निर्णय नं. ६७१३ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७१३ - अंश चलन भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०९/०९ ५४८७ निर्णय नं. ६७१३ ने.का.प. २०५६ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधिश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधिश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधिश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधिश श्री टोपबहादुर सिंह माननीय न्यायाधिश श्री दिलीपकुमार पौंडेल सम्वत् २०५३ सालको दे.पु.इ.नं.........११८ फैसला मितिः २०५५।९।९।५ मुद्दा : अंश चलन । पुनरावेदक/वादीः का.जि.का.न.पा.वडा नं. १० बानेश्वर वस्ने वर्ष ६१ को इन्द्र विक्रम शाह विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. बस्ने शारदा शाह समेत § सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (ख) को व्यवस्था अन्तर्गत हेरिने कार्य सर्वोच्च अदालतले आफैंले फैसला गरेको मुद्दा आफैले पुनरावलोकन गरी हेरेको भन्न मिल्ने देखिन्न । सर्वोच्च अदालतबाट फैसला वा अन्तिम निर्णय भएको मुद्दा दोहोराई हेर्न सकिने व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ ले नगरेको अवस्थामा दोहराई हेरिने निवेदन लिई दोहराई हेर्ने गरि प्रधान न्यायाधिशले आदेश गर्न सक्ने र पूर्ण इजलासले हेरी निर्णय गर्ने अधिकार छ भन्न नमिल्ने । (प्र.नं. २१) § कानूनको विपरीत व्याख्या भएको, विपरीत कानूनी सिद्धान्त प्रतिपादन भएको अवस्थामा त्यस्तो मुद्दा कानूनी सिद्धान्तको दृष्टिबाट संयुक्त इजलासको फैसला अन्तिम भएको संझन नहुने भई पूर्ण इजलासमा पठाइनु पर्ने अवस्थाको हुने भएकाले संयुक्त इजलासले नपठाएको अवस्थामा उल्लेखित अवधारणा अन्तर्गत संयुक्त इजलासले पठाउन सक्ने आधारहरुमा नै मुद्दाको पेशी तोक्ने सिलसिलामा प्रधान न्यायाधिशले पूर्ण इजलासमा निणयार्थ पेश गर्न सक्ने अवस्था नियमावलीमा गरिएको हो । यहि नियमावलीको अधिकार प्रयोग गरी संयुक्त इजलासले पूर्ण इजलासमा पेश गर्न आदेश गर्दा मुद्दामा आफ्नो राय निर्णय सहित अघिको कानूनको व्याख्या वा कानूनी सिद्धान्तसंग असहमत भएको आधार कारण समेत प्रष्ट उल्लेख गरी पेश गर्ने भनि आदेश गरिनु पर्ने तर प्रधान न्यायाधिशले पुर्व संयुक्त इजलासको राय निर्णयबारे केही नभनी दुई संयुक्त इजलासले मुद्दाको रोहमा कानूनको व्याख्या र कानूनको सिद्धान्त सम्बन्धमा भिन्ना भिन्नै राय वा निर्णय भएको देखेमा निर्णयार्थ पूर्ण इजलासमा पेश गर्न आदेश दिने सम्मको कुरा हो । प्रधान न्यायाधिशले अमुक व्याख्या तथा सिद्धान्त ठीक भनी आफ्नो राय सहित पूर्ण इजलासमा निर्णयार्थ पेश गर्ने गरी आदेश गर्ने अवस्था हुदैंन । संयूूक्त इजलासले बाझिने गरी राय वा निर्णय गरेपछिको पालना गरिने कार्यविधिको कुरालाई लिएर आदेश गर्ने कुरा हो र पूर्ण इजलासले पनि संयुक्त इजलासको राय वा निर्णयमा गरेको कानूनकोे व्याख्या तथा प्रतिपादित सिद्धान्तका विषयमा विचार गरी त्यस्को आधारबाट मुद्दामा निर्णय हुने कुरा हुन्छ । यस्तो अवस्थामा पूर्ण इजलासबाट निर्णय भएपछि अन्तिम फैसलाको रुपमा मानिने कानूनी संरचना हो । पूर्ण इजलासमा कस्ता मुद्दा पेश हुने भन्ने कुरामा नियमावलीले व्यवस्था गरेको हो । सर्वोच्च अदालतको एक न्यायाधिशको इजलास, संयुक्त इजलास, विशेष इजलास र पूर्ण इजलासबाट हुने फैसला, अन्तिम आदेश वा सर्वोच्च अदालतकै फैसला वा अन्तिम आदेश हो तर कानूनले संयुक्त इजलासको आदेशबाट पूर्ण इजलासमा पेश भई हेरि निर्णय हुनुपर्ने अवस्थाको मुद्दा संयुक्त इजलासबाट निर्णय भएपछि संयुक्त इजलासबाट पूर्ण इजलासमा नपठाइएको कारणबाट प्रधान न्यायाधिशले पूर्ण इजलासमा पेश