निर्णय नं. ८३११ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३११ - कर्तव्य ज्यान । भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/०४/१५ १५०३९ निर्णय नं. ८३११ जेठ, २०६७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती सम्वत् २०६५ सालको फौ.पु.ई.नं. ०६५–CF– ०००९,००१०,००११ फैसला मितिः २०६६।४।१५।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला ल.पु.उ.म.न. पा. वडा नं. १ कुपण्डोल घर भै हाल कारागार शाखा, नख्खु ललितपुरमा कैदमा रहेको विनय मानन्धर विरुद्ध प्रत्यर्थी वादीः मुकुन्ददास श्रेष्ठको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः मुकुन्ददास श्रेष्ठको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १ कुपण्डोल बस्ने विनय मानन्धर समेत वादीः मुकुन्ददास श्रेष्ठको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः विनय मानन्धर शुरू फैसला गर्नेः– मा.जि.न्या. श्री जनार्दनबहादुर खड्का पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या.श्री रणबहादुर वम § विशेषज्ञको राय प्रतिवेदन यो यति करणबाट शंकास्पद वा विरोधाभाषयुक्त छ भनी इजलाससमक्ष प्रष्टयाउनु पर्ने सम्बन्धित पक्षको दायित्व हुने हुँदा यस्तो दायित्वलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्ने । § विशेषज्ञले दिएको प्रतिवेदन शंकास्पद, द्विविधायुक्त वा अस्पष्ट नभई फटिक झैं स्वच्छ (Crystal Clear) र अन्य स्वतन्त्र प्रमाणले समर्थित गर्दछ भने त्यस अवस्थामा अदालत स्वयंले तर्क वितर्क गरी शंका उपशंका उठाउनु समेत न्यायोचित नहुने । § बिनाआधार विशेषज्ञले दिएको प्रतिवेदनलाई अन्यथा गर्दा वास्तविक न्याय प्रदान गर्ने उद्देश्यबाट दिशाभ्रमित हुने अवस्था उत्पन्न हुन जाने अवस्थाप्रति अदालत सजग हुनुपर्छ । अपराधलाई प्रमाणित गर्ने कडीको रूपमा रहने अनुसन्धानको क्रममा संकलित प्रमाणका रुपमा अभिन्न अङ्ग मानिने प्रतिवेदनलाई अस्वीकार गर्न अदालतलाई त्यति नै स्पष्ट आधार र कारणको आवश्यकता पर्दछ । यसमा वस्तुनिष्ठ व्याख्यान गरी अस्वीकार गर्नुपर्ने वैज्ञानिक आधार समेतको स्पष्ट उल्लेखन गरी विमति राखी खण्डन गर्न सक्नु पर्दछ र यो खण्डन चिकित्सा विधिशास्त्र (Medical Jurisprudence) का सर्वमान्य सिद्धान्तमा आधारित हुनुपर्ने । (प्रकरण नं. ४) § मृतकको लाश र त्यसमा विशेषज्ञले गर्ने अध्ययनले मृत्युको कारणका बारेमा धारणा बनाउन अदालतलाई सहयोग गर्दछ । यस अर्थमा विशेषज्ञको रायले पनि बलियो प्रमाणको स्थान ग्रहण गर्न सक्दछ भन्ने सन्दर्भ नै चिकित्सकीय प्रमाण (Medico-Evidence) को मूल मर्म हुने । (प्रकरण नं. ५) § वास्तविक मृत्युको कारण पत्ता लगाउने ज्ञाता विशेषज्ञ हुँदा सो रायमाथिको निर्भरता नै न्यायको लक्ष्यप्राप्तिको लागि सबैभन्दा बढी सहायक हुन्छ भन्नेमा विमति राख्न नहुने । (प्रकरण नं. ६) § कुनै नारीको मृत्युको प्रश्न सन्मूख आएकोमा पुरूष संलग्न घरायसी हिंसाकै कारण भएको हो भनी पूर्वानुमान गरी आवेशात्मक भावनामा बगेर न्यायको बलिवेदीमा कसैलाई चढाई दावी ठहर्‍याउनु न्यायोचित नहुने । (प्रकरण नं. १५) § विश्वासिलो अकाट्य प्र्रमाणको अभावमा अनुमान, आशंका र संभावना जस्ता मनोगत प्रमाणलाई मात्र आधार बनाई कर्तव्यबाटै मृतकको मृत्यु भएको भनी निष्कर्षमा पुग्नु न्यायोचित नहुने । (प्रकरण नं. १६) पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी, प्रेमबहादुर कार्की जा