निर्णय नं. ६७२२ - लागु औषध ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७२२ - लागु औषध । भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/११/१९ ४०६६ निर्णय नं. ६७२२ ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधिश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधिश श्री भैरवप्रसाद लम्साल सम्वत् २०५४ सालको फौ.पु.नं.. १७३३ फैसला मितिः २०५५।११।१९।४ मुद्दाः लागु औषध । पुनरावेदक/7प्रतिवादीः विदेश भारत जि.सुपौल गाउ कर्जाइन घर भै हाल कारागार शाखा मोरंग थुनामा रहेको सुरेन्द्र सिंह राजपुत विरुद्ध विपक्षी /वादीः प्र.स.नि. चन्द्र सुवेदीको निवेदनले श्री ५ को सरकार § लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा (३)(क) को ६(क) मा अफिम तथा कोकाको सारतत्व मिश्रण वा लवण समेत मिसाई तयार गरिने पदार्थलाई लागु औषध भनी औषधिको परिभाषा भित्र समेटेको पाइन्छ भने भाग ३ मिति २०५१।२।२ को राजपत्रमा पनि साविक वमोजिम फेन्सिडिललाई लागु औषध कै परिभाषा भित्र कायमै राखी मात्राको सम्वन्धमा थप व्यवस्था सम्म उल्लेख गरेको पाइदा सो फेन्सिडिललाई ०५१।२।२ को राजपत्रमा प्रकाशित सूचना भन्दा अगाडि लागु औषधको परिभाषा भित्र नपरेको भनी भन्न र मान्न नमिल्ने । (प्र.नं. १८) § प्र. सुरेन्द्र सिंह राजपुतले अदालतमा आइ वयान गर्दा देखाइएको फेन्सिडिल आफुबाट वरामद नभएको र आफुले उक्त कसुर नगरेको भनी वयान गरेको भएता पनि सो को पुष्टि समर्थन हुने गरी कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेको देखिदैन । यस्तो स्थितिमा निज प्रतिवादी सुरेन्द्र सिंह राजपुतले आरोपित कसुर गरेको होइन भनी भन्न र मान्न नमिल्ने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री लेखनाथ ढकाल अवलम्वित नजिरः फैसला न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत विराटनगरबाट मिति २०५२।१०।२ मा भएको फैसला उपर प्रतिवादीले न्या.प्र.सु.ऐन, २०४८ को दफा १२(३) वमोजिम मुद्दा दोहर्याई पाउं भनी दिएको निवेदनमा मुद्दा दोहोर्याउने निस्सा प्रदान भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा फैसला यस प्रकार छ । २. जिल्ला सुनसरी हरिहरपुर गा.वि.स. वडा नं. ९ स्थित भन्टावारी भन्सार ढाटमा नेपाल भारत आवत जावत गर्ने मानिसहरुको शरीर र झोला जांच गर्ने क्रममा २०५०।१२।११ को दिन भारत सुपोल जिल्ला कर्जाइन वस्ने सुरेन्द्र सिंहले वोकेको झोला चेकजांच गर्दा निजको झोलाबाट १३ वोतल लागु औषध फेन्सिडिल फेला परेको हुंदा निजलाई लागु औषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक कार्यवाही गरी पाउं भन्ने २०५०।१२।११ को प्रहरी प्रतिवेदन । ३. २०५०।१२।११ गते विहान अं. ८ वजेको समयमा नेपाल भारत सिमाना स्थित भन्टावारी भन्सारको ढाटमा भारत सुपोल जिल्ला कर्जाइन वस्ने सुरेन्द्र सिंहको झोलाबाट १३ वोतल (१२५ एम.एल. को प्रति गोटा १८।८५ पर्ने) वरामद भएको हो भन्ने २०५०।१२।११ को वरामदी मुचुल्का । ४. नेसनल फोरेन्सिक साइन्स लेव्रोटरीको परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको । ५. मिति २०५०।१२।११ का दिन गाउंको महेन्द्र चौधरी र म सल्लाह गरी नेपाल आउने भै १६।- को दरले जम्मा १३ वोतल फेन्सिडिल खरीद गरी आउंदै गर्दा भन्टावारी भन्सारबाट छेउमा आइपुग्दा १३ वोतल फेन्सिडिल सहित म पक्राउ भएको हो । साथी प्रहरी देख्नासाथ भागि गए भन्ने समेत व्यहोराको प्रतिवादी सुरेन्द्र सिंह राजपुतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान । ६. २०५०।१२।११ गते विहान ८ वजे भण्टावारी ढांटमा सुरेन्द्र सिंहको शरीर र झोला चेक गर्दा निजको साथबाट