निर्णय नं. ८३०९ - खिचोला ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३०९ - खिचोला । भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/०९/०२ ३९६० निर्णय नं. ८३०९ जेठ, २०६७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६५ सालको DF– ००२८ फैसला मितिः २०६६।९।२।५ मुद्दाः–खिचोला । पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी मध्येपुरा गा.वि.स. वडा नं.३ बस्ने शिवनन्दन साह तेली विरूद्ध प्रत्यर्थी वादी: जिल्ला सुनसरी डुमराह गा.वि.स.वडा नं.३ बस्ने हितलाल साह तेली शुरु फैसला गर्नेः मा.जि.न्या.श्री बीरसंह महरा पुनरावेदन फैसला गर्ने :– मा.न्या. श्री ओमप्रसाद सुवेदी मा.न्या. श्री गौरीबहादुर कार्की सर्वोच्च फैसला गर्ने:– मा.न्या. श्री गौरी ढकाल मा.न्या. श्री गिरीशचन्द्र लाल § देवानी प्रकृतिका मुद्दाहरूमा पक्ष विपक्षको मौखिक भनाइभन्दा लिखतकै आधारमा वास्तविक न्याय निरुपण गरी निष्कर्षमा पुग्नु बाञ्छनीय हुने हुँदा लिखतमा लेखिएको व्यहोरालाई अनदेखा गर्नु न्यायसंगत नहुने । § आफ्नो तथा बाबुको नाममा दर्ता नै नरहेको मिन्ही प्रकृतिको जग्गामा भोग समेत पुष्टि गर्न नसकेको अवस्थामा जग्गामा खिचोला मेटाई घर उठाई पाऊँ भन्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सनद देवकोटा प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः · अ.वं. ७८ नं. फैसला न्या. तपबहादुर मगरः सर्वोच्च अदालत संयुक्त इजलासको राय मतैक्य नभै सर्वोच्च अदालत नियमावली , २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः सप्तरी जिल्ला मध्येपुरा गा.वि.स.वडा नं.३ को साविक प्रगन्ना पकरी मौजे मध्येपुरामा २००५ को सालको नापीबमोजिम फिरादीको बाबु महाबीर साहको नाउँमा घरबास तर्फ मिन्ही सा.कि.नं. ५५ को महादेव, सो उत्तर, डगर सो पश्चिम, लाली सो दक्षिण, पोखरी पानी सो पूर्वको ०–०–१० (दश धुर) र ऐ. मौजाको मिन्ही सा.कि.नं. ५७ को लाली सो उत्तर, डगर सो पश्चिम दक्षिण, पोखरी पानी सो पूर्वको ०–०–३ (तीन धुर) समेत घरबासको जग्गा दर्ता रही सो घरबासमा भएका घरहरू बाबु महाबीर साहू तथा निजका सन्तान फिरादी समेतले भोग चलन गर्दै आइरहेका थियौँ । उल्लिखित घरबासको जग्गा र नम्बरी जग्गाहरू समेत बाबु महाबीर साहले भोग गरी आएको अवस्थामा नम्बरी जग्गाहरू बाबुले बिक्री गरी घरबासको घर आफ्नो नाउँमा दर्ता र भोग कायम रहने गरी सुनसरी जिल्लाको डुमराहा गा.वि.स.वडा नं.८ मा जग्गा जमिन खरीद गरी सो ठाउँमा पनि बसोबास गरी आएको अवस्था २०३८।६।१५ मा उहांको परलोक भयो । आमा अघिनै परलोक भएकोले बाबुका नामको पोत नलाग्ने, नामसारी समेत नहुने मिन्ही घरबासको जग्गामध्ये कि.नं.५५ को दशधुर जग्गामा ११ हात लामो फुसको घर –१ र कि.नं.५७ को तीन धुर जग्गामा फूसको घर –१ र बाबुले खनाएको इनार समेत फिरादीले भोगचलन गर्दै आएको र उक्त मिन्ही घरबास वडा नं. ३ को गाउँ ब्लक नं.२१५ भित्र परेकोमा समेत कसैबाट विवाद उठेको थिएन । उल्लिखित घरबासको जग्गामा रहेका घरहरू बन्द गरी सुनसरीको डुमराहा गा.वि.स.मा धान बाली लगाउन गएको मौका पारी २०५८।१।२५ मा प्रतिवादीले अरु नचिनेका १०–१५ जना ज्यामी र आफू समेत भै उक्त घरबासको घर जग्गामा अनाधिकृत प्रवेश गरी तेह्र धुर जग्गा घेरबार गरी दुवै घर कब्जामा लिई प्रवेश गरी कि.नं.५५ मा भएको फुसको घरमाथि टिनको छाना बनाई दश धुरको खाली जग्गामा १५ हात लम्बाई भएको दु