निर्णय नं. ८१९२ - जबरजस्ती चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१९२ - जबरजस्ती चोरी भाग: ५१ साल: २०६६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/०५/०७ ३७७० निर्णय नं. ८१९२ २०६६ कात्तिक,अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला सम्वत् २०६१ सालको फौ.पु.नं.–३४५६ फैसला मितिः २०६६।५।७।१ मुद्दा : जबरजस्ती चोरी । पुनरावेदक प्रतिवादीः जिल्ला सर्लाही, सिमरा गा.वि.स.वडा नं.२ बस्ने उमेशकुमार सिँह विरुद्ध प्रत्यर्थी वादीः प्रमोदकुमार सिँहको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः– मा.जि.न्या श्री देवराज श्रेष्ठ पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री विष्णुप्रसाद ढकाल मा.न्या.श्री ऋषिराज मिश्र § जीरह गर्दा सामान्य कुरामा केही फरक व्यहोरा उल्लेख भएको भन्ने आधारबाट मात्रै वारदातमा संलग्नता रहेनछ भन्न नमिल्ने । § एकै ठाउँका व्यक्तिले प्रतिवादीलाई स्पष्ट पहिचान गरी जाहेरवालाको सुनको सिक्री छिनाई भागेको भनी खुलाई दिएको मौकाको कागज र अदालतको बकपत्रको व्यहोरालाई छिद्रान्वेषण गरी सामान्य कुरामा लेखाइको एकरुपता भएन भन्दैमा प्रतिवादीको निर्दोषिता स्थापित हुन नसक्ने । (प्रकरण नं.३) § वारदातको संलग्नतालाई किटानी गरी जाहेरी दिइसकेपछि अनुसन्धान पक्ष अर्थात् सम्बन्धित प्रहरी कार्यालयले आफ्नो कानूनी कर्तव्यअन्तर्गत मौकामा अनुसन्धान गर्नुपर्नेमा नगरी ढिलो अनुसन्धान गरेको देखिंदैमा प्रचलित कानूनबमोजिम भएको अनुसन्धानबाट संकलित प्रमाणहरूको प्रामाणिक मूल्य स्वतः घट्ने होइन । त्यस्ता प्रमाणहरूले वारदातलाई सिलसिलेवार रुपमा पुष्टि गर्दछन् भने ती प्रमाणहरूको प्रामाणिक महत्त्वोमा कुनै शंका गर्न नमिल्ने । § वारदातको मिति भन्दा ढिलो गरी मौकाको कागज गराइएको भन्दैमा त्यस्तो कागजको महत्वलाई नकार्न नसकिने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फवाटःवरिष्ठ अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री प्रेमराज कार्की अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन चोरीको महलको १२ र १४(२) फैसला न्या. रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत, जनकपुरको मिति २०६०।१२।२४ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य र निर्णय यसप्रकार छ :– मिति २०५७।७।१८ गते विहान ६ बजेको समयमा म जाहेरवाला जिल्ला सर्लाही सिमरा गा.वि.स. वडा नंं २ स्थित रामजानकी मठमन्दिरनजिक रहेको पानी पोखरीमा छठ पर्वको उपासना ब्रत गरिरहेको अवस्थामा प्रतिवादी भन्ने उमेशकुमार सिँह भूमिहारले एक्कासी आई मैले घाँटीमा लगाइराखेको मूल्य रु.१८,०००।– पर्ने २ तोलको सुनको सिक्री छिनी भाग्न लागेको अवस्थामा निजलाई पक्राउ गर्न खोज्दा निजले साथमा बोकी ल्याएको छुराले म जाहेरवालालाई प्रहार गरी घाइते तुल्याई फरार रहेको हुँदा निजलाई पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने व्यहोराको जाहेरी दरखास्त । मिति २०५७।७।१८ गते ६ बजेको समयमा जाहेरवाला प्रमोदकुमार सिँह छठ पूजाको उपासना गरिरहेको अवस्थामा प्रतिवादी उमेशकुमार सिँह भूमिहारले एक्कासी आई जाहेरवालाले घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री छिनी छुरा समेत प्रहार गरी फरार रहेको भन्ने व्यहोराको घटनास्थल मुचुल्का । पीडित जाहेरवाला प्रमोदकुमार सिंहको दायाँ हातको हत्केलामा विभिन्न नाप साइजको चोट रहेको भन्ने घाउ जाँच केश फाराम प्रतिवेदन । मिति २०५७।७।१८ गते ६ बजेको समयमा जाहेरवाला प्रमोदकुम