निर्णय नं. ९०१६ - निर्णय बदर (हानि रकम भराउने र प्रकाशनमा रोक लगाउने)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०१६ - निर्णय बदर (हानि रकम भराउने र प्रकाशनमा रोक लगाउने) भाग: ५५ साल: २०७० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/०२/०५ ३५९३ ने.का.प. २०७०, अङ्क ५ निर्णय नं.९०१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६८ सालको स.फौ.पु.नं.०६७–CR–१०७८ फैसला मितिः २०७०।२।५।१ मुद्दा : निर्णय बदर (हानि रकम भराउने र प्रकाशनमा रोक लगाउने) । पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.३३ ज्ञानेश्वर, आनन्दभैरव मार्गमा अवस्थित नेपाल साहित्य प्रकाशन केन्द्र र आफ्नो हकमासमेत ऐ.ऐ.बस्ने ऐ का प्रोप्राइटर मोहनकुमार उपाध्याय विरुद्ध प्रत्यर्थी वादीः अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमेत § अनुचित कार्य गरेमा स्वीकार गरी हानि नोक्सानी व्यहोर्न मञ्जूर भएको अवस्थामा सार्वजनिक संस्थाका पदाधिकारी र फर्मका प्रोप्राइटर मिलेर कबुलियत सम्झौताबमोजिमको कार्य गर्दा सार्वजनिक पद धारण गर्नेले र फर्मले अनुचित कार्य गरेको र सार्वजनिक संस्थालाई हानि नोक्सानी भएकोमा सार्वजनिक संस्थालाई भएको हानि नोक्सानी फर्मबाट असूलउपर गर्ने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२क. बमोजिमको निर्णय गर्ने अधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई नभएको भन्न नसकिने । (प्रकरण नं.५) § फैसला वा निर्णयमा उल्लिखित जे जति विषय आफ्नो प्रतिकूल रहेको भनी बदर गरी माग्नु पर्ने हो ती सबै कुरा एकै पटक माग दावी लिई आउनु पर्ने हुन्छ । पहिलो अपिलमा एउटा कुरामा मात्र बदरको माग गर्ने पछि पहिलो अपिल मै बदरको माग गर्न सकिनेमा सो निर्णय बदरको माग नगरी दोस्रो अपिलमा थप माग गरी आएको अवस्थामा नेपाल सरकारले २ वर्षसम्मको लागि नेपाल सरकार वा सार्वजनिक संस्थाको छपाइ कार्यमा पुनरावेदकलाई रोक लगाएकोलाई अन्यथा गर्न सकिने अवस्था नरहने । § पहिलो पुनरावेदन गर्दा दावी जिकीर नै नलिएको विषय पछि दोस्रो अपिलमा थप दावी लिई आउँदैमा मन्त्रिस्तरको निर्णय बदर हुने अवस्था नहुने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता रामचन्द्र सुवेदी प्रत्यर्थी वादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता शरद गौतम अवलम्बित नजीरः सम्बद्ध कानूनः § अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२क § अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम २५(च) शुरू निर्णय गर्ने : अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री गौरीबहादुर कार्की मा.न्या.श्री ओमप्रकाश मिश्र मा.न्या.श्री केदारप्रसाद चालिसे फैसला न्या.वैद्यनाथ उपाध्यायः विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत, काठमाडौँको मिति २०६७।७।११ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०६६ को लागि कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ कार्य आफैँले र आफूले कागज उपलव्ध गराई अन्य मुद्रण गृहबाट छपाइ कार्य गर्दा समयभित्र नभ्याइने भएको भनी मिति २०६५।११।१५ को प्रबन्ध सञ्चालकको निर्णयबाट छपाइ कार्य गर्न नेपाल साहित्य प्रकाशन केन्द्रलाई कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ कार्य गराउँदा सार्वजनिक खरीद ऐन, २०६३ को दफा १४ अनुसार बोलपत्र आह्वान नगरेको, जनक शिक्षा सामग्री केन्द्र लि.ले आर्थिक प्रशासन विनियमावली, २०५८