निर्णय नं. ८१९४ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१९४ - भ्रष्टाचार भाग: ५१ साल: २०६६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/०३/३१ ७३२२ निर्णय नं. ८१९४ २०६६ कात्तिक,अङ्क ७ सर्वोच्च अदालत,संयुक्त इजालस माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री प्रेम शर्मा संवत् २०६६५ सालको फौ.पु.नं.०३४८, ०३४९ फैसला मितिः २०६६।३।३१।४ मुद्दाः भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १३ ताहाचल सोल्टीमोड वाफल बस्ने नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालय बालुबाटारका गर्भनर विजयनाथ भट्टराई विरुद्ध प्रत्यर्थी वादीः रञ्जनकृष्ण अर्यालको प्रतिवेदनले नेपाल सरकार पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. २९ ठमेल बस्ने नेपाल राष्ट्र बैंक वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक सुरेन्द्रमान प्रधान विरुद्ध प्रत्यर्थी वादीः रञ्जनकृष्ण अर्यालको प्रतिवेदनले नेपाल सरकार § आवश्यक संख्यामा भन्ने वाक्याँशले आवश्यकताअनुसार एक वा एक भन्दा वढी आयुक्तहरू रहन सक्ने अवस्थालाई संविधानले इङ्गित गरेको देखिएको स्थितिमा प्रमुख आयुक्त र अन्य एक जना मात्र अन्य आयुक्त हुन सक्ने अवस्थालाई इन्कार गर्न सकिदैन र प्रमुख आयुक्त र अन्य एक जना आयुक्त मात्र रहेभएको अवस्थामा दुवै जनाबीच मतभिन्नता भएमा प्रमुख आयुक्तको रायलाई नै आयोगको निर्णय मान्नु पर्ने अवस्था देखिन आउँछ । यदि यसो नहुने भनी अर्थ गर्ने हो भने सवैधानिक निकायको संरचना नै निरर्थक एवं निष्क्रिय हुन जाने । (प्रकरण नं.३) § सर्वोच्च अदालतको एक न्यायाधीशको इजलासले विशेष अदालतको अध्यक्ष अथवा कुनै एक जना सदस्यको रायलाई समर्थन मात्र गर्नुपर्ने गरी अधिकार निश्चित वा सीमित गरेको पाइदैन। वस्तुतः सर्वोच्च अदालतको इजलासलाई निर्णय दिंदा मातहतका अदालतको न्यायाधीशको राय समर्थन मात्र गर्ने गरी सीमित गरिनु न्याय र कानूनको दृष्टिकोणले उपयुक्त नहुने । (प्रकरण नं.४) § भ्रष्टाचारको कसूर अपराध ठहर्नको लागि त्यस्तो कार्यमा बद्नियत तत्वको विद्यमानता अपरिहार्य हुन्छ । राष्ट्र बैंकले विश्व बैंकबाट प्राप्त गर्ने सहयोग रकम आफूखुसी आफै खर्च गरेको नभई भुक्तानी दिएको रकम विश्वबैंकबाट स्वीकृत भई सोधभर्ना आएको अवस्था हुँदा संस्थाको रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्ने तथ्य प्रमाणित हुन नसक्ने । (प्रकरण नं.८) § भ्रष्टाचारको कसूरमा कुनै काम कुरा गर्ने गराउने वा दिने र पाउने दुवै व्यक्ति वा निकाय दोषी हुने । (प्रकरण नं.९) पुनरावेदक प्रतिवादी तर्फबाटः बिद्वान वरिष्ठ अधिवक्ता गणेशराज शर्मा एवं अधिवक्ताहरू राघवलाल वैद्य, शम्भु थापा, लव मैनाली र कृष्ण सापकोटा, डा. रंजितभक्त प्रधानाङ्ग, रमनकुमार श्रेष्ठ र शिवप्रसाद रिजाल प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता शिवबहादुर रानाभाट अवलम्वित नजीरः §  नेकाप ०६५ नि.नं ७९११ पृष्ठ १ पुष्ठ १ §  नेकाप २०५४ नि.न ६४४८ पृष्ठ ५५३ सम्बद्ध कानूनः §  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २० र २१ §  अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३(३) र (४) §  नेपालको अन्तरिम संविधानको धारा ११९(१) §  विशेष अदालत ऐन, २०५९ को दफा ६ को उपदफा ५, ६ र ७ §  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३), उपदफा (१) र (२) आदेश न्या.खिलराज रेग्मीः विशेष अदालत काठमाडौँको अध्यक्ष र सदस्य समेत तीनै जना न्यायाधीशको राय नमिली विशेष अदालत ऐन,२०५९ को दफा ६को उपदफा (५)(७) बमोजिम यस अदालतको