निर्णय नं. ८९९६ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९९६ - आयकर भाग: ५१ साल: २०६६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/०३/१५ ३८८४ निर्णय नं. ८१९६ २०६६ कात्तिक,अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६१ सालको फौ.पु.नं. ३४०८ फैसला मितिः २०६६।३।१५।२ मुद्दा : आयकर २०५२।०५३ पुनरावेदक निवेदकः काठमाडौं जिल्ला दरवार मार्ग लाल दरबार स्थित याक एण्ड यति होटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त (लायजो अफिसर) महेन्द्रराज श्रेष्ठ विरुद्ध प्रत्यर्थी विपक्षीः २ नं. क्षेत्र कर कार्यालय काठमाडौं (हाल आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.१ बबरमहल शुरु निर्णय गर्नेः २ नं. क्षेत्र कर कार्यालय काठमाडौं पुनरावेदन फैसला गर्नेः राजस्व न्यायाधिकरण, काठमाडौं § होटल उद्योगहरूको क्षमता विस्तार लगायतका कुराहरूको जाँचबुझ गर्ने, नियमन गर्ने र इजाजत दिने बारेमा प्रचलित कानूनअनुसार अधिकार प्राप्त नेपाल सरकारको निकायको रुपमा रहेको पर्यटन विभागले जडित क्षमता बृद्धिको प्रतिशत र यसको लागि स्थिर जेथामा भएको जम्मा खर्च रकम र सोमध्येबाट औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ञ) अनुसार खुद आयबाट छुट पाउने रकम समेत यकीन गरेपछि यसलाई नेपाल सरकारको नै अर्को निकायको रुपमा रहेको उद्योग विभागले स्पष्ट कारण र आधार नदेखाई अन्यथा भन्ने र गर्ने अवस्था नआउने । § उद्योग विभागले कारण र आधार देखाई सुविधा नपाउने वारेमा निर्णय नै नगरेको अवस्थामा कानूनले प्रत्याभूति गरेको सुविधाबाट करदातालाई बञ्चित गर्नु न्यायोचित नहुने । § कुनै सरकारी निकायको अनिर्णय तथा अकार्यको दोष वा यसको भार करदाताले वोक्नु नपर्ने। (प्रकरण नं.५) § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ अन्तर्गत प्राप्त हुने सुविधाको प्रकृतिमा भर पर्दछ। उद्योग विभागमा प्राप्त हुने तथ्याङ्क वा विवरणलाई उद्योग विभागबाट मूल्याङ्कन गरेपछि मात्र यकीन हुने वा उद्योग विभागको सिफारिश समेतको आधारमा नेपाल राजपत्रमा प्रकाशित सूचनाको आधारमा प्राप्त हुने कर सुविधा छुट दिनको लागि मात्र कर अधिकृतले उद्योग विभागको सिफारिश वा निर्णयलाई आयकर ऐनको दफा ४२(२) अनुसार कर छुटको निर्णय गर्दा आधार लिन पर्ने । § सुविधाको माग गर्ने करदाता उद्योगले नियमित व्यावसायिक कारोबारको सिलसिलामा राखेको लेखालाई मान्यता दिएको अवस्थामा उक्त लेखाको आधारमा यकीन हुने कर छुटको सुविधा प्रदान गर्न कर अधिकृतलाई उद्योग विभाग एकद्वार समितिको सिफारिश वा निर्णयको आवश्यकता नपर्ने । (प्रकरण नं.६) पुनरावेदक निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अनिल सिन्हा प्रत्यर्थी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५, १५(ञ) § श्रम ऐन, २०४८ को दफा १७, ४१(१), (३) § श्रम नियामवली, २०५० को नियम ५२ § पर्यटन ऐन, २०३५ § होटल, लज तथा पथ पर्दशन नियमावली, २०३८ § आयकर ऐन, २०३१ को दफा ४२(२) फैसला न्या. भरतराज उप्रेतीः राजश्व न्यायाधिकरण काठमाडौंको मिति २०६०।३।१६ को फैसलाउपर पुनरावेदन गर्न अनुमति पाऊँ भनी निवेदकको तर्फबाट परेको निवेदन पत्रमा यस अदालतबाट राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(घ) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान भै दायर भै निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :— प्रस्तुत मुद्दामा प्रस्तुत करदाता याक एण्ड यति होटल लि. के आ.ब. ०५२।५३ मा कम्पनीले औद्