निर्णय नं. ८३१२ - परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३१२ - परमादेश । भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/०९/३० २७११ निर्णय नं. ८३१२ जेठ, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती दे.पु.नं.: ०६४–CI–०५२२ फैसला मितिः २०६६।९।३०।५ मुद्दा : परमादेश । पुनरावेदक/निवेदकः जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं.१५ बस्ने श्यामकला बनिया समेत विरुद्ध प्रत्यर्थी/विपक्षीः जिल्ला प्रशासन कार्यालय, बाँके समेत शुरु फैसला गर्ने मा.मु.न्या. श्री कृष्णप्रसाद उपाध्याय मा.न्या.श्री विष्णुप्रसाद ढकाल § नामसारी दाखेल खारेजका लागि यति अवधिभित्र सम्बन्धित निकायमा जानुपर्ने गरी कानूनले सीमित गरेको नपाइँदा निश्चित अबधिभित्र नामसारी दाखिल खारेज नगर्दैमा त्यस्तो सम्पत्तिमाथिको हक समाप्त हुने अवस्था नदेखिने । (प्रकरण नं.२) § सूचना जारी गर्दा गलत ठेगाना उल्लेख भएपछि त्यस्तो सूचनालाई सम्बन्धित हकवालाले आधार बनाई त्यसैका आधारमा दावी गर्न उपस्थित हुनुपर्ने भन्ने तर्कलाई न्यायोचित मान्न सकिँदैन । जग्गा पजनीको महलको २क नं. ले आफ्ना मूल पुर्खाका नाममा रहेको जग्गा निजको शेषपछि नामसारी दाखिल खारेज गर्नका लागि कुनै अबधि निश्चित नगरी सम्बन्धित हकवालाको स्वेच्छामा छाडेको विषयलाई कोही हकदार नभएको अवस्थामा आकर्षित हुने अपुतालीको १७ नं. को व्यवस्थाअन्तर्गत सीमित तुल्याउन नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक/निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री ज्ञानेन्द्रबहादुर कुँवर र श्री उपेन्द्र अर्याल प्रत्यर्थी/विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्वित नजीरः सम्बद्ध कानूनः · मुलुकी ऐन जग्गा पजनीको २क नं. · अपुताली महलको १७ नं. फैसला प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ मूल पुर्खा सुर्जलाल बनियाका २ छोरा शिवशंकर र मंगलप्रसाद बनिया भएकोमा शिवशंकरको १ पत्नी श्यामकला बनिया र २ छोरा द्वारिकाप्रसाद र केदारनाथ बनिया तथा मंगलप्रसादको १ पत्नी रामादेवी र ३ छोरा बद्रिप्रसाद भन्ने जगदीशप्रसाद, मनोजकुमार र मनिषकुमार गरी हाल जीवित अंशियार २ आमा र ५ छोराहरू छौँ । हामी निवेदकहरूका ससुरा तथा बाजे सुर्जलाल बनियाका नाममा दर्ता रहेको बाँके उढरापुर गा.वि.स. वडा नं. २(ङ) र २(छ) अन्तर्गत विभिन्न कि.नं. गरी जम्मा क्षेत्रफल ज.वि. २७–५–११/२ भएकोमा बाजे तथा ससुरा सुर्जलालको मिति २०४३।२।७, शिवशंकरको मिति २०५०।४।३ मा र मंगलप्रसादको मिति २०६२।४।८ मा परलोक भैसकेकोले सो जग्गा हाम्रा नाममा दा.खा. नामसारी गरिपाऊँ भनी प्रमाण सहित २०६३।८।२५ मा मालपोत कार्यालय, बाँकेमा जाँदा सम्पूर्ण कित्ता जग्गाहरू जिल्ला प्रशासन कार्यालय, बाँकेबाट रोक्का रहेको भन्ने जानकारी पाई बुझ्न जाँदा सुर्जलालको मृत्यु भएको र निजको हकवाला कोही नभएकोले जग्गा सरकारमा लगाई पाऊँ भनी कर्णबहादुर गुरुङको निवेदनको आधारमा सुर्जलालको ठेगाना उढरापुर कै राखी सूचना तामेल गराई रोक्का राखिएको बुझिन आएको र उक्त जग्गाका हामी हकदार हुँदाहुदै यस किसिमको काम हुनु हुँदैन, जग्गा फुकुवा गरी दिनुस् भनी विपक्षी जिल्ला प्रशासन कार्यालय बाँके र ऐ.का प्रमुख जिल्ला अधिकारिसँग भन्दा सो काम नगरिदिएकोले उक्त जग्गाहरू फुकुवा गर्नु गर्न लगाउनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी गरिपाऊँ भन्ने