निर्णय नं. ८२१३ - उत्प्रेषण परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२१३ - उत्प्रेषण परमादेशसमेत भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/०५/१७ २७०१ निर्णय नं. ८२१३ ने.का.प. २०६६ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६६ सालको रिट नं.००२३ आदेश मितिः २०६६।५।१७।४ मुद्दा : उत्प्रेषण परमादेश । निवेदकः मोरङ्ग जिल्ला, विराटनगर उ.म.न.पा.वडा नं.१३ स्थित कार्यालय रहेको दोलखा निर्माण कम्पनी प्रा.लि.का तर्फबाट रञ्जना दाहाल विरुद्ध विपक्षीः कृषि विकास योजना कार्यालय, नकटाझिज धनुषा, जनकपुर समेत § प्राविधिक टोलीबाट छानवीन गरी पेश गरेको प्रतिवेदनसमेतका कागजाततर्फ कुनै ध्यान नदिई सचिवस्तरबाट जे निर्णय भएको छ त्यसैको आधारमा को कसबाट अनियमितता भए गरेको त्यसको औचित्यसमेत नखुलाई बेरुजू निकालेको कार्य कानूनसम्मत भएको मान्न नसकिने। (प्रकरण नं.४) § कुनै करार नै नभएको अवस्थामा के कसको कारणबाट अनियमितता भएको हो त्यसको कुनै छानवीन नै नगरी रकम असूलउपर गर्ने कार्य गर्दा असूलउपर गर्ने भनी भएको निर्णयको आधार र कारण स्पष्ट उल्लेख गरी त्यस सम्बन्धमा भएका सम्पूर्ण विवरणसमेतका कागजात उपलव्ध गराई त्यस सम्बन्धमा आरोप लगाइएको व्यक्तिको भनाई र त्यस्तो भनाईलाई पुष्ट्याई गर्ने आवश्यक कागज प्रमाण पेश गर्ने समेतको मनासिव समय दिनु प्राकृतिक न्यायको सिद्धान्तअनुसार अपरिहार्य हुने । (प्रकरण नं.५) निवेदक तर्फबाटःविद्वान अधिवक्ताहरू श्री प्रभात अधिकारी, श्री उज्ज्वल रायमाझी, श्री जयलाल भण्डारी र विकास के.सी. विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः आदेश न्या. प्रेम शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– निवेदक दोलखा निर्माण कम्पनी प्रा.लि.कम्पनी ऐन अन्तर्गत स्थापित भई बाटोघाटो, पुल, सडक भवन आदि निर्माण गर्ने कार्य गर्दछ । यस कम्पनीले इलाम जिल्ला ग्रामिण सडक निर्माण योजना अन्तर्गत साङरुम्वा गा.वि.स.को गल्छीदेखि पुवा खोला दमाई पुल भन्ने स्थानसम्म ७ कि.मि.बाटो निर्माण गर्न साङरुम्वा गा.वि.स.सँग सम्झौता भई बाटो खन्नका लागि विपक्षी कृषि विकास योजनामा कार्यालय नकटाझिजसँग चलेको प्रतिघण्टा रु.१५४५।– का दरले भाडामा ल्याउने भनी मिति २०५६।१२।११ मा दोलखा निर्माण कम्पनी र कृषि योजना कार्यालयबीच सम्झौता भई डोजर मिति २०५६।१२।१३ गते सो कर्यालयकै अपरेटरले सञ्चालन गरी लिई गई मिति २०५६।१२।२० देखि बाटो खन्ने कार्य थालेको हो । विपक्षी नं.१ र निवेदकबीच भएको सम्झौताअनुसार जम्मा २८७ घण्टा डोजर सडक खन्ने कार्यमा प्रयोग भएको र बाँकी समय मर्मत मै बितेको कुरा डोजर अपरेटर युगल विराजीले तयार पार्नु भएको लगबुक तथा साङरुम्वा गा.वि.स.ले मिति २०५८।३।१ र जिल्ला विकास समिति इलामले मिति २०५८।३।२१ मा विपक्षीलाई लेखेको पत्रबाट तथा योजनाबाट खटिआउनु भएका हरिनाथ यादवसमेतले दिनु भएको प्रतिवेदनबाट प्रष्ट हुन्छ । यसरी सम्झौताअनुसार म निवेदकले सञ्चालनमा लगाएको २८७ घण्टाको रु.१५४५ का दरले हुने ४,४३,४१५।– रहेकोमा कम्पनीले आजसम्म रु.४,८९,१८०।– बुझाइसकेको छ । कम्पनीले पैसा बुझाइसकेको हुँदाहुँदै राजश्व तिर्न ल्याउन भनी कम्पनीको नाममा मिति २०५७।११।३ च.नं.६८६ को पत्र आउँदा कम्पनीले सञ्चालन गरेको अवधिभन्दा बढीको माग भएपछि उक्त २८७ घण्टा मात्र सञ्चालन भएको कुरा विभिन्न मितिमा