निर्णय नं. ६७१८ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७१८ - अंश नामसारी भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/१०/२५ २८१५ निर्णय नं. ६७१८ ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधिश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधिश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत २०५४ सालको दे.पु.नं.. ३४७३ फैसला मितिः २०५५।१०।२५।२ मुद्दाः अंश नामसारी । पुनरावेदक/प्रतिवादीःजिल्ला रुपन्देही, सिध्दार्थनगर नगरपालिका वार्ड नं. ६ वस्ने गिरधारी लाल अग्रवाल समेत विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ. वस्ने विश्वनाथ अग्रवाल । § कम्पनीको शेयर जस्तो चल सम्पत्ति अन्तर्गत पर्ने कुरा पास गर्नु पर्ने अवस्था पनि हुन आउंदैन । शेयर पास गरेको मिति २०५०।२।१५ कायम हुदैमा मानो छुटिृएको मिति भन्दा पछि खरिद गरेको भन्न सकिने अवस्था नभएवाट सो समेतमा वादीले चार भागको एक भाग अंश पाउने ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मनासिव नै देखिंदा सदर हुने । (प्र.नं. १६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त अवलम्वित नजिरः फैसला प्र.न्या.मोहनप्रसाद शर्माः पुनरावेदन अदालत, बुटवलको मिति ०५३।१।१० को फैसला उपर प्रतिवादीले मुद्दा दोहोर्याई हेरी पाउं भन्ने व्यहोराको निवेदन गरी यस अदालतको संयुक्त इजलासको मिति २०५४।३।१० को आदेशानुसार दोहोर्याई हेर्न निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः २. मुल पुरुष बाजे चिरंजिवीलालका एक मात्र छोरा विपक्षी वाबु गिरधारीलाल अग्रवालका क्रमशः ३ छोरा मध्ये जेठा बिपक्षी सत्यनारायण अग्रवाल माहिला म फिरादी विश्वनाथ अग्रवाल र कान्छा गौरी शंकर अग्रवाल हौं । बाजे चिरन्जीविलाल अग्रवाल वजै र आमा समेत आफ्नो कालगतिले पहिला नै परलोक भइसक्नु भएको छ । हाल ४ वरावरका अंशियार छौं, सम्पुर्ण सगोल सराकतको कारोवार सम्पत्ति विपक्षीहरुको कव्जा नियन्त्रणमा छ, अंशवण्डा भएको छैन, परिवारमा अमेल हुन थालेकोले संगोलमा वस्न श्रेयस्कर नभएकोले मेरो अंश भाग अंशवण्डा गरी छुट्याई दिनुहोस भनि बिपक्षीहरुसंग २०४९।१२।२८ गते अनुरोध गर्दा अंश दिन र खान लाउन समेत नदिई घरवाट निकाला गरेकोले फिराद परेको अघिल्ला दिन सम्मको सम्पूर्ण संपत्तिको तायदाती फांटवारी लिइ ४ भागको १ भाग अंश दिलाई नामसारी समेत गराई पाउं भन्ने समेत व्यहोराको वादीको मिति ०५०।२।८ को फिरादपत्र । ३. बिपक्षी वादीले उल्लेख गरेको पुस्तेवारीमा हाम्रो कुनै विवाद छैन, बाजे चिरन्जीविलाल अग्रवालको पैतृक संपत्ति पिता गिरधारीलाल अग्रवालले नपाउनु भएको रहेछ, सानै उमेर देखि व्यापार गर्दै आई कमाएको धनवाट महालक्ष्मी फलावर राईस मिलमा हाम्रा पिता गिरधारीलाल अग्रवालले केही रकम लगाई पार्टनरमा काम गर्दै सो मिलले चर्चेको जग्गावाहेकको जग्गा तत्काल जिमिन्दार विन्देश्वरी थारुको जग्गा जोत कोड गरी पिता गिरधारीलालले ज.वि. ०-१०-१९ दर्ता गराई घर वनाई वसोवास गरी आएकोमा म सत्यनारायण वालिग भै छुट्टै व्यापार गरी कमाई आएको, सो मेरो मेहनतवाट कमाएको धन लगाई २०३८।४।२५ मा श्री महालक्ष्मी राइस, आयल फलावर एण्ड दँल मिल (प्रा.) लि. मा शेयर लगाई २०४०।२।१५ मा शेयर संख्या २५ खरिद गरी आएको र ०४४।४।१४ मा काशीराम मारवाडीवाट राजिनामा गरी जग्गा खरीद गरेको र केही जग्गा वकस समेत प्राप्त गरेको निजी आर्जनको सम्पत्तिमा आफुखुस गर्न पाउने र म प्रतिवादी गौरीशंकर वालिग भए