निर्णय नं. ८३१८ - नकबजनी चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३१८ - नकबजनी चोरी भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/०७/१७ ४२३२ निर्णय नं. ८३१८ जेठ, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६१ सालको फौ.पु. नं.–––– ३४२८ फैसला मितिः २०६६।७।१७।३ मुद्दा :— नकबजनी चोरी । पुनरावेदक प्रतिवादीः जिल्ला बारा, पिपरा सिमरा गा.वि.स. वडा नं. ६ मा बस्ने शेष रईस आलम विरुद्ध प्रत्यर्थी वादीः जिल्ला बारा, पिपरा सिमरा गा.वि.स. वडा नं. ६ मा बस्ने राजु शम्शेर ज.ब.रा.को जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या.श्री सहदेवप्रसाद बास्तोला पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री गोविन्दकुमार उपाध्याय मा.न्या.श्री लोकेन्द्र मल्लिक अपराध अनुसन्धानकर्तासमक्ष भएको साविती मात्रका आधारमा न्यायिक निष्कर्ष निकाल्न मिल्दैन । तर त्यो साविती अन्य प्रमाणबाट सत्य रहेको स्थापित हुन्छ भने त्यसलाई मुद्दाको अनुसन्धानकर्ता प्रहरीसमक्ष भएको भन्ने मात्र आधारमा प्रमाण शून्य लिखतको रुपमा ग्रहण गर्न न्यायोचित हुँदैन । प्रहरी सावितीको पुष्टि गर्ने अन्य प्रमाण स्वतन्त्र हुन् वा होइनन् र ती के कसरी संकलित भए भन्ने प्रश्नमा भने अदालतले संवेदनशीलताका साथ शर्तक हुनु पर्ने । प्रहरीसमक्ष भएको कागजले कुनै प्रमाणिक महत्व राख्दैन भन्न सकिन्न । प्रमाणको महत्व संख्यामा होइन आफ्नो गुणवत्तामा निर्भर रहन्छ । प्रमाण भन्ने कुरा प्रकृतिले होइन, आफ्नो विश्वसनीयताका आधारमा मूल्याङ्कित हुने । (प्रकरण नं.३) पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री मो. शेष अब्बास प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पोखरेल अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या. प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदक प्रतिवादीको यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको तथ्य एवं ठहर निम्नानुसार रहेको छः– जिल्ला बारा, गाउँ विकास समिति पिपरा वार्ड नं. ६ स्थित राजु शम्शेर ज.ब.रा.को घरको ढोकामा ताला लगाउने ठाउँमा काटी ढोका खुल्ला रहेको, घरभित्र रहेको दराज, बाकस समेत खुल्ला रहेको सर–सामानहरू यत्रतत्र छरिएको अवस्थामा रहेको उक्त घरबाट चोरी भएको ठीक हो भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । म जाहेरवाला मिति २०५७।७।९ गतेका दिन मेरो काठमाडौँ घरमा गएको थिएँ । मेरो यस जिल्ला बारा, पिपरा सिमरा गाउँ विकास समिति वार्ड नं. ६ स्थित घरमा काम गर्ने मानिसलाई राखेको थिएँ । मिति २०५७।७।१० गते रातिको समयमा मेरो सो घरको उत्तरपट्टिको कोठाको ढोकामा लगाएको ताला तोडी घर कोठाभित्र पसी बिगो रू.३,२७,०००।– बराबरको धनमाल चोरी गरी लगेको व्यहोरा मिति २०५७।७।११ गते बिहान उठी मेरो कामदारले हेर्दा सो घर कोठाको ढोका तोडफोड भएको, घर कोठाभित्र राखेको सामान चोरी भएको व्यहोरा निज मेरो काम गर्ने फूलचन महतोले देखी सो कुरा मेरो छिमेकी तथा सहयोगी काशिम मियालाई जानकारी गराई निज काशिमले मलाई टेलिफोनद्वारा काठमाडौँमा जानकारी गराएकोले म काठमाडौँबाट आई हेर्दा मेरो घरको ढोका तोडफोड गरी चोरी जिल्ला बारा, गाउँ विकास समिति पिपरा वार्ड नं. ६ बस्ने शेष शहजादको छोरा शेया रईस, ऐ. भवानीपुर जितपुर वार्ड नं. ७ बस्ने दिनदयालको छोरा नारायण राउत थारू, जिल्ला पर्सा, मनवा बजार बस्ने जितेन्द्र चौधरीको छोरा शिकन्दर चौधरीले चोरी गरेकोले निजलाई पक्राउ गरी सजाय गरी सामान