निर्णय नं. ६७१७ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७१७ - उत्प्रेषण समेत भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०९/३० ३३०५ निर्णय नं. ६७१७ ने.का.प. २०५६ अङ्क ५ विशेष इजलास माननीय न्यायाधिश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधिश श्री उदयराज उपाध्याय माननीय न्यायाधिश श्री इन्द्रराज पाण्डे संवत २०५४ सालको रिट नं. ... २६१८ आदेश मितिः २०५५।९।३०।५ विषयः उत्प्रेषण । निवेदकः स्वास्थ सेवा विभाग टेकुमा कार्यरत अच्युतप्रसाद लामिछाने समेत विरुद्ध बिपक्षीः श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय समेत § निजामती सेवा ऐन, २०४९ अन्तर्गत रहेको राजपत्रांकित तृतीय श्रेणीका मेडिकल अधिकृत, डेण्टल अधिकृत, अधिकृत कविराज र एकिकृत चिकित्सा अधिकृतलाई अधिकृत सातौं तहमा तह मिलान गर्ने कानूनी व्यवस्था भएकोमा नै निवेकदहरुको मुख्य आपत्ति रहेको देखिन्छ । माथि उल्लेख भए अनुसार शुरु नियुक्ति हुंदा नै अधिकृत सातौं तहको पदमा नियुक्ति हुने योग्यता प्राप्त व्यक्तिहरु राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत रहेकोमा निजहरुको हकमा समेत पांच वर्षको सेवा अवधीको हिसावबाट पांच वर्ष भन्दा कम सेवा अवधीका अधिकृतलाई छैठौं तहमा र पांच वर्ष सेवा अवधी भएका अधिकृतलाई सातौं तहमा तह मिलान गर्ने हो भने झन असमान व्यवहार हुन जाने स्थितिको सिर्जना हुन्छ । यस स्थितिमा राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत मेडिकल अधिकृत, डेण्टल अधिकृत, अधिकृत कविराज र एकिकृत चिकित्सा अधिकृतहरुलाई शैक्षिक योग्यताको आधारमा तह मिलान गरिएको कार्य कानून प्रतिकुल देखिन आउंदैन । साथै नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ८९ मा ूयो ऐन लागु हुनु अघि निजामती सेवा ऐन, २०४९ र सो अन्तर्गत वनेका नियमहरु वमोजिम नेपाल स्वास्थ्य सेवाको समुह वा उपसमुहमा वहाल रहेका सवै कर्मचारी यो ऐन अनुसार गठित नेपाल स्वास्थ्य सेवाको तत् तत् समुह र उपसमुहमा स्वतः परिवर्तन भई वहाल रहेको मानिनेछु भन्ने प्रावधान रहेबाट पनि निवेदकहरुले निजामती सेवा ऐन, २०४९ अनुसारको दावि लिन नमिल्ने । (प्र.नं. ८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण नेउपाने विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नन्दबहादुर सुवेदी अवलम्वित नजिरः आदेश न्या.उदयराज उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(१) एवं ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ : २. हामी निवेदक, निजामती सेवा ऐनको नेपाल स्वास्थ्य सेवामा कार्यरत राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी थियौं । निजामती सेवा ऐन र नियममा राजपत्रांकित तृतीय श्रेणी, द्वितिय श्रेणी, प्रथम श्रेणी र विशिष्ट श्रेणीमा विभाजन हुने कानूनी व्यवस्था थियो । २०५४।२।१४ देखि लागु भएको नेपाल स्वाथ्य सेवा ऐन, २०५३ को दफा ९० ले एकै पटक नियुक्ति भएका व्यक्तिलाई भेदभाव गरी मेडिकल अधिकृत, डेन्टल अधिकृत अधिकृत कविराज एकिकृत चिकित्सा अधिकारी बाहेक अरु हामी निवेदकहरुलाई ५ वर्ष भन्दा कम सेवा अवधि भएमा अधिकृत छैठौं तह र ५ वर्ष सेवा अवधि पुगेका र यो ऐन जारी हुनु भन्दा १ दिन अघि नियुक्ति भएका उल्लेखित अधिकृत र ५ वर्ष पुगेका हामी निवेदक जस्तालाई मात्र अधिकृत सातौं तह भनी उक्त ऐन जारी हुनु अघिसम्म एकै श्रेणीमा भएका हामी निवेदकहरु छैठौं तह र अरु व्यक्तिलाई सातौं तह गरी असमान कानूनी व्यवस्था भएकोले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९०को खण्ड (ख) को देहाय (१) र (२) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) संग बाझिएको हुंदा स