निर्णय नं. ६७२० - बढी जग्गा नामसारी गरी पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७२० - बढी जग्गा नामसारी गरी पाऊँ भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/१०/११ २८६९ निर्णय नं. ६७२० ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधिश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधिश श्री केदारनाथ आचार्य सम्वत् २०५३ सालको दे.पु.नं.. ३२७७ फैसला मितिः २०५५।१०।११।२ मुद्दाः वढी जग्गा नामसारी गरी पाउं । पुनरावेदक/प्रतिवादी : जि. मोरंग दुलारी गा.वि.स. वडा नं. २ वस्ने गंगादेवी काफ्ले विरुद्ध विपक्षी/वादी : जि. सुनसरी इटहरी गा.वि.स. वडा नं. ४ वस्ने पवित्रा देवी ढकाल § एक पटक निर्णय भई अन्तिम रहेको अवस्थामा पुनः निवेदन ग्रहण गरी यिनै पक्ष विपक्षका वीच सोही जग्गाका सम्वन्धमा मालपोत कार्यालयले गरेको निर्णय प्राङ न्यायको सिद्धान्त तथा मुलुकी ऐन अ.वं. ८५ नं. को प्रतिकुल देखिन आउने । (प्र.नं. १३) निवेदक तर्फवाट : विपक्षी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या.केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. इटहरी गा.वि.स. वाड नं. ४ (ख) कि.नं. ७२ को जग्गाको पश्चिम तर्फबाट छोरी गीता ढकाललाई ०(०(५ धुर जग्गा वक्सपत्र दिने लिने भई मिति २०५०।१।१५ मा टोकन नं. ३ मा टोकन लगाई कित्ताकाट गर्न नापी शाखा जांदा नापीको श्रेस्तामा मेरो कि.नं. ७२ लाई कित्ताकाट गरी कि.नं. ४००, ४०१ र ४०२ बनाएको रहेछ । नापीमा रहेको मेरो श्रेस्तामा मलाई थाहै नदिई मेरो मन्जुरी विना के कुन आधार प्रमाणबाट त्यसरी कित्ताकाट भएको हो सो मलाई जानकारी नहुंदा सो कित्तावाट बनाइएका कित्ताहरु वदर गरी मेरो कि.नं. ७२ नै कायम गरी पाउं भन्ने पवित्रा देवीको मालपोत कार्यालय सुनसरीमा परेको निवेदन दावी । ३. जि. सुनसरी इटहरी गा.वि.स वार्ड नं. ४ (ख) को कि.नं. ६८ को जग्गामा साविक नाप नक्सा हुंदाका वखत देखि नै ०-०-७ जग्गा नरवढी रहेछ सो कि.नं. ६८ को जग्गा मध्ये मैले भू.प्र.का. सुनसरीको र.नं. १२३५ मा ०-१-८ जग्गा ०३३।१०।७ मा ज्ञान प्रसाद पौडेललाई कित्ताकाट गरी पारित गरी दिएको सो समयमा मेरो नरवढी भएको जग्गालाई मे.ना.शा. ले वढी जनाई मेरो नाममा कायम गरी दिनु पर्नेमा कायम नगरी मैले विक्रि गरेको ज्ञान प्रसादका नाउंमा ०-१-१५ जग्गा कित्ताकाट गरी श्रेस्तामा चाहि ०-१-८ नै कायम गरी पठाएको रहेछ र पछि सो ज्ञान प्रसादबाट खरीद गरी लिने हालको जग्गाधनी पवित्रा देवी ढकालले ट्रायल चेक गरी मेरो नरवढी जग्गा कायम गरी पाउं भनि यस कार्यालयमा निवेदन गरी कारवाही गर्दा सो कुरा थाहा पाई मेरो साविक नरवढी भएको जग्गा मेरै नाउंमा कायम गरी पाउं भनि मैले यस कार्यालयमा धेरै वर्ष पहिले निवेदन गरी आएकोमा सो निवेदनको ख्यालै नगरी पुनः पवित्रा देवीले नै नरवढी कायम गरी आफ्नो नाउंमा कायम गराउने उद्देश्य लिएको हुंदा उक्त कित्ता जग्गामा वढ हुन आएको जग्गा पश्चिम तर्फबाट कित्ताकाट गरी मेरै नाउंमा कायम गरी पाउं भन्ने गंगादेवीको निवेदन । ४. निवेदकहरुको निवेदन माग अनुसार उक्त जग्गा के कुन व्यहोराबाट कित्ताकांट भएको हो जनाई पठाउनु भनि नापी शाखा बुझिदा यहांको नक्सा श्रेस्तामा अध्ययन गर्दा नक्सामा कि.नं. ७२ कित्ताकांट भै कि.नं. ४०० मा ०-०-७ पश्चिम गंगादेवी काफ्ले ४०१ मा पश्चिम तर्फ ०-०-६ नरमाया घिमिरे र ४०२ मा ०-१-२ वादी पवित्रा देवी ढकालका नाममा मिति ०४३।१०।१ मा कित्ताकाट भएको देखिन्छ भन्ने नापी शाखाबाट प्राप्त जवाफ । ५. यिनै वादी प्रतिवादीहरु