निर्णय नं. ७१५९ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१५९ - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११ फैसला मिति :२०५९/१२/२५ २९४८ निर्णय न.७१५९ ने.का.प.२०५९ अङ्क ११/१२ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत् २०५८ सालको रिट न. २७०० आदेश मितिः २०५९।१२।२५।३ विषयः– उत्प्रेषण । निवेदकः जिल्ला सर्लाही सलेभपुर गा.वि.स. वार्ड नं. ६ बस्ने नरेन्द्रलाल कर्ण विरुद्ध विपक्षीः श्री निजामती किताबखाना, हरिहर भवन समेत § निवेदकको जन्ममितिको सम्बन्धमा मिति २०५७।१।१६ मा भएको निर्णय बदर गरी सिटरोलमा उल्लेख गरिएको निजको जन्ममिति कायम गर्दा निवेदकलाई त्यस सम्बन्धमा आफ्नो कुरा भन्न सुन्न पाउने मौका वा अवसर नदिई निजको सेवा अवधिमा प्रतिकूल असर पर्ने गरी निवेदकले कानून बमोजिम सच्याई सकेको जन्ममिति बदर गर्ने गरेको निर्णय तथा काम कारवाही प्राकृतिक न्याय सिद्धान्तको रोह रीत अनुकूल भएको देखिन आएन भनी यस अदालतको पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भैसकेको समेत देखिदा सो सिद्धान्त समेतको आधारमा निवेदनको सम्बन्धमा मिति २०५७।१२।१५ को च.नं. १४९८ को पत्र कानूनन् नमिली उक्त पर्चा लगायत सोसँग सम्बन्धित सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा अवलम्वित नजिरः२०५८ सालको रिट नं. ३७३३, २०५८ सालको रि.पु.इ.नं. ३३ आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. म निवेदक वहिदार पदमा कामकाज गरी रहेको अवस्थामा लोक सेवा आयोगबाट खरिदार पदको खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने प्रकाशित विज्ञापनमा मैले आवश्यक पर्ने शैक्षिक योग्यता एस. एल. सी. वा सो सरहको विहार विद्यालय माध्यमिक परीक्षाको १५ मई १९४३ को जन्म मिति भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०२७।१२।३ मा स्थायी नियुक्ति पाई २०५८।१।७ को पत्रानुसार २०५७।१२।२० देखि लागू हुने गरी नायब सुव्वा पदमा बढुवा भई २०५८।१।३१ देखि लागू हुने गरी अवकाश पाएपछि २०५७।१२।१५ मा अर्को जानकारी पत्रमा २०५७।१।१५ देखि अवकाश लागू हुने गरी भनी संशोधित अवकाश पत्र पठाएको छ । म निवेदकको विभागमा रहेको अभिलेखमा मेरो जन्ममिति २०००।१।३१ छ र सो जन्म मितिको आधारमा मेरो अवकाश पाउने मिति २०५८।१।३१ नैं हुन्छ । विपक्षी विभागले एकपटक मेरो अवकाश पाउने मिति २०५८।१।३१ भनी लेखी आए बमोजिम अवकाश पाई सकेपछि पुनः सो मिति संशोधन गरी मेरो शैक्षिक योग्यताको जन्म मितिलाई मान्यता दिई गरेको अवकाशलाई परिवर्तन गरी पुनः सिटरोलमा उल्लेख भएको उमेरको आधारमा अवकाश गर्ने भनी गरेको निर्णय नमिलेको हुँदा मिति २०५७।१२।१५ को च.नं. १५९८ को पत्र बदर गरी पाउँ भन्ने निवेदकको तर्फबाट यस अदालतमा पर्न आएको रिट निवेदन । ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र सम्बन्धित मिसिल साथ राखी महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउनु भनी रिट निवेदनको प्रतिलिपि साथै राखि विपक्षीहरुलाई सूचना पठाई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पठाई दिनु । लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु । साथै लिखित जवाफ प्राप्त भएपछि अग