निर्णय नं. ६७१६ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) वमोजिमको आदेश जारी गरी वाझिएको कानून अमान्य वदर गरी पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७१६ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) वमोजिमको आदेश जारी गरी वाझिएको कानून अमान्य वदर गरी पाउं । भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०९/१६ २६०७ निर्णय नं. ६७१६ ने.का.प. २०५६ अङ्क ५ विशेष इजलास माननीय न्यायाधिश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधिश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधिश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत २०५५ सालको रिट नं. .. ३४५९ आदेश मितिः२०५५।९।१६।५ विषयः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) वमोजिमको आदेश जारी गरी वाझिएको कानून अमान्य वदर गरी पाउं । निवेदकः जि.पर्वत ज्ञानी गा.वि.स. वडा नं. २ घर भै हाल प्रहरी चौकी रानागाउं रोल्पाको प्र.ह. वर्ष ३८ को विष्णूप्रसाद पौडेल विरुद्ध विपक्षीः श्री प्रतिनिधिसभा ऐ.को कार्‍यालय सिंहदरवार समेत § प्रहरी नियमावली, २०४९ को परिच्छेद १० अवकास उपदान र निवृत्तिभरण मुल शीर्षक अन्तर्गतको नियम ११० को उपनियम (१) मा यस परिच्छेदको प्रयोजनको निमित्त नोकरी अवधिको गणना गर्दा शाही नेपाली सेना वा प्रहरी सेवा वा पदमा स्थायी नियुक्त भई नोकरी गरेको जम्मा अवधि (वीचमा टुटेको भए सो टुटेको अवधि कटाई) लाई गणना गरिने छ भन्ने व्यवस्था गरेको पाइन्छ । सो व्यवस्थाले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ङ) ले व्यवस्था गरेको कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने गरी प्रदत्त मौलिक हक अपहरण गरेको वा सो उपर अनुचित वन्देज कसरी लगाइएको हो सो कुरा निवेदकले उल्लेख गर्न सकेको पाइदैन । उल्लेखित स्वतन्त्रतामा धारा १२ को उपधारा २ को प्रतिवन्धात्मक व्यवस्थाको ५ ले शर्त र योग्यता तोक्ने गरी कानून वन्न सक्ने कुरालाई रोक लगाएको देखिंदैन । प्रहरी नियमावली २०४९ प्रहरी सेवामा रहेको कर्मचारीको सेवा सम्वन्धको कुरालाई लिएर व्यवस्था गरेको देखिंदा सो नियमावलीको नियम ११०(१) ले काम नगरेको अवधि नजोड्ने गरी भएको व्यवस्थाले निवेदकको स्वतन्त्रतामा आघात पुर्‍याएको तथा सो व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ङ) संग वाझिएको भन्न मिल्ने देखिएन । यस्का अतिरिक्त धारा ८८(१) अन्तर्गत प्रहरी ऐन, २०१२ को दफा ३९ संग सो नियमको व्यवस्था वाझिएको भन्न सकिने अवस्था पनि देखिएन । तसर्थ उल्लेखित नियमावलीको व्यवस्था संविधानको व्यवस्थासंग वाझिएको नदेखिंदा माग वमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री पुष्यप्रसाद अर्‍याल विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नन्दबहादुर सुवेदी अवलम्वित नजिरः आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छ । २. म रिट निवेदक २०४०।८।२१ मा प्रहरी पदमा भर्ना भै २०४०।१०।१२ मा प्रहरी जवानमा परिणत भै २०४७।३।१ मा प्रहरी हवलदारमा वढुवा भए । उक्त पदमा रही कार्य गर्दा २०४८।११।९ मा पदबाट वर्खास्त गरेकोमा सो संग सम्वन्धित आरोपबाट का.जि.अ.को २०५२।२।८ को फैसलाले सफाई पाए पश्चात पुनः साविक सेवामा वहाल भै हाल कार्यरत छु । म निवेदकलाई वर्खास्त गरी पुनरवाहाली गरेको मिति सम्मको नोकरी अवधि जोड्नू पर्नेमा विपक्षी प्रहरी कितावखानाको मिति २०५५।१।७ को पत्रले २०४८।११।९ देखि २०५३।९।३ को वीचको ६ वर्ष ९ महिना २४ दिन नोकरी नजोडेकोले रिट निवेदन गरेको छु । उक्त पत्रको व्यहोरामा पहिले प्रहरीमा मिति २०४०।८।२१ मा शुरु भर्ना भै २०४८।११।९ सम्म गरेको नो