निर्णय नं. ८७८७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७८७ - अंश भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/१२/२२ ८७०० ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७८७ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६७–CR–०६१८ फैसला मितिः २०६८।१२।२२।४ मुद्दा : अंश । पुनरावेदक प्रतिवादीः जिल्ला बाँके, परसपुर गा.वि.स. वडा नं. ८ परसपुर गाउँ बस्ने स्व.दुइजी चमारको पत्नी ऐ.ऐ. बस्ने स्व. रामराजा चमार –१ समेत जना २ को मुद्दा सकार गरी तथा म राम गोपालको पत्नि ऐ.ऐ. बस्ने निर्मला चमारको वा. भै आफ्नो हकमा समेत स्व.दुइजी चमारको छोरा ऐ.ऐ. बस्ने रामगोपाल चमार विरुद्ध विपक्षी वादीः स्व. चोधर चमार को मु.स. गर्ने ऐ.ऐ. बस्ने कलावती चमार शुरु फैसला गर्ने :– मा.न्या.श्री भीमबहादुर बोहोरा पुनरावेदन फैसला गर्र्ने: मा.न्या.श्री सत्यमोहन जोशी थारू मा.न्या.श्री रत्नबहादुर वागचन्द § अंशबण्डा नभई एकासगोलमा रहेको अवस्थामा मोहियानी कायम रहेको परिवार सदस्यको मृत्युपछि अर्को परिवार सदस्यका नाममा प्राप्त भएको जग्गा सो प्राप्त गर्ने दाजु वा भाइको वा परिवार सदस्यको निजी आर्जनको बण्डा नहुने सम्पत्ति हो भनी मान्नु न्याय तथा कानूनसम्मत् नहुने । § अंशबण्डाको १८ नं. को निजी ज्ञान सीपबाट आर्जन गरेको सम्पत्ति भनेको नितान्त आफ्नो पालामा आफ्नो मात्र श्रम सीप परेको अर्थात् सोको कारण प्राप्त भएको र ज्ञानको कारणले आर्जन भएका सम्पत्ति मान्नु पर्दछ । § पैतृक सम्पत्ति वा पूर्वजको कुनै योगदान नभएको सम्पत्ति मात्र निजी हो । तर पूर्वज वा अभिभावकले कर्तव्यस्वरूप कुनै परिवार सदस्यका लागि शिक्षा, स्वास्थ्य र लालन पालनमा गर्ने योगदानलाई भने पैतृक वा पूर्वजको योगदानको वर्गमा राख्न मिल्दैन । अंशबण्डाको १८ नं ले बाबु मोही रहेको, निजको देहान्तपछि एउटा छोरामा जग्गाधनीको रोजाइका कारणले मानो छुट्टिनु अघि नै आएको सम्पत्तिलाई निजी मान्न नमिल्ने । § सम्पत्ति आर्जनमा सगोलका परिवार सदस्य सवैको श्रम र सीप परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र कुनै एक व्यक्तिको मात्र निजी ज्ञान, सीप र श्रम परेको छ भने त्यसमा अरुलाई भाग बण्डा गर्न कर नलागोस् भन्ने विधिकर्ताको मनसाय अंशबण्डाको १८ नं बाट परिलक्षित हुने । § बाबुको पालादेखि नै एकासगोलका परिवारका सदस्यका नाउमा रहेको जग्गा बाबुको मृत्युपश्चात् कुनै एक सन्तानका नाउंमा मोहियानी हक प्राप्त भएकै आधारमा त्यसमा परिवारका अन्य सदस्यको हक हुँदैन भन्ने हो भने यो तर्क भूमीसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा उल्लिखित भावनाको प्रतिकूल हुन जान्छ र अंशबण्डाको १८ नं. को भावना अनुकूल नहुने । (प्रकरण नं.५) § भोगाधिकार बण्डा हुन सक्दैन भने स्वामित्व बण्डा हुन्छ । मोहियानीमा रहेको सम्पत्ति जग्गाधनी र मोहीबीच भूमिसम्बन्धी ऐन, २०२१ को संशोधित दफा २६ख, २६ग र २६घ बमोजिम विभाजित भए पछि सो मोहीका हैसियतले प्राप्त सम्पत्ति सगोलका अंशियारबीच अंशबण्डाको १ र १८ नं समेत बमोजिम बण्डा हुने । (प्रकरण नं.६) § आफ्नै पालामा मोहियानी प्राप्त गरेको मोहीको नाताले आफूमा स्वामित्व आएको अवस्था र बाबु बाजे समेतका पूर्वजको मोहियानी निजको मृत्युपछि जग्गाधनीले रोजिदिएका कारणले सरिआएको अवस्थालाई समान मान्न नमिल्ने । § मोहियानी छोडपत्र वा जग्गाधनी र मोही बीचको बाँडफाँडका माध्यमले कसैलाई प्राप्त हुन्छ भने त्यो उसको निजी श्रम, सीप र प्रयासको आर्जन मानी सो जग्गामा समान रुपले खेती गर्ने अन्य अंशियारलाई बण्डा नहुने मान्न अं