भाग पर सारी बाँकी २ भा