निर्णय नं. ८३१९ - निर्णय बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३१९ - निर्णय बदर । भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/११/०९ २९५६ निर्णय नं. ८३१९ जेठ, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०६० सालको दे.पु.नं. ...८९०१ फैसला मितिः २०६६।११।९।१ मुद्दाः निर्णय बदर । पुनरावेदक वादीः जिल्ला झापा गरामनी गा.वि.स.वडा नं. ९ घर भै हाल का.जि.का.म.न.पा.वडा नं. ३२ बस्ने टीकादेवी विमली विरुद्ध प्रत्यर्थी प्रतिवादीः श्री गुठी संस्थान केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौँ समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री डम्बरबहादुर शाही पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री गिरीशचन्द्र लाल मा.न्या.श्री भिमेन्द्रबहादुर कार्की § कुनै निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर चित्त नवुझेमा कानूनद्वारा तोकिएको निकायमा उजूर वा पुनरावेदन गर्नुपर्ने हुन्छ । कानूनबमोजिमको प्रक्रिया पूरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर कानूनद्वारा तोकिएको निकायमा उजूरी वा पुनरावेदन नपरी वा उजूर परेपनि उक्त निर्णयलाई अन्यथा हुने गरी अर्को निर्णय नभएसम्म पूर्व निर्णय नै आधिकारीक र अन्तिम हुने । (प्रकरण नं.२) § गुठी संस्थान ऐनमा भएको कानूनी प्रावधानको आधारमा नेपाल सरकारको स्विकृती समेत नलिई राजगुठीअन्तर्गत आफ्नो स्वामित्वमा रहेको गुठीलाई गुठी संस्थान केन्द्रीय कार्यालयले आफ्नो स्वामित्व त्यसै छाड्न नमिल्ने । § गुठीको सम्पत्तिको संरक्षण गर्नुको सट्टा स्वामित्व नै निजी गुठीअन्तर्गत वा अन्य कुनै किसिमबाट छाडी गुठी संस्थान आफ्नो दायित्व वा कर्तव्यबाट विमूख हुन नपाउने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताहरू भूमि खरेल, बालकृष्ण न्यौपाने, चण्डेश्वर श्रेष्ठ र रामकुमार आचार्य प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता रामप्रसाद गौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः · गुठी संस्थान कार्य व्यवस्था विनियम, २०४९ को दफा २(घ) · गुठी संस्थान ऐन, २०३३ को दफा १८, २०, २०(१), २२(१) फैसला न्या. गौरी ढकालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०५९।१२।२५ को फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ :– झापा जिल्ला अनारमनी गा.वि.स.वडा नं. ५ स्थित कि.नं. १२० को क्षे.फ.१–२–१० समेतका जग्गा गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०५४।८।११ को निर्णयले झापा जिल्ला अनारमनी गा.वि.स. स्थित अनारमनी दुर्गास्थान राजगुठीमा दर्ता भै झलकबहादुर खड्काको श्रीमती शान्तिदेवी खड्काको नाममा मोहियानी नामसारी भै निजको मोहियानी दर्ता भएको रहेछ । निज मोही शान्तिदेवी खड्काबाट मालपोत कार्यालय झापामार्फत् मिति २०५४।१०।२७ मा उक्त कि.नं. १२० क्षे.फ.१–२–१० को जग्गा मैले राजीनामा पास गरी लिएकी थिएँ । यसैगरी गुठी संस्थान केन्द्रीय कार्यालयको उक्त मिति २०५४।८।११ को निर्णयले राजगुठीमा दर्ता भएको उक्त अनारमनी दुर्गा स्थान राजगुठीको ऐ. कि.नं. ८१३ मध्येबाट कित्ता फोड भै कायमी कित्ता नं. ८२२ को क्षे.फ.०–६–० को मिति २०५४।१०।२९ मा र कि.नं. ८२१ मध्येबाट कित्ता फोड भै कायमी कि.नं. ८२५ को क्षे.फ. ०–१३–० मिति २०५४।१०।३० मा सो जग्गाको मोही शान्तिदेवी खड्काबाट मैले राजीनामा पास गरी लिएकी थिएँ । गुठी संस्थान केन्द्रीय कार्यालयको उक्त मिति २०५४।८।११ को निर्णयले राजगुठीमा दर्ता भएको उक्त अनारमनी दुर्गा स्थान रा