निर्णय नं. ६७१४ - उत्प्रेषण, परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७१४ - उत्प्रेषण, परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउं भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/१०/१४ ३२९५ निर्णय नं. ६७१४ ने.का.प. २०५६ अङ्क ५ विशेष इजलास माननीय न्यायाधिश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधिश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधिश श्री अरविन्दनाथ आचार्य संवत् २०५४ सालको रिट नं. ३१६७ आदेश मितिः २०५५।१०।१४।५ मुद्दाः उत्प्रेषण, परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउं । निवेदकः पशु सेवा विभाग, हरिहरभवनमा कार्यरत सहायक पशु विकास अधिकृत वर्ष ३६ को बालचन्द्र श्रेष्ठ समेत विरुद्ध विपक्षीः श्री महानिर्देशकज्यु, पशु सेवा विभाग, हरिहरभवन, ललितपुर समेत § निजामती सेवा नियमावली, २०५० को नियम ७ को उपनियम १ को खण्ड (घ) मा रा.प. द्वितीय श्रेणीको पदपुर्ति गर्दा खुल्ला प्रतियोगिताद्वारा १० प्रतिशत कार्यक्षमताको मूल्यांकनद्वारा ८० प्रतिशत र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा १० प्रतिशत गरिने व्यवस्था रहेको देखिन्छ । आन्तरिक प्रतियोगिताद्वारा पदपुर्ति गर्दा नि.से.नि., २०५० को नियम ७५ ले राजपत्रांकित व्दितिय श्रेणीका लागि एक श्रेणी मुनीका रा.प.तृतीय श्रेणीको पदमा ५ वर्ष सेवा अवधि पुरा गरेको हुनु पर्ने भई रा.प.तृतीय श्रेण्ँीको सेवा प्रवेशको निमित्त चाहिने न्युनतम शैक्षिक योग्यता पुरा गरेको हुनु पर्ने देखियो । खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गरिने सम्वन्धमा नि.से.नि., २०५० को नियम १५ को उपनियम २ ले रा.प. द्वितीय श्रेणी पदका लागि सम्वन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी कुनै संस्था वा निकायको अधिकृत स्तरमा ५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्छ र विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको व्यक्तिको हकमा अनुभव अवधि २ वर्ष कम हुने भनी व्यवस्था रहेको देखिन्छ । उक्त व्यवस्थाबाट जुन सेवा समुहको रा.प.द्वितीय श्रेणीको पदपुर्ति गरिने हो सो सेवा समुहसंग सम्वन्धित विषयमा स्नातकोत्तर वा विद्यावारिधिको उपाधि प्राप्त गरेको र स्नातकोत्तर उपाधिको हकमा कुनै संघ संस्था वा निकायको अधिकृत स्तरको पदमा ५ वर्षको अनुभव प्राप्त गरेको र विद्यावारिधि उपाधि प्राप्त गर्नेको हकमा ३ वर्ष अनुभव प्राप्त गरेको जुनसुकै व्यक्ति खुल्ला प्रतियोगिताद्वारा रा.प.द्वितीय श्रेणीको पदमा संभाव्य उम्मेदवार हुन सक्ने नै देखिन्छ । उल्लेखित कानूनी प्रावधानबाट नेपाल कृषि सेवा अन्तर्गतको खुल्ला तथा आन्तरिक प्रतियोगिताबाट पुर्ति गरिने रा.प. द्वितीय श्रेणीको लाइभष्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समुह तर्फको रिक्त पदमा भेटेरिनरी समुहको कर्मचारी संभाव्य उम्मेदवार हुन पाउदैनन् भन्ने निवेदन जिकिरसंग सहमत हुन नसकिने । (प्र.नं. १३) निवेदक तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री प्रकाश राउत र पदम गिरी विपक्षी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजिरः आदेश न्या.केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(१) र (२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः २. हामी निवेदकहरु कृषि मन्त्रालय अन्तर्गत पशु सेवा विभाग तथा यस अन्तर्गतका, विभिन्न कार्र्‍यालयहरुमा लाइभस्टक पोल्ट्री एण्डडेरी डेभलपमेण्ट (लापो एण्ड डेडे) समुहका सहायक पशु विकास अधिकृत (रा.प.तृतीय श्रेणी) पदमा कार्यरत निजामती कर्मचारी हौं । लापो एण्ड डेडे समुहका कर्मचारीले सम्पादन गर्नुपर्ने कामको प्रकृति Nature of the job र भेटेरिनरी समुहका कर