निर्णय नं. ८७८८ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७८८ - अंश चलन भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/१२/२२ ७५१६ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७८८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती मुद्दा नं.: २०६७–CI– १५९८ मुद्दा नं.: २०६८–CI– ०४२० फैसला मितिः २०६८।१२।२२।४ मुद्दाः अंश चलन । पुनरावेदक प्रतिवादीः वागमती अञ्चल, ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा वडा नं २० नटोल वस्ने सानुमाया महर्जन समेत विरुद्ध प्रत्यर्थी वादीः ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा वडा नं २० नटोल वस्ने वुद्धिलाल महर्जन पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा वडा नं २० नटोल वस्ने रत्नमाया महर्जन विरुद्ध प्रत्यर्थी वादीः ऐ ऐ बस्ने बाबुलाल महर्जन शुरु फैसला गर्ने मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री हरिवंश त्रिपाठी मा.न्या.श्री इश्वरप्रसाद खतिवडा § लिखतमा बकसपत्र शब्द प्रयोग गर्दैमा त्यसमा उल्लिखित सम्पत्ति स्वतः बण्डा नलाग्ने प्रकृतिमा पर्ने होइन । तर बकसपत्र दाता र प्राप्तकर्ताको सम्बन्ध, बकसपत्र दिनुपर्ने कारणको औचित्यको प्रामाणिक विश्लेषण गरी निष्कर्ष निकाल्न पर्ने हुन्छ । सो बकसपत्रको लिखत गर्दा राजीनामा सरह रकम लेनदेन भएको, अन्य अंशियारलाई अंश हकबाट वञ्चित गर्न मात्र बकसपत्र शब्द लेखिएको र दाताले प्राप्तकर्तालाई बकस दिनुपर्ने कुनै कारण तथा औचित्य नरहेको कुरा सो लिखतमा उल्लिखित सम्पत्ति बण्डा लागोस् भन्ने पक्षले प्रमाण दिई सो प्रमाणित भएमा बकसपत्र लेखिएको सम्पत्ति पनि बण्डा हुन सक्ने । § सगोलकै सम्पत्ति लगानी गरी श्रीमतीका नाममा बकसपत्र गर्न जालसाजीयुक्त व्यवहार गरेको जिकीर प्रमाणबाट पुष्टि भएको स्थितिमा बकस पत्र शब्द लेखिँदैमा सोमा उल्लिखित सम्पत्ति बण्डा लाग्दैन भन्न नसकिने । (प्रकरण नं.२) § सगोलको अवस्थामा राजीनामा पारीत गराई लिएको उक्त घर जग्गालाई निजी ज्ञान सीपवाट आर्जन गरिएको सम्पत्ति हो भनी जिकीर मात्रको आधारमा अनुमान गर्न मिल्दैन । निजले निजी ज्ञान सीपबाट आर्जन गरी खरीद गरेको भने पनि वस्तुनिष्ठ प्रमाणको अभावमा एकासगोलमा रहेका कुनै अंशियारको नाममा रहेको तथा खरीद गरेको सम्पत्तिमा सबै अंशियारको समान हक लाग्ने । (प्रकरण नं.३) § एकासगोलमा रहे बसेको अवस्थामा कुनै अंशियारले अर्को अंशियारलाई सगोलको पैतृक सम्पत्तिको हक हस्तान्तरण गर्दैमा त्यस्तो सम्पत्तिमा अन्य अंशियारको हकाधिकार समाप्त हुन्छ भन्न नमिल्ने । § एकासगोलका अन्य अंशियारको अंश हकमा असर पर्ने गरी हक हस्तान्तरण गर्दैमा सगोलका अन्य अंशियारहरूको हक अधिकारमाथि प्रतिकूल असर पर्न सक्दैन । साथै आमा वावुका नाममा जुनसुकै स्रोतवाट आएको सम्पत्ति निजहरूका सन्तान अर्थात् दोस्रो तहमा अंशियार छोरा छोरीका लागि पैतृक सम्पत्ति नै मान्नुपर्ने र त्यसमा छोरा छोरीलाई बण्डा हुने । (प्रकरण नं.४) पुनरावेदक तर्फबाटः उपस्थित विद्वान अधिवक्ता तेजवहादुर राई प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा ६, ६(क) फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको फैसलाउपर पुनरावेदन पत्र दायर भै पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः – पिता राम महर्जन र आमा सानुमाया महर्जनबाट छोराहरू जेठो म फिरादी वुद्धिलाल, कान्छो सानुकाजी र छोरीहरूमा जेठी राममाया, माहिली ज्ञानीमाया महर्जन, साइली