निर्णय नं. ८३२१ - ठगी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३२१ - ठगी । भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/०९/०६ ५४३६ निर्णय नं. ८३२१ जेठ, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६१ सालको फौ.पु.नं.३४४६, ३४४८ फैसला मितिः २०६६।९।६।२ मुद्दा : ठगी । पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, ललितपुर उप–महानगरपालिका वार्ड नं. २ सानेपा बस्ने दुर्गा उप्रेती विरुद्ध प्रत्यर्थी वादीः अनिलकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः अनिलकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वार्ड नं. ९ घर भै हाल कास्की जिल्ला पोखरा उपमहानगरपालिका बडा नं. ६ वैदामस्थित वरदान होटलका मालिक मदन शर्मा शुरु फैसला गर्नेः मा.जि.न्या श्री विष्णुप्रसाद पौडेल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री पुरुषोत्तम पराजुली मा.न्या. श्री हरिप्रसाद घिमिरे § सँगठित अपराधको प्रकृति सामान्य अपराध भन्दा पृथक हुन्छ । अपराधका यी दुवै प्रकृतिलाई एउटै दृष्टिले हेर्न सकिन्न । वृहत्त योजना र विस्तारित तैयारीका साथ सम्पन्न हुन सँगठित अपराधमा धेरै व्यक्तिको वेग्ला वेग्लै भूमिका हुन्छ । पृथक–पृथक व्यक्तिको फरक–फरक कार्यले एउटा सँगठित अपराध सम्पन्न हुन्छ । तसर्थ, प्रत्येक प्रतिवादीको सम्पन्न अपराधमा संलग्नतालाई प्रमाणको आधारमा पुष्टि हुने वा नहुने कुरा निर्धारण गर्नुपर्ने । (प्रकरण नं.३) § बिगोबमोजिम जरीवाना भन्नाले प्रत्येक व्यक्तिलाई बिगोबमोजिम नै जरीवाना गर्नुपर्छ भन्ने कानूनको अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) § कृत्रिम लेटर प्याडमा नक्कली सरकारी छाप दस्तखत बनाउने कार्य, स्वीकृति नै प्राप्त नगरी विदेशी विनिमयको कारोवार गर्ने कार्य र बैंकलाई झुक्यानमा पारी ठग्ने– तीन पृथक कानूनद्वारा व्यवस्थित तीन स्वतन्त्र कसूर भएकाले समान प्रतिवादी भए भन्दैमा दोहोरो खतराको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं.५) पुनरावेदक वादी र्फबाटः विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई, प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान अधिवक्ताहरू पुण्यशीला दवाडी र राजु कटुवाल अवलम्वित नजीरः सम्बद्ध कानूनः · नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(६) · मुलुकी ऐन ठगीको ४ र ५ नं. फैसला न्या. प्रकाश वस्तीः पुनरावेदन अदालत पोखराको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम निवेदन परी मुद्दा दोहोर्‍याई हेर्ने निस्सा समेत प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– यस ग्रिण्डलेज बैंकबाट कागजपत्रहरू कीर्ते बनाई चोरीका ट्राभल्स चेकहरू यसै बैंक मार्फत सटही गरी रकम ठगी खाएका हुँदा जितेन्द्र श्रेष्ठ समेतका व्यक्तिहरूलाई पक्राउ गरी ठगी लगायतका कानूनी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको अनिलकुमार श्रेष्ठको जाहेरी दर्खास्त । २०५४।७।३ गते पोखरा उपमहानगरपालिका बडा नं.६ बैदाम स्थित माउण्टेन टप होटल नजिक सार्वजनिक स्थान पक्की सडकको किनारामा दुर्गा उप्रेतीले फ्याँकेको भन्ने अवैध छाप बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । अवैध छापको पोका दुर्गा उप्रेतीले फ्याँकेको अवस्थामा मैले देखेको हुँ र पछि प्रहरीले उक्त अवैध छापहरू बरामद गरी लगेको हो भन्ने समेत व्यहोराको कालीप्रसाद शर्मा सुवेदीले अनुसन्धान अधिकारिसमक्ष गरेको कागज । अवैध छापहरू प्रतिवादी दुर्गा उप्रेतील