निर्णय नं. ८३१६ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३१६ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/०८/३० २९९३ निर्णय नं. ८३१६ जेठ, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०५८ सालको रिट नं. ३०७५ आदेश मितिः २०६६।८।३०।२ विषय : उत्प्रेषण समेत । निवेदकः जिल्ला काठमाडौँ, काठमाडौँ म.न.पा. वडा नं. ९ बस्ने अनन्तमान जोशीको मु.स. गरी आफ्नो हकमा समेत ऐ को छोरा ऐ. ऐ. बस्ने मनोजमान जोशी समेत बिरुद्ध विपक्षीः भूमिसुधार कार्यालय, वानेश्वर काठमाडौँ समेत § गुठीबाट व्यक्तिको हक समाप्त हुने र समूह, सम्प्रदाय वा समुदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत् व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (Perpatual continuity) प्रदान गर्नु राज्य वा राज्यको अङ्गका रुपमा रहेका सबै निकायहरूको कानूनी कर्तव्य हुने । (प्रकरण नं.७) § जग्गाको आकार र जग्गामा घरले चर्चेका कारण बाँडफाँड गर्न नमिल्ने हुँदा कानूनबमोजिम मोहीका नाममा पूरै जग्गाको स्वामित्व कायम हुन आएपनि परम्परा, धर्म, संस्कृति, प्रचलन, मान्यता र कानूनले नै गुठी प्रथालाई मान्यता प्रदान गरी गुठी नेपालको संस्कृति, धर्मको एक अभिन्न कानूनी अङ्ग भएको र त्यसलाई कानूनले नै मान्यता प्रदान गरेको अवस्थामा गुठियार नभएपनि गुठीको पूरै जग्गाको जग्गाधनी बनेपछि त्यस्तो जग्गासँग गाँसिएको र त्यस्तो जग्गाले बोकेको (Legacy) बाट उन्मुक्त हुन नसक्ने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता योगराज बराल विद्वान अधिवक्तात्रय श्री शम्भु थापा, श्री उमेश खकुरेल र श्री ईश्वरी भट्टराइ अवलम्वित नजीरः नेकाप २०६४ अङ्क १०, नि.नं. ७८८५ पृष्ठ १२७५ सम्बद्ध कानूनः · नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२, १७ · भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(ज) · गुठी संस्थान ऐन, २०३३ को दफा २(ग) आदेश न्या. बलराम के.सी.: तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :— हाम्रो हक अधिकार भित्रको साविक काठमाडौँ जिल्ला वत्तिसपुतली गा.वि.स. ६ कि.नं. ७२ को १–१४–१ नयाँ नापीमा काठमाडौँ न.पा. वडा नं. ९ कि.नं. ५० को २–०–१–१ कायम भएको जग्गामा जग्गाधनी रामचन्द्र निजी गुठी र मोहीमा हामीहरूका पिता ससुरा तथा हजुरबुबा बिन्दुमान जोशी कायम भै दर्ता स्रेस्ता तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा समेत कायम भएको छ । हाम्रो मूल पुरुष विन्दुमान जोशीका २ छोराहरूमा जेठा रिट निवेदक अनन्तमान जोशी र कान्छा निवेदिका सुखदेवीका पति विश्वमान जोशी हुन् । विन्दुमानको २०२८ सालमा, वहाँकी श्रीमती तुलसी मायाको २०५०।९।४ मा विश्वमान जोशीको २०५७।८।२६ मा देहान्त भैसकेकोले उहाँहरूको हक खाने हामी निवेदकहरू हौं । सा.कि.नं. ७२ बाट कायम भएको कि.नं. ५० को जग्गा १–१४–१ मध्येबाट दक्षिणपट्टिको ०–१५–० जग्गा र १ तले पक्की घर विन्दुमान जीवित हुँदाकै अवस्था २०२६।१०।३ मा भूमि प्रशासन कार्यालय काठमाडौँबाट अनन्तमान जोशीका नाममा अंश छोडपत्र गरी लिनुदिनु गरेकोले उक्त ०–१५–० जग्गा लिई अलग बस्ने गरेको । उक्त कि.नं. ५० को २–०–१–१ जग्गामध्ये ०–१५–० जग्गाको मोही निवेदक अनन्तमान जोशी र वाँकी जग्गाको मोही अन्य रिट निवेदकहरू र जग्गाधनी रामचन्द्र निजी गुठी रहेभएकोमा विवाद छैन