निर्णय नं. ८३०८ - मोही प्रमाणपत्र नामसारी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३०८ - मोही प्रमाणपत्र नामसारी । भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/०८/२५ ४०४१ निर्णय नं. ८३०८ जेठ, २०६७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६५ सालको दे.पु.इ.नं.०६५–DF– ०००१ फैसला मितिः २०६६।८।२५।५ मुद्दाः– मोही प्रमाणपत्र नामसारी । पुनरावेदक/वादीः जिल्ला सप्तरी गा.वि.स. वमनगामाकट्टी वडा नं.२ वस्ने झवर यादवको मु.स.गर्ने निजको श्रीमती फुलोवती यादव विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला सप्तरी, गा.वि.स. हनुमाननगर वडा नं. ४ वस्ने जगदिशप्रसाद दास शुरु निर्णय गर्नेः— भू.सु.अ.श्री रामचन्द्रप्रसाद साह पुनरावेदक अदालत निर्णय गर्नेः मा.न्या.श्री नन्दराज अधिकारी मा.न्या.श्री हरिवावु भट्टराई सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या.श्री अनूपराज शर्मा मा.न्या.श्री कल्याण श्रेष्ठ जग्गाधनीले नै मोहीको देहान्त भएपछि निजका पत्नी तथा छोराहरूसमेतका विभिन्न हकवाला रहेको अवस्थामा कुनै एक व्यक्तिलाई मोही मान्दै बालीको दावी साधिकार निकायमा विधिसम्मत तरिकाले गर्दछ भने यसलाई पत्याउने क्रियाकैरुपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.८) § कसैको हकाधिकार नै सिर्जना भइसकेको मोहियानी हक अपहरण गर्न जग्गाधनीलाई पनि अधिकार हुँदैन । कानूनले मोही पत्याउने वा रोज्ने कार्यविधि नतोकेको अवस्थामा यो कानूनी प्रश्न नभई तथ्यको प्रश्न हो । यसमा विवन्धनको सिद्धान्तको कुनै भूमिका नहुने । § जग्गाधनीले साविक मोहीको मृत्युपछि निजका हकवालाहरू मध्ये कसलाई मोही पत्याउने भन्ने तथ्यको निर्णय एकपटकमात्र गर्न पाउँछ । जग्गाधनीलाई मोही रोज्न पाउने अधिकार छ भन्दैमा आज एउटा र भोलि अर्को हकवालालाई मोही पत्याउँदै जान पाउँछ भन्ने अर्थ गर्ने हो भने कानूनले दिएको यो अधिकारको दुरुपयोग हुन गई जग्गा कमाउने वास्तविक मोहीको हक सँधै जोखिममा पर्न जाने अवस्था सिर्जना हुन पुग्ने देखिन्छ, जो भूमिसम्बन्धी ऐनको मर्म र भावना अनुकूल नहुने । (प्रकरण नं.१२) पुनरावेदक/वादी तर्फबाटः विद्वान अधिवक्ता श्री महेश्वर चौधरी प्रत्यर्थी/प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुनीलकुमार पोखरेल अवलम्वित नजीरः · नेकाप २०४५, नि.नं.३६६६, पृष्ठ १२४७ · नेकाप २०३४, निर्णय नं. ११०६, पृष्ठ २९५ सम्बद्ध कानूनः · भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) फैसला न्या.तपबहादुर मगरः पुनरावेदन अदालत राजविराजको मिति २०५७।५।२६ को फैसलाउपर वादीको तर्फबाट पर्न आएको मुद्दा दोहर्याई हेरिपाऊँ भन्ने निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड (क) र (ख) को आधारमा निस्सा प्रदान भै संयुक्त इजलासमा मत्यैक्यता कायम हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– विपक्षी जगदीशप्रसाद दासको बाबु स्व.सीताराम दास कथबनियाको नाम दर्ताको जि.सप्तरी गा.वि.स. वमनगामाकट्टीअन्तर्गत मौजे तोपाको साविक जग्गा विगाहा ०–१६–० मेरो स्व.वावु पन्थु यादवले जोती कमाई आएकोमा भूमिसम्बन्धी ऐन लागू हुँदा १ नं. फाराम भरी २ नं.अनुसूची प्रकाशित भई ४ नं.जोताहा अस्थायी निस्सा समेत पाएको थिएँ । २०२८ सालमा नापी हुँदा कायम हुन आएको जि.स.गा.वि.स. वमनगामाकट्टी वडा नं. ३ क. कि.नं. १९ को ०–१३–३ अवल जग्गाको मोही नामसारी दर्ता गराउनुपर्नेमा त्यसबखत बुवा सिकिस्त विरामी भै विदेश भारतमा