निर्णय नं. ७१५६ - अदालतको अपहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१५६ - अदालतको अपहेलना भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११ फैसला मिति :२०५९/०४/२९ ४३४९ निर्णय नं.७१५६ ने.का.प. २०५९ अङ्क ११/१२ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत् २०५६ सालको फौ.विविध नं. ७१ फैसला मितिः २०५९।४।२९।४ मुद्धा: अदालतको अपहेलना । निवेदकः जिल्ला काभ्रेपलान्चोक मादन कुडारी गा.वि.स.वडा नं. ४ वस्ने धनवहादुर श्रेष्ठ विरुद्ध विपक्षीः काभ्रेपलान्चोक जिल्ला अदालत वार इकाईका सदस्य का.प.जि. वनेपा न.पा.वडा नं. ६ मा कार्यालय खोली कानून व्यवसाय गर्ने प्र.प.नं. २१७७ का अधिवक्ता शेषव गौतम § सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ अनुसार सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालत वा न्यायिक निकायहरुको अपहेलनामा कारवाई चलाउन सक्ने व्यवस्था अनुसार सोही विषय सम्वन्धमा प्रस्तुत निवेदन यस अदालतमा पर्न आएको देखियो । अतः प्रस्तुत निवेदनमा उल्लेखित विषयमा नै जिल्ला अदालतमा प्रत्यर्थी समेत उपर अदालतको अवहेलना सम्वन्धी मुद्दा चली मिति २०५७।३।१९ मा अवहेलना सम्वन्धी मुद्दा खारेज हुने ठहरी निर्णय भैसकेको विषयमा यस अदालतमा पुनः अदालतको अवहेलनामा कारवाई गरेको देखिंदा प्रस्तुत निवेदन खारेज हुने । (प्र.नं. ९) निवेदक तर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री वगला रेग्मी विपक्षी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल, विद्वान अधिवक्ताहरु श्री शतिषकृष्ण खरेल, श्री अग्नीप्रसाद खरेल र श्री चन्द्रेश्वर श्रेष्ठ अवलम्वित नजिरः फैसला न्या.अरविन्दनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८६(२) र सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ अन्तर्गत यस अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी शेषवप्रसाद समेतले झुठ्ठा दोष लगाई वार इकाइ काभ्रेवाट निर्णय गरी अदालतको मानहानी गरी पर्चा वितरण गरेकोमा का.प.जि.अ.मा मानहानी मुद्दा दर्ता भै कारवाही भएको, मोतिलाल श्रेष्ठ, रामवावु सिटौला, राजेन्द्र खत्रीले शेषव गौतम उपर सवै न्यायाधीश कर्मचारी घुस्याहा मण्डले हुन भनि दोष लगाए उपर तथा राजेन्द्र खत्री समेतले राधव जंघम, यदुनाथ वडाल, शेषव गौतम उपर पर्चा समेत तयार गराई पत्र नवुझेकोले मानहानीमा कारवाही गरी पाउं भनी २०५५।४।२७ मा छुट्टै निवेदन दिई मानहानी मुद्दाहरु दर्ता भै कारवाहीमा भएकोमा निजै शेषव गौतमले ०५५।६।२७ को काभ्रे टाइम्स पत्रिकामा अदालत प्रति ज्यादै कलुषित भावना राखी लेखेको न्यायाधीशहरु भ्रष्ट्राचार गर्दैनन् ? भन्ने शीर्षकको लेख हेर्दा, अदालत भित्र पेशी चढाउन, प्रमाण वुभ्mन, चिठी लेख्न, नक्कल लिन, वकपत्र गराउन, विगो भराउन, वण्डा मुचुल्का गर्न फैसला लेख्न र पुनरावेदन म्याद दिनेमा समेत कर्मचारीले हजारौ रुपीयां लिने गरेको भ्रष्ट्राचार नै होइन कि दस्तुर जस्तो भैसकेको छ । यस्तोमा नेपाल वार ले ध्यान आकर्षण गराउंदा उल्टै त्यस्ता कर्मचारीको न्यायाधीशले संरक्षण गरी त्यस्ता न्यायाधीशहरु रकम (लक्ष्मी) संकलन गर्न गोप्य रुपमा कर्मचारीको गिरोह खडा गरी झगडीयाको घरघरमा कर्मचारी पठाई रकम लिई न्याय सम्पादन, गर्ने गर्छन भनि सोभैm सम्मानित अदालतका न्यायाधीश समेतलाई मुछी जनतामा अनास्था उत्पन्न हुने कुराहरु उल्लेख गर्दै प्रकाशित गरेको । त्यस्तै न्यायाधीशहरु मुद्दाको सिलसिलामा नगद लिने भ्रष्ट कर्मचारी र केही कानून व्यावसायीलाई प्रयोग गर्ने गरेको न्याय क्षेत्रमा जो कोहीलाई जानकारी भएको तथ्य