निर्णय नं. ७१५७ - जवर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१५७ - जवर्जस्ती करणी भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११ फैसला मिति :२०५९/०९/०१ ४७८२ निर्णय नं.७१५७ ने.का.प.२०५९ अङ्क ११/१२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा माननीय न्यायाधीश श्री रामनगिना सिंह संवत् २०५५ सालको फौ.पु.नं.१८२९ फैसला मितिः २०५९।९।१।२ मुद्दाः जवर्जस्ती करणी । पुनरावेदक वादीः रुपन्देही जिल्ला मक्रहर गा.वि.स.वडा नं. ६ भद्राणी गाईघाट वस्ने चन्द्रकला लामिछानेको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः रुपन्देही जिल्ला मक्रहर गा.वि.स.वडा नं. ६ भद्राणी गाईघाट वस्ने रामवहादुर कार्की § पुनरावेदन जिकिर बमोजिम ढिलो जांच भएकै कारणले जवर्जस्ती करणीका चिन्हहरु नभेटिएको भन्न नसकिने । शरीरमा लाग्ने चोटहरु ५ दिन पछि परीक्षण हुँदा मेटिई सक्ने अथवा कन्याजाली च्यातिएकै भएपनि ५ दिन पछि परीक्षण हुँदा सो नदेखिने भनी भन्न नमिल्ने । § गर्ने प्रमाण ऐन, २०३१ को दफा २५ ले फौज्दारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित भार वादीको हुनेछ भन्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा प्रस्तुत मुद्दामा वादी पक्षले शंकारहित तवरले आफ्नो दावी प्रमाणित गर्न सकेको देखिएन । यस्तो अवस्थामा सिर्फ शंकाको आधारमा मात्र जवर्जस्ती करणी जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा कसूरदार ठहर्‍याउनु फौजदारी न्यायशास्त्रको विपरीत हुने । (प्र.नं. १९) पुनरावेदक तर्फबाट: उप न्यायाधिवक्ता श्री भरतलाल शर्मा विपक्षी तर्फबाट: विद्वान अधिवक्ताव्दय श्री हरिहर दाहाल र शम्भु पोखरेल अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः पुनरावेदन अदालत वुटवलको मिति २०५४।१२।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. मिति २०५१।१०।१ गतेका दिन मेरी नातिनी वर्ष १३ कि सिताकुमारी लामिछाने घरमा एक्लै रहेकी र म गाउँको पूजाको निम्तो मानी घरमा फर्कि आउँदा ४.३० वजेको समयमा सितालाई नदेखि भान्सा कोठामा हेर्न जांदा ढोका ढप्काएको र खोल्दा भद्राणी गाईघाट वस्ने रामवहादुर कार्की रहेछ । नातिनी केही वेहोस अवस्थामा खाटमा पल्टिएकि रहिछ । यो वदमासले नातिनीलाई जवरजस्ती करणी गरेछ भनि कराउदै निज रामवहादुरलाई समात्न खोज्दा जोरवल साथ भान्सावाट फुत्की भागी गएको र मैले नातिनीलाई पानी छम्की होसमा ल्याई के भयो भनि सोद्धा नातिनीले रुदै हाम्रो घर छेउको रामवहादुर कार्कीको आमाले आगो ल्याई देउ भनेकोले मैले भान्सावाट आगो निकाल्दै गरेको वेला निज रामवहादुर भान्सा कोठामा पसि ढोका वन्द गरी आगो लैजान नदिई मलाई खाटमा पल्टाई कराउन लाग्दा मुखमा कपडाको वुजो लगाई जवरजस्ती करणी गर्‍यो, मलाई ज्यादै पीडा भएको छ भनि रुदै नातिनीले वताएकिले निज रामवहादुर कार्कीलाई कारवाही गरि पाउँ भन्ने चन्द्रकला लामिछानेको जाहेरी दरखास्त । ३. मिति २०५१।१०।१ का दिन वावा वुटवल तर्फ जानु भएको आमा मामाको घर पाल्पा जानु भएको र हजुर आमा गाउँको पूजामा जानु भएको र घर कुर्न भनि म घरमा थिएं । दिनको करिव ४ वजे मेरो छिमेकी दिलवहादुर कार्कीको श्रीमतीले मलाई आगो मागेकोले म भान्साको चुलोमा आगो निकाल्न जांदा मेरो पछाडि दिलवहादुरको छोरा रामवहादुर कार्कि आई ढोका ढप्काई मलाई जवरजस्ती समाती खाटमा पल्टाई वोल्न चल्न नदिई मुखमा वुजो लगाई जवरजस्ती करणी गर्‍यो । मलाई ज्यादै पीडा भै गुप्ताङ्ग समेत दुख्यो । म वेहोस जस्ती भए । यस्तैमा मेरो हजुर आमा चन्द्रकला घरमा आई ढोका खोली भान्सा