निर्णय नं. ६७१९ - पूजारी कायम नापी निर्णय बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७१९ - पूजारी कायम नापी निर्णय बदर भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०९/२४ २४१७ निर्णय नं. ६७१९ ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधिश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधिश श्री भैरवप्रसाद लम्साल सम्वत् २०५५ सालको दे.पु.नं.. ४२८६ फैसला मितिः २०५५।९।२४।६ मुद्दाः पुजारी कायम नापी निर्णय वदर । पुनरावेदक/वादीः जि.पर्सा वि.न.पा. वार्ड नं. १९ वस्ने हिरादेवी व्राम्हाणी विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जि.पर्सा वीरगंज न.पा. वार्ड नं. १२ वस्ने काशीनाथ सुकुल § दानपत्र समेतका लिखतबाट पनि पतिको मृत्यु पछि पत्नीमा पुजारीको हक सर्ने अवस्था नदेखिंदा वादी हिरादेवीलाई पुजारी कायम गर्न नमिल्ने ठहर गरेकोसम्म शुरु सदर गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री चूडामणी राज सिं मल्ल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनिता चापागाई अवलम्वित नजिरः फैसला प्र.न्या.मोहनप्रसाद शर्माः पुनरावेदन अदालत हेटौडाको मिति २०५१।१०।२३ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा दोहराउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरो एवं ठहर यस प्रकार छ । २. पर्सा जिल्ला तत्कालीन श्रीपुर गा.पं. वडा नं. ९ हाल वि.न.पा. वडा नं. १२ पुर्व कुलो पश्चिम सडक उत्तर दक्षिण पनि चार किल्ला भित्रको ०-७-१२ जग्गा श्री रामजानकीको मठ मन्दिर भएकोले २०२३ सालको नापीले क्षेत्रीय पुस्तकमा सोही व्यहोरा उल्लेख गरी फिल्डबुक तयार भै कैफियतमा मेरो लोग्ने कैलास व्राम्हणलाई पुजारी भनी लेखिएको छ । सो ऐलानी जग्गामा स्थापना भएको श्रीरामचन्द्र भगवान र मन्दिर समेत सिताराम भन्ने गणेश दास व्रम्हचारीले स्थापना गरी पुजा आजा समेत गरी आउनु भएको छ । लोग्ने कैलास सुकुल पनि २०४०।१।११ मा परलोक हुनु भएको र मेरो छोरा सन्तान नहुंदा छोरीको छोरा धिरनारायणलाई पालन पोषण गरी आएको छु । देवस्थललाई आफ्नै निजी वनाउने वदनियतबाट विक्रम सिंह तथा अन्य अंशियारहरुले म.क्षे.अ.को २०४२।१।२१ को फैसलाले भगवानकै नाममा दर्ता कायम राख्ने ठहर भएकोमा श्री सर्वोच्च अदालतमा मिलापत्र गरेकोमा सो धर्मलोप मिलापत्र वदर मुद्दा चली रहेको छ । वीरगंज नापी कार्यालयले सो जग्गाको नापी गर्दा उल्लेखित साविक कि.नं. ३७ को जग्गाको कि.नं. ४३ र ०-७-१२ क्षेत्रफल कायम गरिएको र जग्गाधनी महलमा श्रीराम जानकी मन्दिर भनी लेखिएको ठीक छ र कैफियत महलमा म हिरादेवी धिरनारायणलाई पुजारी लेखिएकोलाई कटृा गरी २०४८।१०।९ को तोक आदेश भन्दै प्रतिवादीलाई पुजारी भनी फिल्डबुकको कैफियतमा लेखिन गएकोले मिति २०४८।२।२ गतेको निर्णय तथा २०४८।१०।९ मा भएको तोक आदेश समेत गैरकानूनी हुंदा स्व. लोग्ने कैलाश सकुलले १९९० सालको वण्डापत्रबाट पाएको उल्लेखित कि.नं. ४३ मा भएको भगवानको मन्दिरमा म फिरादीलाई पुजारी संरक्षक कायम गरी नापी शाखाले फिल्डबुकको कैफियतमा प्रतिवादीलाई पुजारी भनी लेखिएको भए नापी कार्यालयको निर्णय समेत वदर गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. रामजानकी मठ मन्दिरको सवै गुठी एवं धर्मकृती संरक्षण गर्न कैलास सुकुलले विक्रम सिंह भुमिहारलाई २०१६।१।६ मा वकसपत्र गरिदिएको छ । धर्म लोप नहुने गरी राम्रो पुजा आजा गरेमा कैलासलाई र नगरेमा पंचले रोजेको व्यक्तिलाई पुजारी नियुक्त गरी पुजा संचालन गर्नु पर्ने धर्मकृतिको संरक्षण राख्नू पर्ने व्यहोरा १९९०