निर्णय नं. ७१५० - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१५० - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११ फैसला मिति :२०५९/०४/०९ ३८२१ निर्णय न. ७१५० ने.का.प. अङ्क ११/१२ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री टोपबहादुर सिंह माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्बत् २०५७ सालको रि.पु.इ.नं. ..२८ आदेश मितिः २०५९।४।९।५ बिषय :– उत्प्रेषण समेत । निवेदकः जि. काठमाडौं का.म.न.पा. वडा न. १६ वालाजु औद्योगिक क्षेत्र स्थित नेपाल व्याट्री क. लि. को तर्फबाट ऐ. का महाप्रवन्धक अशेष दत्त विरुद्ध विपक्षीः श्री ५ को सरकार, श्रम मन्त्रालय समेत § मिति २०५६।८।२४ मा दुवै पक्ष वीच सम्पन्न वार्ताको माइन्यूटको फोटोकपी हेर्दा श्रम ऐन, २०४८ को दफा ७८(३) वमोजिम ट्रिव्युनल गठन गर्ने कुरामा निवेदक कम्पनीको व्यवस्थापन पक्ष समेतको सहमति भएको कारणले निवेदक कम्पनीले प्रत्यर्थी कर्मचारीहरु श्रम ऐनको दफा ७८ वमोजिमका कर्मचारी भएको कुरालाई स्वीकार गरेकै अवस्थामा श्रम कार्यालयमा वार्तामा सहभागी आफ्ना प्रतिनिधिहरु नेपाली भाषाभाषी नभएका कारणले वार्ताको परिणामलाई नै वुझ्न नसकी अन्यथा भएको भन्ने निवदेकको जिकिर युक्तिसंगत मान्न नसकिने । § सरकारी कामकाजको भाषा नेपाली भएको हुँदा सो को जानकारी निवेदकलाई हुनुपर्ने र सरकारी कार्यालयमा वार्तामा जांदा भाषा सम्वन्धी समस्याको समाधान गर्न दोभाषेको वन्दोवस्त गर्नुपर्ने जिम्मेवारी पनि सम्वन्धित पक्षको नै हुने । § एकपटक ट्रिव्युनलको गठन प्रकृयामा सहमति जनाएर आफ्नै सहमतिमा गठित ट्रिव्युनल समक्ष आफ्ना भनाइहरु प्रस्तुत समेत गरी ट्रिव्युनलको अधिकारक्षेत्र स्वीकार गरिसकेपछि त्यसको निर्णय आफ्नो अनुकूल नभएको कारणबाट पछि आएर आफैले विवाद उठाई त्यसको गठन प्रक्रिया नै कानून अनुरुप छैन भन्न निवेदक कम्पनीलाई अधिकारक्षेत्र प्रतिको समर्पणको सिद्धान्त समेतले नदिने । (प्र.नं. २८ र २९) रिट निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री कमलनायारण दास विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेराज शर्मा तथा विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विद्वान सह न्यायाधिवक्ता श्री टिकाबहादुर हमाल अवलम्वित नजिरः आदेश न्या.गोविन्दबहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा दायर भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) को खण्ड (क) अन्तर्गत यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः २. नेपाल व्याट्री कम्पनी भारतको एभरेडी इण्डष्ट्रिज इण्डिया लि. तथा नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा स्थापित ड्राइसेल व्याट्री उत्पाद गरी विदेशी आयातलाई प्रस्थापन गर्ने संस्था हो । यो कम्पनीले राजश्व समेत वुझाउंदै आएको एवं प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौं नेपाली नागरिकलाई रोजगार प्रदान गर्नुका साथै कर्मचारी कामदारलाई समान लगानी स्तरको उद्योगहरुको तुलनामा तलव सुविधामा समेत उच्चता हासिल गर्नुका साथै लाभांस समेत वितरण गर्ने गरेको छ । श्री ५ को सरकारले श्रम क्षेत्रमा निर्धारण गर्ने न्युनतम तलव सुविधालाई आत्मसात गर्दै आइरहेको छ । वेला वेलामा आफ्ना कर्मचारी कामदारहरुसंग सामूहिक संझौताद्वारा समेत तलव सुविधा पुनरावलोकन गर्दै आएको छ । तथापी विवाद कर्ताहरुले मिति २०५६।६।१४ मा १४ वुंदे माग राखेकोमा व्यवस्थापनले सो मागका सम्वन्धमा स्पष्ट जवाफ दिंदा दिंदै पनि मिति २०५६।७।११ मा विवादकर्ताहरुले श्रम कार्यालय वागमती अंचलमा निवेदन प