निर्णय नं. ८३१५ - कर्तब्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३१५ - कर्तब्य ज्यान । भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/१०/०४ ३५१२ निर्णय नं. ८३१५ जेठ, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६१ सालको फौ.पु.नं. ३८०४, ३७७२ फैसला मितिः २०६६।१०।४।२ मुद्दा : कर्तब्य ज्यान । पुनरावेदक वादीः कृष्णप्रसाद भण्डारीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला सिन्धुपाल्चोक, किउल गा.वि.स. वडा नं. ४ बस्ने ऋषिराम भण्डारी समेत पुनरावेदक प्रतिवादीः जिल्ला सिन्धुपाल्चोक, किउल गा.वि.स. वडा नं. ४ बस्ने रामहरि भण्डारी विरुद्ध प्रत्यर्थी वादीः कृष्णप्रसाद भण्डारीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या. श्री देवेन्द्रराज शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री हरिजंग सिंजापति मा.न्या.श्री रणबहादुर वम § आवेश प्रेरित हत्यामा मूलतः मृतकको ज्यान मार्ने मनसाय वा पूर्व रिसइवी नभएपनि कुनै विषयमा केही गर्दा वा भनाभन वा विवाद हुँदा तत्कालै रिस उठी सो रिसलाई थाम्न सक्ने सामर्थ्य गुमाई आरोपित व्यक्तिले मृतकउपर साधारण लाठी, ढुंगा प्रहार गर्दा वा लात मुक्का वा यस्तै प्रकारको गैर जोखिमी साधनले प्रहार गर्दा त्यसको प्रहारको चोटबाट तत्कालै वा ऐनका म्यादभित्र ज्यान मर्न गएको स्थिति हुनु पर्ने । (प्रकरण नं.६) § भवितव्यको वारदातमा ज्यान मार्ने मनसाय वा पूर्व रिसइवी नभई कसैले केही कार्य गर्दा त्यस्तो कार्यबाट मानिसको ज्यान जानसक्ने स्थिति पनि नदेखिएको र तत्काल रिस उठी सो रिसको आवेगमा त्यस्तो कार्य गरेको स्थिति पनि नभएको, सामान्य समझको मानिसले हेर्दा पनि कुनै कार्यबाट मानिस मर्नसक्ने सम्मको अवस्था नहुँदा नहुँदै पनि त्यही कार्यबाट केही भई मानिस मर्न गएको स्थिति हुनुपर्ने । (प्रकरण नं.७) पुनरावेदक वादीतर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू श्री सिन्धुनाथ प्याकुरेल र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा र श्री सरोजनाथ प्याकुरेल जाहेरवालाको तर्फबाटः विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का अवलम्वित नजीरः सम्बद्ध कानूनः · ज्यानसम्बन्धी महलको ५ नं. ६(२), १३(३), १४ नं. फैसला न्या.सुशीला कार्कीः पुनरावेदन अदालत पाटनको मिति २०६०।८।१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उप दफा १ (ग) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस प्रकार छः– मिति २०५६।९।१० गते साँझ मेरो भाइ बाबुराम भण्डारीलाई विपक्षी ऋषिराम भण्डारी समेतले गा.वि.स. बाट वडा विकासलाई आएको बजेट बाँडफाँडको बिषयलाई लिएर कुटपीट गरी घाइते बनाई विपक्षीहरूकै घरभित्र लगी एकरात राखिसकेपछि छिमेकीहरूले थाहा पाई भाइलाई नारिल लामा समेतले बोकी मेलम्ची पुर्‍याई मिति २०५६।९।१२ गते त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा भर्ना गरी उपचार गराउँदा गराउँदै मिति २०५६।९।१३ गते राति मृत्यु भएकोले विपक्षीहरू ऋषिराम भण्डारी, रामहरि भण्डारी र सान्नानी भण्डारीलाई कारवाही गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालय काठमाडौँमा दिएको जाहेरी दरखास्त । मृतक बाबुरामको दुवै हात तथा खुट्टाहरूमा कतै छाला खुइलिएको, कतै नीलडाम भएको घाउ खत देखिएको, दाहिने घूँडादेखि तल भाँच्चिएको, दुवै गोडाको मासु थिलथिलो भएको भन्ने समेत व्यहोराको मिति २०५६।९।१४ गतेको लाशजाँच प्रकृत