निर्णय नं. ९०१५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०१५ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/०२/०३ ३३२२ ने.का.प. २०७०, अङ्क ५ निर्णय नं.९०१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की ०६९-CR-००५९ फैसला मितिः २०७०।२।३।६ मुद्दा : कर्तव्य ज्यान । वादीः रामबहादुर महतको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः जिल्ला गोरखा, गा.वि.स. आँपपिपल, वडा नं.७ घर भै हाल कारागार कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलमा थुनामा रहेका मानबहादुर महत शुरू फैसला गर्ने : मा.न्या.श्री प्रभा वस्नेत पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री माधवप्रसाद चालिसे मा.न्या.श्री राजकुमार वन § आफूले आफ्नै आमामाथि गरेको जघन्य कर्तुतको सविस्तार उल्लेख गरेको हुँदा घटना हुँदाका अवस्था निजको मानसिक अवस्था सामान्य रहेको भनी सहज अनुमान गर्न सकिने । § वारदात हुनुभन्दा पहिलेको अवस्था वा घटनापछिका अवस्था नभई वारदात हुँदाको अवस्था दण्ड सजायको १ नं. प्रयोग हुने वा नहुने भन्ने कुराको निर्धारक हुन्छ । वारदातको अवस्थामा मानसिक सन्तुलन गुमेको थियो थिएन भन्ने मूल कुरा भएकाले यस किसिमका सजायमा छूटको दावी भएका मुद्दामा हेरिनु पर्ने घटना नै नबुझ्ने अवस्थामा मानसिक स्थिति रहेको भन्ने चित्रित हुन सकेको अवस्था छैन । सजायबाट उन्मुक्ति पाउने उद्देश्यले जिकीर लिएको हो वा वास्तविक रूपमा नै मानसिक रोगी हो भन्ने तथ्यको उजागर् घटनाक्रममा प्रतिवादीले खेलेको कार्यको भूमिकामा निर्भर हुने । (प्रकरण नं.५) § अदालतमा आई बकपत्र गर्ने प्रतिवादीकी श्रीमतीले समेत घटनाअघि परिवारसँग अन्य कुनै प्रकारको झैझगडा हुँदैनथ्यो, परिवार राम्रोसँग नै बसेका थियौँ भनी बकपत्र गरेको अवस्था भएको तथा प्रतिवादीले जाँच गराएको प्रेसक्रिप्सनमा "Mental illness psychosis" को विरामी रहेको भन्ने उल्लेख भएता पनि उक्त जाँच घटना भएको सात महिनापछाडि भएको अवस्था हुँदा घटना भएको अवस्थाको प्रतिवादीको मानसिक अवस्थालाई उक्त परीक्षण प्रतिवेदनले चित्रित गर्न नसक्ने । (प्रकरण नं.७) वादीतर्फबाटः प्रतिवादीतर्फबाटः अवलम्बित नजीरः § नेकाप २०४४, वैशाख, नि.नं.२९७८, पृष्ठ ११० § नेकाप २०४५, कात्तिक, नि.नं.३५३१, पृष्ठ ७२८, सम्बद्ध कानूनः § मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ : जिल्ला गोरखा, आँपपिपल गा.वि.स. सिम्पानीस्थित मानबहादुर महतको घरको भूईंतल्लाको भर्‍याङ्को कुनामा मृतक मीनकुमारी महतको टाउको नभएको शरीर रहेको, उक्त स्थानको आसपासमा रगत जमेको, सोही घरको बीच तल्लाको मकैको कुनियो नजिक मृतकको टाउको र तरबार रहेको, तरबार प्रहरीले बरामद गरी लिएको भन्ने घटनास्थल मुचुल्का । जिल्ला गोरखा, आँपपिपल गा.वि.स.वडा नं.७ स्थित प्रतिवादी मानबहादुर महतलाई आफ्नै घरमा फेला पारी निजले लगाएको टिसर्ट र पाइन्टमा रगत लागेकाले निजलाई पक्राउ गरी उक्त कपडा बरामद गरिएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का । मिति २०६५।८।७ गतेका दिन मेरो भाइ मानबहादुर महतले आमा वर्ष ७० की मीनकुमारी महतसँग दूध दही खान मागेकोमा निज आमाले तेरो बच्चालाई चाहिन्छ भनी नदिएपछि निज घरको सिरान तलामा गई धानको भकारीमा तरबारले हानेकोले आमा मीनकुमारी महत गई किन यसो गरेको भन्दा उल्टै तरबारले आमालाई प्रहार गरी ढलाई घाँटीमा रेटी शरीरबाट टाउको छुट्य