निर्णय नं. ८३१४ - डाँका ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३१४ - डाँका । भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/१०/१३ ३६२४ निर्णय नं. ८३१४ जेठ, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६४ सालको फौ.पु.नं. : .....२७२ फैसला मितिः २०६६।१०।१३।४ मुद्दाः— डाँका । पुनरावेदक वादीः खगेन्द्र चौहान समेतको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः भारत दार्जिलिङ्ग जिल्ला ग्राम पञ्चायत कुमाई जलढका घर भई हाल जिल्ला कारागार शाखा झापामा थुनामा बस्ने सनम भन्ने पुष्पराज राई समेत शुरु फैसला गर्नेः मा.जि.न्या. श्री उमेशराज पौडेल पुनरावेदन फैसला गर्नेः का.मु.मु.न्या.श्री ऋषिराज मिश्र मा.न्या. श्री पुरुषोत्तम भण्डारी मा.न्या.श्री एकराज आचार्य § कुनै अपराधको वारदातको पटक कायम गर्नु पर्दा उक्त वारदातले कार्यरुप प्राप्त गरेको अवस्थालाई मात्र विचार गरेर हुँदैन । सो वारदातले कार्यरुप लिनुभन्दा अगाडि बनाइएको योजना र अपराधसँग सम्बन्धित अन्य तथ्यहरू समेतलाई विचार गर्नुपर्ने । § चोरीको अपराधको पटक गणना गर्दा एकै चोटी योजना बनाई एउटै मितिमा एकै समयको अन्तरालमा एउटै अपराधीहरूको समूहबाट भएको वारदातलाई पटक–पटक अपराध गरेको भन्न सो कानूनको मनसाय हुन नसक्ने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री राजन अधिकारी अवलम्वित नजीरः नेकाप २०४१, नि.नं. २२१५, पृ.१११९ सम्बद्ध कानूनः · चोरीको ११, १४(४) फैसला न्या.गिरीशचन्द्र लालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः— मिति २०६१।१२।३१ गते रातिको समयमा झापा मेचीनगर नगरपालिकास्थित हामी दरखास्तवालाहरूको घरमा ५।६ जनाको संख्यामा आएका डाँकाहरूले हामी सुरक्षाकर्मी हौं । सर्च गर्न आएका हौं भनी हाम्रो घर घेराउ गरी घरभित्र पसी धनमाल सबै देखाउन लगाई ढोका बन्द गरी हातहतियार पेस्तोल समेत देखाई डरत्रासमा पारी गीता बरालको घरबाट रू.६८९६५।— चन्द्रकान्तको घरबाट रू.३,१९०।— खगेन्द्र चौहानको घरबाट रू.१०,५००।— बिगो बराबरको धनमाल डाँका गरी लगे भन्ने समेत मिति २०६२।१।१ गते हुलिया जाहेरी दरखास्तको प्रतिलिपि । घरको दराज खोलिएको, बाकस खोलिएको, सामान लुगाहरू छरप्रष्ट भएको भन्ने मिति २०६२।१।१ गतेको घटनास्थल प्रकृति मुचुल्काहरूको प्रतिलिपि । मिति २०६१।१२।३१ गते राति झापा मेचीनगर नगरपालिकास्थित हामी दरखास्तवालाहरूका घरमा अपरिचीत ५।६ जनाको संख्यामा आएका डाँकाहरूले हामी सुरक्षाकर्मी हौं । सर्च गर्न आएका हौं भनी हाम्रो घर घेराउ गरी घरभित्र पसी धनमाल सबै देखाउन लगाई ढोका बन्द गरी हातहतियार पेस्तोल समेत देखाई डरत्रासमा पारी गीता बरालको घरबाट रू.८६,९६५।— चन्द्रकान्त कर्णको घरबाट रू.३,१९०।— खगेन्द्र चौहानको घरबाट रू.१०,५००।—समेत जम्मा रू.१,००,६५५।— बिगो बराबरको धनमाल डाँका गरी लगेकाले हाम्रो धनमाल समेत दिलाई भराई पाऊँ भन्ने संयुक्त जाहेरी दरखास्तको प्रतिलिपि । डाँका मुद्दामा पक्राउ परी आएका प्रतिवादीहरू चन्दन थापा मगर, सनम भन्ने पुष्पराज राई र अरुण राईलाई देखाउँदा हेर्‍यौं देख्यौं । निज प्रतिवादीहरू समेतले हाम्रो घरमा डाँका गरेको ठीक साँचो हो भन्ने समेत जाहेरवालाहरूको सनाखत कागजको प्रतिलिपि । जाहेरवालाहरूको घरमा गई जाहेरीमा उल्लिखित बिगो बराबरको धनमाल डाँका गरेको हो भन्