निर्णय नं. ७१५८ - बहु विवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१५८ - बहु विवाह भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११ फैसला मिति :२०५९/११/०२ ४४२२ निर्णय नं.७१५८ ने.का.प.२०५९ अङ्क ११/१२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु सम्बत् २०५४ सालको फौ.पु.नं.१७२६ फैसला मितिः २०५९।११।२।६ मुद्दाः– बहु विवाह । पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही शंकरनगर गा.वि.स.वडा नं.३ बस्ने अशोक थापाको हकमा धनबहादुर थापा बिरुद्ध प्रत्यर्थी वादीः कल्पना थापाको जाहेरीले श्री ५ को सरकार § मुलुकी ऐन, बिहावरीको ९ नं.मा देहायका अबस्थामा बाहेक कुनै लोग्नेमानिसले आफ्नी स्वास्नी जीवित छँदै वा कानून बमोजिम लोग्नेस्वास्नीको सम्बन्धमा सम्बन्ध विच्छेद नहुँदै अर्को स्वास्नी मानिससँग विवाह गर्न वा अर्की स्वास्नी राख्न हुँदैन भन्ने किटानी साथ उल्लेख भई तत्कालको सो नं.को देहायमा उल्लेखित कुनै पनि अबस्था विद्यमान भएको भन्ने प्रतिवादी अशोक थापाको जिकिर नरहेको हुँदा सो अबस्थाको विद्यमानता बेगर प्रतिवादी अशोक थापाले बहुविवाह गरेको अबस्था देखिन आयो । जाहेरवाली अदालतमा उपस्थित नहुँदैमा अपराधिक कार्य गरेको प्रष्ट रुपमा देखिंदा देखिंदै त्यस्तो फौज्दारी मुद्दाको अपराधिक कार्यबाट प्रतिवादीले उन्मुक्ति पाउँछ भन्न नमिल्ने हुँदा विहावारीको ९ नं.को कसूरमा सोही महलको १० नं.मा गरिएको तत्कालिन व्यवस्था अनुसार प्रतिवादी अशोक थापालाई सफाई दिएको शुरु अदालतको फैसला उल्टी गरी निजलाई १ महिना कैद र रु.१,०००।– जरिवाना हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १३) पुनरावेदन तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.सुशिला सिंह सिलुः पुनरावेदन अदालत बुटवलको मिति २०५३।८।१३ को फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. अशोक थापा मगरसँग मेरो विवाह भएको । पतिको भारत पल्टनमा नोकरी भएको। केही समय यता म मेरो माइती घरमा आएको अबस्थामा जिल्ला स्याङजा बालिङ बस्ने ज्योती थापा मगरलाई कान्छी श्रीमती बनाई राखेको कुरा २०५९।९।१५ मा घरमा आउँदा थाहा पाएकीले बहुविवाह गरेतर्फ कानून बमोजिम कारवाही गरी पाउँ भन्ने कल्पना थापा मगरको जाहेरी दरखास्त । ३. जाहेरवाली कल्पना थापा र अशोक थापाको विवाह २०४५ सालमा भएको हो । जेठी श्रीमती हुँदा हुँदै अशोक थापाले ज्योती भन्ने केटीलाई विवाह गरी कान्छी श्रीमती बनाई राखेका छन् भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का । ४. प्रतिवादी अशोक थापाले बिहावरीको ९ नं.विपरीत जेठी श्रीमती छँदाछँदै कान्छी श्रीमती ज्योतीलाई विवाह गर्ने अशोक थापा र जेठी श्रीमती छन् भन्ने जानी–जानी अशोक थापासँग विवाह गरी स्वास्नी भै बस्ने ज्योती थापालाई सोही ऐनको १० नं.अनुसार सजायं गरी पाउँ भन्ने अभियोग पत्र । ५. अशोक थापाको अर्की श्रीमती घरमा छन भन्ने थाहा पाइन । मलाई अशोक थापाले बालिङबाट साथमा लिई आउँदा जेठी श्रीमती घरमा भएको कुरा नबताएकोले जानी जानी निजसँग आएको होइन । हाल गाउँघरमा हल्ला चलेकोले थाहा पाएकी हुँ । मलाई सजायं हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी ज्योती थापा मगरले अदालतमा गरेको बयान । ६. मैले जेठी श्रीमती कल्पना थापालाई २०४५ सालमा विवाह गरेको हुँ । त्यसपछि पल्टनमा नोकरीमा गएपछि जेठी श्रीमती माइत गई बसिन् । पटक–पटक लिन जाँदा पनि नआएकीले स्याङजा बालिङबाट ज्योती थापालाई श्रीमती बनाई राखेको छु भन्ने समेत व