निर्णय नं. ८३२० - हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३२० - हक कायम भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/१०/१७ ४१४७ निर्णय नं. ८३२० जेठ, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६१ सालको दे.पु.नं.– ९१६१ फैसला मितिः २०६६।१०।१७।१ मुद्दाः– हक कायम । पुनरावेदक वादीः भक्तपुर जिल्ला भक्तपुर न.पा.वडा नं.८ बस्ने नानीछोरी कपाली समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला काठमाडौँ म.न.पा.वडा नं.३० बस्ने ज्ञानेश्वरानन्द वैद्य समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री सुष्मलता माथेमा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री राजेन्द्रराज पन्त मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की § पिता पुर्खाले बनाएको स्वबासी घर जग्गा निरन्तररुपमा भोग गरिआएको भन्ने दावी रहेकोमा १९१२ सालको लालमोहरभित्रको जग्गामा बनेको घर वादीलाई बहालमासम्म बस्न दिएको भन्ने इन्कारी प्रतिउत्तर देखिएकोले विवादित घरजग्गाको कसको हो भनी हकबेहकको प्रश्नमा नै वादी प्रतिवादीबीचमा मुख नमिलेको अवस्थामा विवादित घरजग्गाको हकबेहक सम्बन्धमा यकीन गरी सो पश्चात्मात्र अन्य दावी पुग्न सक्ने वा नसक्ने यकीन गर्न सकिने हुन्छ । काठमाडौँ उपत्यकाका शहरी क्षेत्रको विशेषताको रूपमा रहेका स्वबासी घर जग्गाका विषयमा घर कसले बनाएको हो र भोग कसको छ सो नै स्वामित्व निर्धारणको आधार हुने । (प्रकरण नं.३) § कसैले कुनै सम्पत्ति आफ्नो भनी सो हैसियतमा निरन्तर रुपमा गरिरहेको भोग विरूद्ध स्वामित्व मेरो हो भन्ने व्यक्तिले वैध स्रोत देखाउन सक्दैन र विपक्षीले भोगलाई परोक्ष रूपमा स्वीकार गर्दछ भने त्यस्तो सम्पत्तिमा भोगकर्ताको भोगाधिकारको सिर्जना हुन्छ । अर्को पक्षले वैध स्रोत प्रस्तुत गर्न नसके जसले भोग गरिरहेको छ त्यसलाई नै स्वामी मान्नु पर्ने हुन्छ । तिरो नलागेको स्वबासी घर जग्गामा भएको भोग नै अन्यथा प्रमाणित भएमा बाहेक स्वामित्वको प्रमाण मान्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री रविकृष्ण हाडा र श्री विश्वप्रकाश सिग्देल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बिष्णुप्रसाद नेपाली र विद्वान अधिवक्ता दीपेन्द्र थापा अवलम्वित नजीरः नेकाप २०६६, नि.नं. ८१२५ पृष्ठ ६२० सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, पाटनको मिति २०६०।२।१४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहो¥याई हेर्न निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– पूर्व बद्रीराज वैद्यको पाताल जग्गा, पश्चिम निजकै घर, उत्तर बद्रीराज वैद्यको र रामबहादुर मानन्धरको पाताल जग्गा, दक्षिण बाटो यति चार किल्लाभित्रको पूर्व पश्चिम २८–०” उत्तर दक्षिण १८’–० लम्बाई चौडाइको घर परापूर्वदेखि हामीहरूको स्ववासी हकभोग भई बसोवास गरी आएकोमा २०४१ सालको भक्तपुर शहरी नापीमा सोतर्फका बद्रीराज वैद्यको पातालसमेत गाभी भक्तपुर जिल्ला भक्तपुर न.पा.वडा नं.८ कि.नं.१४४ को ०–१–३–३ कायम भई जग्गाधनी र मोहीमा नाम खाली भई नाप नक्सा भएको हो । उक्त घर जग्गा हामीहरूको स्ववासी हुँदा कित्ताकाट गरी दर्ता गरी पाउन भक्तपुर न.पा.को सिफारिशसाथ २०५२।४।९ मा म हर्षमाया समेतले मालपोत कार्यालमा निवेदन दिएकोमा विपक्षमध्येको श्यामबहादुरले पनि सोही कि.नं.१४४ मध्ये ०–०–२–३ को पाताल जग्गा आफ्ना नाममा दर्ता गरी पाउन निवेदन दिएको र मालपोत कार्यालयले सार्वजनिक सूचना