निर्णय नं. ६७२१ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७२१ - उत्प्रेषण समेत भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/१२/२५ २९२१ निर्णय नं. ६७२१ ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधिश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधिश श्री केदारनाथ आचार्य संवत् २०५५ सालको रि.नं.... २८३१ आदेश मितिः २०५५।११।२५।३ विषयः उत्प्रेषण । निवेदक : जि. सिन्धुपाल्चोक परियामुना गा.वि.स. वडा नं. ३ घर भई हाल केन्द्रिय कारागारमा थुनामा रहेको गोपाल थापा विरुद्ध विपक्षी : काठमाण्डौं जिल्ला अदालत समेत § जरिवाना वा कैदको सजाय हुने गरी फैसला भएको अवस्था वा फैसला भएको मितिबाट ६० दिन भित्र फैसला गर्ने वा लगत रहेको अड्डामा हाजिर हुन आउन सक्ने अवस्था र जरिवाना तिर्न वा कैदमा बस्न आफै उपस्थित हुन सक्ने अवस्थामा निवेदक रहेको देखिन आउदैन । निवेदक मौकैमा पक्राउ परी मुद्दा पुर्पक्षको लागि थुनामा रहि आएको अवस्था देखिन्छ । थुनामा नै रहेको अवस्था हुंदा निज आफै उपस्थित हुन वा हाजिर हुन सक्ने अवस्था नरहेको स्थितिमा निजले कारागार मार्फत निवेदन दिएको भन्ने देखिन आएबाट आफै हाजिर हुन आएको वा उपस्थित भई जरिवाना वा कैदमा बस्न मन्जुर गरेको भनि मान्न सकिने अवस्था देखिन आउदैन । थुनामा रहेको व्यक्ति आफै उपस्थित हुन वा हाजिर हुन आएको भन्ने अवस्था एकातिर देखिदैन भने कारागार मार्फत चढाएको निवेदनलाई आफै उपस्थित हुन आएको वा हाजिर भएको भन्न सकिने आधार समेत पुग्न गएको नदेखिंदा अनुसन्धान क्रममा पक्राउ परी थुनामा रहेका र अन्तिम फैसला हुदा समेत कैद जरिवाना ठेकिएका निवेदक जस्ता व्यक्तिको हकमा दण्ड सजायको ४१(क) आकर्षित हुन नसक्ने भनि गरेको शुरु काठमाडौं जिल्ला अदालत एवं पुनरावेदन अदालत, पाटनको फैसलामा कुनै परिवर्तन गरि रहनु पर्ने अवस्था नदेखिंने । (प्र.नं. १२) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हर्क भटृराई विपक्षी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री वलराम के.सी. अवलम्वित नजिरः ने.का.प. २०४८, नि.नं. ४३५०, पृ.४० आदेश न्या.केदारनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र व्यहोरा यस प्रकार छ : २. वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक समेत भएको जिउ मास्ने वेच्ने मुद्दामा का.जि.अ.को २०४८।४।२७ गतेको फैसला वमोजिम १० वर्ष कैद भएकोमा सो उपर पुनरावेदन गरेकोमा पु.वे.अ. पाटनबाट शुरु सदर हुने गरी फैसला भयो । सो उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गर्दा २०५३।३।३१ मा शुरुको सदर गरेको पु.वे.अ.को फैसला सदर हुंदा चित्त नबुझी पुनरावलोकन गरी पाउं भनि निवेदन गरेकोमा निस्सा प्रदान गर्न मिलेन भन्ने आदेश भएपछि मैले मिति २०५४।७।२४ गते काठमाण्डौ जिल्ला अदालतमा मु.ऐन दण्ड संजायको ४१ (क) नं. वमोजिम २० प्रतिशत कैद मिनाहा दिई वांकी कैद मात्र असुल गरी पाउं भनी निवेदन दर्ता गर्दा जि.न्या. ले २०५५।२।२२ मा दण्ड संजायको महलको ४१(क) नं. को सुविधा प्राप्त गर्न सक्ने देखिएन कानून वमोजिम गर्नु भन्ने आदेश भै उक्त वेरितको आदेश वदर गरी पाउन निवेदन गरेकोमा “यसमा अनुसन्धानको क्रममा पक्राउ परी थुनामा परि अन्तिम फैसला समेतबाट कैद जरिवाना ठेकिएको निवेदक जस्तो व्यक्तिको हकमा दण्ड संजायको ४१(क) को सुविधा आकर्षित हुने अवस्था सो दण्ड सजायको ४१(क) नं. मा देखिन नआएको हुंदा त्यस अदालतको आदेश रीतपुर्वकको हुंदा निवेदकको माग वमोजिम गर्न मिलेन कानून वमोजिम गर्नु भनी पु.वे.अ. पाटनले गरेको आदेश कानूनक