निर्णय नं. ८२१२ - केही सार्वजनिक अपराध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२१२ - केही सार्वजनिक अपराध भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/०४/१५ ४४६४ निर्णय नं ८२१२ ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री रणबहादुर बम संवत् २०६२ सालको स.फौ.पु.नं. ३४५१ फैसला मितिः २०६६।४।१५।५ मुद्दाः केही सार्वजनिक अपराध । पुनरावेदक वादीः मुस्कान पौडेलको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौ जिल्ला का.म.न.पा. वडा नं. २१ बस्ने रघुनाथ अग्रवाल शुरु फैसला गर्नेः प्र.जि.अ. नारायण गोपाल मलेगू पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री नन्दराज अधिकारी मा.न्या. श्री आत्माराम भट्टराई § न्यायकर्ताले निर्णय गर्दा कसैउपरको अभियोग यो यस्तो प्रमाणबाट पुष्टि भएको भनी वस्तुगत प्रमाणमा आधारित भएर न्यायिक विवेकको प्रयोग गरी कानूनसम्मत फैसला गर्नुपर्ने । § ऐनद्वारा प्रदान गरिएको अधिकारको प्रयोग गरी न्यायिक निर्णय गर्दा प्रयोग र पालन गर्नुपर्ने न्यूनतम् मापदण्ड पालन गर्नुपर्ने । § आफूले गरेको निर्णय कुन तथ्य र प्रमाणमा आधारित हो भन्ने फैसलाबाट प्रष्ट देखिनु पर्छ । त्यस्तो निर्णय स्वैच्छाचारी रुपमा गरिएको भन्ने नभई युक्तियुक्त तर्कमा आधारित (Reasoned Decision) हुनुपर्ने । (प्रकरण नं.४) § निजामती कर्मचारीको सरुवा नियमित र सामान्य प्रक्रिया भएपनि आफूले गरेको फैसला राय कितावमा लेखी फैसलाको पूर्ण पाठ तयारै नहुनु त्यसमा पनि ऐनअनुसार दण्ड सजाय गर्दा त्यसको वस्तुगत आधार कारण नखोली मनोगत रुपमा सजाय गरेको देखिनुलाई फैसला गर्ने अधिकारीबाट निजलाई कानूनले सुम्पिएको जिम्मेवारी पूरा गरेको मान्न सकिएन । तसर्थ आफ्नो जिम्मेवारीप्रति सचेत रहन तथा त्यस्तो जिम्मेवारी पूरा गर्न गराउन गृह मन्त्रालयको ध्यान आकृष्ट गर्नको निमित्त यो न्यायिक टिप्पणी हुने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटःविद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को उपदफा (ख) फैसला न्या.गौरी ढकालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकार भित्रको भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– मिति २०५७।१०।२४ गते का.म.न.पा. वडा नं. ३४ वडा कार्यालय अगाडि प्रतिवादी रघुनाथ अग्रवाल र पप्पु भन्ने सुरेन्द्र अग्रवाल समेतका व्यक्तिहरूले एक्कासी मलाई कुटपीट गरी हो होल्ला अशान्ति गरी घाईते वनाई जथाभावी गरेकोले कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको मुस्कान पौडेलको जाहेरी । का.म.न.पा. वडा नं. ३४ भिमसेनगोलानिर बाटोमा जाहेरवालालाई कुटपीट गरी होहल्ला अशान्ति गरी प्रतिवादी सुरेन्द्र अग्रवाल र रघुनाथ अग्रवालले जथाभावी गरेको भनेको स्थानको घटनास्थल प्रकृति मुचुल्का । सुरेन्द्र अग्रवालसमेत भै जाहेरवालासँग वादविवाद भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी रघुनाथ अग्रवाल अधिकार प्राप्त अधिकारी समक्षको वयान । उक्त मिति र स्थानमा जाहेरवालालाई प्रतिवादी रघुनाथ अग्रवाल र सुरेन्द्र अग्रवालले घर जग्गा खरिद बिक्री सम्बन्धमा वाद विवाद गरी हो हल्ला अशान्ति गरी कुटपीट गरेको हो भन्ने व्यहोराको बुझिएका मानिस रविन्द्र बिक्रम राणा, उज्जल कोइरालाको अलग अलग कागज । जाहेरवाला मुस्कान पौडेलको शरिरमा घाउँ चोट पटक लागेको भन्ने घाँ जाँच केश फाराम। जाहेरवाला मुस्कान पौडेलसँग जग्गा खरिद बिक्री गर्ने