निर्णय नं. ७१५५ - मोठ श्रेस्ता बदर हककायम गरी जग्गा दर्ता गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१५५ - मोठ श्रेस्ता बदर हककायम गरी जग्गा दर्ता गरी पाउँ । भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११ फैसला मिति :२०५९/१०/२४ ४५९८ निर्णय नं.७१५५ ने.का.प.२०५९ अङ्क ११/१२ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ संवत् २०५६ सालको दे.पु.नं. –– ५१४४ फैसला मितिः २०५९।१०।२४।६ मुद्दा :– मोठ श्रेस्ता बदर हककायम गरी जग्गा दर्ता गरी पाउँ । पुनरावेदक प्रतिवादीः मालपोत कार्यालय, काठमाडौं विरुद्ध प्रत्यर्थी वादीः काठमाडौं जिल्ला झोर महांकाल गा.वि.स. वडा नं. १ बस्ने लिलानाथ भन्ने निलानाथ देवकोटा § नागरिकको निर्विवाद हक भोग स्वामित्वमा रहेको चल अचल सम्पत्ति श्री ५ को सरकारले कानूनको अख्तियारी बिना अपहरण गरेको अवस्थामा मात्र नागरिक अधिकार ऐन, २०१२ को दफा ९ र १८ समेतको कानूनी व्यवस्था अनुसार हर्जानाको दावी गर्ने वा हर्जाना सहित अपहरित सम्पत्ति फिर्ता पाउन पुनरावेदन अदालतमा फिराद गर्न सक्ने देखिन आउँछ । निर्विवाद हकभोग तथा स्वामित्व स्थापित भइनसकेको सम्पत्तिका सम्बन्धमा उक्त कानूनी व्यवस्था अनुसार नालेश गर्न नमिल्ने । § नापी दर्ता सम्बन्धी विवादको विषयमा मालपोत कार्यालयबाट भएको निर्णयबाट निर्विवाद रुपले वादीको निजी हक भोगको जग्गा श्री ५ को सरकारले अपहरण गरेको भनि सम्पत्ति सम्बन्धी मौलिक वा नागरिक हकको विवाद बनाई पुनरावेदन अदालतमा फिराद लिई सिधै प्रवेश गर्न पाउने र हक बेहक सम्बन्धी निर्णय समेत एकै पटक सोही तहको अदालतबाट गराउन पाउने व्यवस्था नागरिक अधिकार ऐन, २०१२ को दफा ९ तथा १८ मा भएको देखिन नआउने । § स्पष्ट र निर्विवाद हक देखिएको चल अचल सम्पत्ति श्री ५ को सरकारबाट अधिग्रहण गरिएको अवस्थामा मात्र कुनै पनि नागरिकले पुनरावेदन तहबाट सिधै उपचार पाउने उल्लेखित कानूनी व्यवस्था आकर्षित हुने । § पुनरावेदन अदालतबाट प्रस्तुत मुद्दामा उपरोक्त कानून द्वारा व्यवस्थित क्षेत्राधिकारको विषय भन्दा बाहिर गई निर्णय गरी फिराद खारेज गर्नुपर्नेमा इन्साफ गरेको पुनरावेदन अदालतको निर्णय कानूनसम्मत नदेखिंदा बदर हुने । (प्र.नं. ११ र १२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री चन्द्रप्रसाद काफ्ले अवलम्वित नजिरः फैसला प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५५।८।९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा आदेश यसप्रकार छ :– २. दाजु लालकान्तको नाउँमा साविक टोखा मौजा रै.नं. १८८२ मा दर्ता भएको समरजंग खानीको धारामुनी खेत ८–२।–१–१ मध्ये मिति २०२०।१२।१३ मा अड्डा पर्चा र काठमाडौं रजिष्ट्रेशन कार्यालयको मिति २०२०।११।२६।२ को जनाउँ बमोजिम दाजु लालकान्तको नाउँबाट सो जग्गा मध्ये खेत ।४, धान १।६।२ ध्यू । १२।२ कुखुरा १ मध्ये आधी म फिरादीका नाउँमा दर्ता भएको र आधी भाइ दुर्गादत्त देवकोटाको नाउँमा दर्ता भएको थियो । मेरो नाउँमा दर्ता भएको जग्गा म आफैले भोगचलन गरी आएपनि सो जग्गा दाजुको नाउँबाट मेरो र भाई दुर्गादत्तको नाउँमा छुट्टा छुट्टै आधा आधा दर्ता गरी खानु भनि दाजु लालकान्तले मिति २०१८।८।१७ मा उक्त रै.नं. १८८२ नं. को खेत ।८ छोडपत्रको लिखत काठमाडौं रजिष्ट्रेशन अड्डाबाट पारित गरिदिनु भएको थियो । उक्त साविक लालकान्तको नाउँमा दर्ता भएको रै. नं. १८८२ को जग्गा मध्ये मेरो हकको आधा जग्गा सर्