निर्णय नं. ८१९३ - हक कायम चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१९३ - हक कायम चलन भाग: ५१ साल: २०६६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/०२/१० ४६२२ निर्णय नं. ८१९३ २०६६ कात्तिक,अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६० सालको दे.पु.नं. ––९६२७ संवत् २०६० सालको दे.पु.नं.––९६२९ फैसला मितिः २०६६।२।१०।१ मुद्दाः हक कायम चलन । पुनरावेदक प्रतिवादीः जि.काठमाडौं, का.म.न.पा. वडा नं. १९ प्याफल बस्ने चन्द्रबहादुर श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादीः जि.काठमाडौं, का.म.न.पा.वडा नं. १९ ढोकाटोल बस्ने शान्तलाल श्रेष्ठ एवं पुनरावेदक प्रतिवादीः जि.काठमाडौं, का.म.न.पा. वडा नं. १९ प्याफल बस्ने दिगम्बरलाल श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादीः जि.काठमाडौं, का.म.न.पा.वडा नं. १९ ढोकाटोल वस्ने शान्तलाल श्रेष्ठ शुरु फैसला गर्नेः मा.जि.न्या.बेदराम पोखरेल पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री मीनबहादुर रायमाझी मा.न्या. श्री बोधरीराज पाण्डे § सर्पट नापीको नक्सामा चार किल्ला खोलिएको मात्र नभई मौजा समेत जनाई पूर्जा दिने कार्य समेत सरकारी निकायबाटै भएको पाइन्छ । जग्गा व्यवस्थापनको यो ऐतिहासिक र आधारभूत कडीलाई लागू हुन नसकेको कारणले निरर्थक र निष्प्रयोजित मानिनु न्यायँसंगत हुंदैन । आज पनि सरकारी निकायसँगै सुरक्षित यी नाप नक्सा साविक र हालका जग्गाको स्वामित्वको कडी जोड्ने आधारभूत प्रमाणको रुपमा ग्रहण गरिनु न्यायोचित हुने । (प्रकरण नं.५) § जग्गाको हाल साविक भिडाउने खालका देवानी मुद्दामा पनि प्रमाणहरूको मालाद्वारा नै सम्पत्तिमा स्वामित्व निर्धारण गरिनु न्यायिक हुने । (प्रकरण नं.६) § आवादी जग्गा छ भने त्यसलाई खनजोत गर्ने व्यक्तिले नापी हुँदा फिल्डवुकमा सोही बेला लेखाएको व्यहोरालाई स्वामित्व निर्धारक एउटा प्रमाणका रुपमा ग्रहण गरिनु न्यायोचित हुने। § जग्गा खनजोत गर्ने व्यक्तिले नापीको बेलामा जग्गाको स्वामित्व आफ्नै भन्न वा अन्य जो कोहीको नाम पनि लेखाउन सक्ने भएकाले आफुलाई केवल मोही र अन्य व्यक्तिलाई स्वामी देखाई नापी क्षेत्रीय दर्ता किताब अर्थात् फिल्डबुकमा मुद्दा पर्नु भन्दा दशकौं अगाडि लेखाइएको स्थितिमा यसलाई प्रमाणिक मूल्याङ्कनमा निश्चित भार दिनुपर्ने । (प्रकरण नं.७) § आधिकारिक निकायमा मोहीले नै दिएको प्रारम्भिक निवेदन कथनलाई समेत त्यस्तो जग्गाको वास्तविक जग्गाधनी कायम गर्ने महत्तवोपूर्ण प्रमाण मान्नुपर्ने । § पछि आएर कुनै एक जनामात्र जग्गाधनी हो भन्ने कथनले प्रमाण ऐन, २०३१ को दफा ३४ मा उल्लिखित विवन्धनको सिद्धान्तबमोजिम कुनै प्रामाणिक बल राख्न नसक्ने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सतिश झा प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनाली एवं विद्वान अधिवक्ता श्री सोमकान्त मैनाली अवलम्वित नजीरः सम्बद्ध कानूनः § अ.वं. १७१ नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, पाटनको मिति २०५७।८।१३ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाऊँ भनी प्रतिवादीहरूको तर्फबाट छुट्टाछुट्टै निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम निस्सा प्रदान भई पुनरावेदनमा दायर भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार छ :– मोठ ९।२६०२ लगत मौजा बालाजु हा.नं. ८१९ गाँको कित्ता नं. २ मोठ ९।२६०३ मौजा स्वयम्भु हा.नं. ६९६ को इखाडोल कित्ता २ समेतको जग्गा मेरो पिताजी वेखालाल श्रेष्ठका नाउँमा दर्ता भएको नापी हुँ