निर्णय नं. ८३०६ - मोही कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३०६ - मोही कायम । भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/१०/१४ ४५०४ निर्णय नं. ८३०६ जेठ, २०६७ सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अवधेशकुमार यादव दे.पु.इ.नं. ०६५–DF–००३० फैसला मितिः २०६६।१०।१४।५ मुद्दा :– मोही कायम । पुनरावेदक वादीः धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं. ८ बस्ने विष्णुदेव राउत कुर्मी विरुद्ध प्रत्यर्थी प्रतिवादीः गुठी संस्थान शाखा कार्यालय, जनकपुर शुरु फैसला गर्ने :– कार्यालय प्रमुख श्री अच्युतानन्द पोखरेल पुनरावेदन फैसला गर्ने:- मा.न्या. श्री नन्दराज अधिकारी मा.न्या. श्री ऋषिराज मिश्र § सक्षम निकायमा नगएको भनी क्षेत्राधिकारको प्रश्न उठाई खारेज भएको अवस्थालाई दावीको विषयमा अन्तिम फैसला भएको भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.५) § पुनरावेदन अदालतको प्रादेशिक क्षेत्राधिकारभित्र रहेका अन्य कुनै निकाय वा अधिकारीले गरेको फैसला वा अन्तिम आदेशउपर पुनरावेदन अदालतले पुनरावेदकीय क्षेत्राधिकार ग्रहण गर्नसक्ने अर्थ गर्ने हो भने अन्य ऐनमा पुनरावेदन लाग्ने निकाय वा अदालतको सम्बन्धमा व्यवस्था गर्नुको सान्दर्भिकता नरहने । § न्याय प्रशासन ऐन, २०४८ र गुठी संस्थान ऐन, २०३३ अलग–अलग विषयका स्वतन्त्र ऐन भएका कारण गुठी संस्थान ऐनले न्याय प्रशासन ऐनको कानूनी व्यवस्थालाई इङ्गीत गरेको अवस्थामा बाहेक गुठी संस्थान ऐन, २०३३ अनुरूप भएका काम कारवाहीको सन्दर्भमा न्याय प्रशासन ऐन, २०४८ को व्यवस्था आकर्षित हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदन तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री लक्ष्मीबहादुर निराला प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू रामप्रसाद गौडेल, ज्ञानेन्द्रप्रसाद पोखरेल तथा हेमराज सुवेदी अवलम्वित नजीरः नेकाप २०६०, नि.नं.७२८७, पृ. ८६४ सम्बद्ध कानूनः · अदालती बन्दोबस्तको ८५ नं. · न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) · गुठी संस्थान ऐन, २०३३ को ३९(१), (२) २५, ३५ फैसला न्या.रामप्रसाद श्रेष्ठः सर्वाच्च अदालत नियमावली, २०४९ को नियम ३ (१) (घ) बमोजिम संयुक्त इजलासको मिति २०६५।११।१६ को निर्णयअनुरूप यस इजलासमा पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न बमोजिम छ :– गुठी संस्थान जनकपुर गुठी तहसील तथा खर्च कार्यालय अधीनस्थ जि.ध.ज.पु.न.पा. वार्ड नं. ८(ख) कि.नं. १७६ को ३–०–१८ गुठी जिरायतको जग्गा हुँदा उक्त जग्गामध्ये सडक सो पूर्व, सहदेव सो उत्तर, राजेन्द्र सो पश्चिम, श्यामलाल पाठक सो दक्षिणको ०–२–१० जग्गा २०२९ सालदेखि कमाई आएको छु । कुतवाली पनि यस कार्यालयमा बुझाउँदै पनि आएको छु । मोहियानी हकको प्रमाणपत्र पाउन मैले यस कार्यालयलाई प्रतिवादी बनाई जि.भु.सु.का.मा उजूरी दिएकोमा सो मुद्दा तह–तह हुँदै जाँदा सर्वाच्च अदालतले मिति २०५२।११।४ गतेका दिन उजूरी नै खारेज गरेको छ । खारेजी निर्णयमा अवलम्बन गरेको अन्तरनिहीत सिद्धान्त के छ भने गुठी तैनाथी जग्गामा मोहीको हैसियतले कसैले जग्गा कमाएको रहेछ भने त्यस्तो जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउनको लागि सम्बन्धित गुठी संस्थानमा निवेदन दिनु पर्दछ र त्यसरी पर्न आएको निवेदनउपर गुठी संस्थानले नै छानबिन गरी मोहियानी हकको प्रमाणपत्र दिने सिफारिशको आधारमा भूमिसुधार कार्यालयलाई पठाएपछि मात्र त्यस्तो सिफारिशको आधारमा भूमिसुधार कार्यालयले मोहियानी हकको प्रमाणपत्र दिन स