निर्णय नं. ७१४८ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१४८ - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११ फैसला मिति :२०५९/१२/१३ २९३७ निर्णय नं. ७१४८ ने.का.प.२०५९ अङ्क ११/१२ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्बत २०५८ सालको रि.पू.इ.नं. ..५० आदेश मितिः २०५९।१२।१३।५ बिषय :– उत्प्रेषण समेत । निवेदकः जिल्ला सर्लाही वसन्तपुर गा.वि.स. वडा नं. ४ घर भई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमाढीको श्रेणीविहीन औषधी कुटुवा पदवाट गैरकानूनी रुपवाट अवकाश गरिएको हरिचन्द्र साह विरुद्ध विपक्षीः श्री लोकसेवा आयोग, जनकपुर अंचल कार्यालय जलेश्वर समेत § निजामती सेवा नियमावली, २०५० को नियम २५(२) बमोजिम निर्धारीत प्रक्रिया र शर्तको पालना नगरी नियुक्ति गरेको अवस्थामा त्यसरी नियुक्त भएका कर्मचारीलाई हटाउन सकिने व्यवस्था गरेको देखिएपनि सो नियमावलीमा प्रयुक्त ........ ‘‘त्यसरी नियुक्त भएको कर्मचारीको परीक्षणकाल भित्र लेखि आएमा निजलाई अवधिभित्र हटाउनुपर्ने छ‘‘ भनी नियुक्ति अनियमित ठहर भएको खण्डमा परीक्षणकाल भित्र मात्र हटाउन सकिने अन्यथा नियुक्ति सदर हुन जाने अवस्था देखिन आउने । § प्रत्यायोजित अधिकार प्रयोग गरी पदपूर्ति गरिएको प्रक्रिया अनियमित भएको अवस्था देखिन आएमा त्यस्तो पदमा नियुक्त व्यक्तिलाई परीक्षणकाल भित्र नै हटाउनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था रहे भएकोमा निवेदकलाई परीक्षणकाल पूरा भए पछि सेवावाट अवकास दिएको देखिंदा सो अवकास दिने गरी दिएको बिपक्षी आयुर्वेद स्वास्थ्य केन्द्रको मिति २०५६।११।२४ को पत्र र तत् सम्बन्धी भए गरेको निर्णय र काम कार्यवाही कानून अनुरुप भएको नदेखिंदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १४ र १६) निवेदक तर्फबाटः विद्वान अविधक्ता श्री शंभु थापा विपक्षी तर्फबाटः सह–न्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजिरः आदेश न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत संयुक्त इजलासको सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेशानुसार पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमाढीवाट श्रेणी विहीन औषधी कुटुवा पद संख्या १ को स्थायी पूर्तिको लागि प्रकाशित सूचना अनुसार म निवदेक अन्तर्वार्तामा उत्तिर्ण भई एक वर्षको परीक्षणकालमा रहने गरी मिति २०५५।८।२९ को पत्रवाट नियुक्ति भएको र मिति २०५६।८।२९ को पत्रवाट परीक्षणकाल समेत पूरा गरी सेवामा स्थायी भएको छु । २०५६ मार्गदेखिको मासिक तलव नदिएकोले सो पाउँ भनी निवेदन गरेकोमा तलव भत्ता दिन इन्कार गरियो । लोकसेवा आयोग जनकपुर अंचल कार्यालय जलेश्वरको च.नं.१७२ मिति २०५६।६।११ को पत्र अनुसार पदपूर्ति सम्बन्धी कार्य अनियमित ठहर भएकोले स्वास्थ्य मन्त्रालय आयुर्वेद विभाग काठमाडौको च.नं १३६६ मिति २०५६।११।२३ को पत्रानुसार मलाई तुरुन्त सेवावाट हटाई विभाग र सम्बन्धित निकायलाई जानकारी दिन सूचना भई आएको हुँदा नि.से.नि. २०५० को नियम २५(२) अनुसार सेवावाट अवकास दिइएको भनी मिति २०५६।११।२४ मा पत्र दिई मलाई सेवावाट हटाइयो । निजामती सेवा नियमावली, २०५० को नियम २५(२) मा कुनै कर्मचारीको नियुक्ति अनियमित भएको छ भनी परीक्षणकाल भित्र लेखि आएमा सो अव