निर्णय नं. ७१६० - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१६० - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: फागुन अंक: ११ फैसला मिति :२०५९/११/१३ ४०३० निर्णय नं.७१६० ने.का.प.२०५९ अङ्क ११/१२ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५९ सालको नि. नं.२७७९ आदेश मितिः २०५९।११।१३।३ विषयः– उत्प्रेषण समेत । निवेदकः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.४ सातदोबाटो स्थित टच नेचर प्रा.लि.को संस्थापक शेयर धनी तथा संचालक सुश्री टान होङ्ग चु विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरबार समेत § कानूनको ब्यवस्थालाई प्रशासकीय कारवाही नै किन नहोस उल्लघन गरेको देखिन हुन्न । कानूनले निर्धारण गरेको प्रक्रियाको पालना नगरि आफनै तजबिजको आधारमा गरिएको निर्णय कानूनको दृष्टिमा स्वेछाचारी (Arbitrary) ठहरिन्छ र यस्तो स्वेच्छाचारी निर्णय कानूनी राज्यको अवधारण विपरीत हुने भएबाट कानून प्रतिकूल मानिने । § कुनै ब्यक्तिको बिरुद्धमा कुनै काम कारवाही अगाडि बढाई निजको हक विपरीत निर्णयमा पुग्न त्यस्ता ब्यक्तिलाई सुनुवाईको मौका दिनु प्राकृतिक न्याय सिद्धान्त भित्रको बिषय भएको र यो न्यायका मान्य सिद्धान्त भित्र पर्ने देखिन्छ । प्रशासकीय निकायहरुबाट अधिकारमा आघात पर्ने गरि ब्यक्तिका हकहित विपरीत निर्णय गर्दा पनि सुनुवाईको मौका दिनु पर्ने र सुनुवाईको मौका नदिई ब्यक्तिका हकहित विपरीत निर्णय गर्न नहुने सिद्धान्त सर्व स्वीकार्य हुँदै आएको परिप्रेक्ष्य यस अदालतबाट पनि Audi Alteram Partem को सिद्धान्तलाई बिभिन्न मुद्दाहरुमा आफनो निर्णयको आधार बनाएबाट सुनुवाईको मौका दिनु पर्ने सिद्धान्त हाम्रो न्याय ब्यवस्थामा पनि मेरुदण्डको रुपमा रहेको । § निबेदकलाई इशाई धर्म प्रचार गर्ने धर्म परिबर्तन गराएको भनिएको कानून विपरीतको कार्य सम्बन्धमा निजलाई बुझि सफाईको मौका सम्म नदिई एकतर्फि रुपमा मिति २०५९।६।१४ मा भिषा रद्द गर्ने र ५ बर्षका लागि नेपाल अधिराज्यबाट निष्काशन गर्ने सम्बन्धमा भएको मिति २०५९।७।८ को निर्णय तथा मिति २०५९।७।११ को पत्रको आधारमा निजको भिषा रद्ध गर्ने र निष्काशन गर्ने लगायतका कार्यहरु प्राकृतिक न्याय सिद्धान्त विपरीत भए गरेको देखिएकोले मिति २०५९।६।१४, २०५९।७।८ को निर्णय र ०५९।७।११ को पत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं.१७) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सुशिलकुमार पन्त विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री टिकाबहादुर हमाल अवलम्वित नजिरः आदेश न्या.मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संबिधान, २०४७ को धारा २३, ८८(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत निबेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ । २. निबेदक सुश्री टान होङ्ग चु सिंगापुरकी नागरिक हुन । उनले आफ्नो सत प्रतिशत बिदेशी लगानीबाट Hand made shop उत्पादन गर्ने गरी बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण ऐन, २०४९ बमोजिम श्री ५ को सरकार उद्योग बिभागबाट स्वीकृत प्राप्त गरि टच नेचर प्रा.लि.को स्थापना भएको हो । निबेदक उक्त कम्पनीको एक मात्र संस्थापक शेयर धनी तथा संचालक रहेको र नेपालमा लगानी गर्ने बिदेशी लगानीकर्तालाई बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण ऐन, २०४९ को दफा ६(२) तथा अध्यागमन नियमावली, २०५१ को नियम ९ ले समेत ब्यवसायिक भिषा पाउने कानूनी ब्यवस्था गरेकोले सोही कानूनी ब्यवस्था अनुसार आफ्नो लगानी रहे सम्म नेपालमा बस्नका लागि लगानीकर्ताको हैसियतबाट मिति ३ अगष्ट २००२ देखि २ अगष्ट २००७ सम्म ५ बर्षको लागि