निर्णय नं. ६७२३ - जिउमास्ने वेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७२३ - जिउमास्ने वेच्ने भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/१२/०४ २८४९ नि.नं. ६७२३ ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधिश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधिश श्री हरिप्रसाद शर्मा संवत २०५४ सालको फौ.पु.नं. ... १८४२ फैसला मिति : २०५५।१२।४।५ मुद्दा : जिउमास्ने वेच्ने । पुनरावेदक /प्रतिवादीः सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ७ घर भै हाल कारागार शाखा विराटनगरमा थुनामा रहेकी गिता परियार विरुद्ध प्रत्यर्थी /वादी : वम वहादुरको प्रतिवेदनले श्री ५ को सरकार § प्रतिवादी गीता परियारले अदालतमा वयान गर्दा कसुरमा इन्कारी वयान गरेतापनि मौकामा अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा कसुर गरेकोमा सावित रहेको देखिन्छ । वेश्यावृत्तिमा लगाइएको व्यक्तिहरु ललिता र कोपिलाको जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६ को उपदफा (१) वमोजिम भएको वयान उपदफा (२) वमोजिम जिल्ला अदालतबाट प्रमाणित गराएको पनि देखियो । यस्तो प्रमाणित वयान झुठ्ठा हो भन्ने प्रमाण अभियुक्तले पुर्याउनु पर्ने जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ को उपदफा (२) ले प्रष्ट गरेको छ । बुझिएका व्यक्तिहरुको वकपत्र व्यहोरा समेतबाट प्रतिवादीले कसुर गरेको भन्ने पनि देखिएको छ । प्रतिवादी तर्फबाट उल्लेखित वयान व्यहोरा झुठ्ठा हो भन्न सकिने प्रमाण समेत गूजार्न सकेको नदेखिएकोले समेत पुनरावेदन अदालत विराटनगरले प्रतिवादी गीता परियारलाई अभियोग दावी वमोजिमको कसुर गरेको ठहर्याई सजाय गरेको इन्साफ मिलेको देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १९) पुनरावेदक प्रतिवादीतर्फवाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल विपक्षी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत विराटनगरको मिति २०५३।९।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छ । २. गीता परियारको घरमा वाहिरबाट महिला एवं केटीहरु ल्याई लुकाई राखी केटाहरु खोजी वेश्यावृत्ति धन्दा चलाई रहेको भन्ने कुरा सुराक पाएकोले निजहरुलाई पक्राउ गरी जिउ मास्ने वेच्ने महल अन्तर्गत कारवाही होस भन्ने प्र. ह. अर्जून दाहालको प्रतिवेदन । ३. गीता परियारले आफ्नो घरमा केटीहरु ल्याई लुकाई फकाई प्रलोभन समेतमा पारी वेश्यावृति गराउछन भन्ने सुराक अनुसार निजको घरमा छापा मार्दा औरावनी ५ वस्ने ललिता सार्की, सोनापुर २ वस्ने कोपिला सार्की फेला परेकाले मौखिक सोधपुछ गर्दा गीता परियारले हामीलाई ल्याई वेश्यावृति गराई राखेको र घर कोठाबाट वाहिर निस्कन समेत दिएको छैन भनि वताएकीले वेश्यावृति गराउने निज गिता परियार समेतलाई पक्राउ गरी दाखिला गरेको छु भन्ने प्र.स.नि. वम वहादुर कोइरालाको प्रतिवेदन । ४. मिति २०५२।२।२ गते दुहवी हाट जांदा गीता परियारसंग भेट भई निजले आज मेरो घरमा वसौं भनि कर लगाइएकीले वस्दा राती दुईजना नचिनेको मानिस ल्याई हामीलाई धेरै राम्रो कपडा चप्पल किनी दिन्छु, पैसा दिन्छु भनि मानिसहरुसंग यौन सम्पर्क गर भनि फकाउदा हामी नमानेपछि ती व्यक्तिहरुले निजै गिता र निजको वैनीसंग नै यौन सम्पर्क गरी गए । ऐ.३ गते राती पनि नचिनेका २ जना लोग्ने मानिस आएपछि गिता परियारले पुनः हामीलाई फकाई निजहरुबाट पैसा लिई वत्ति निभाई हामी सुतेको ठाउंमा पठाई दिएपछि ति मानिसहरुले जवर्जस्ति करणी गरी गए ऐ. ५ गते राती पनि एक जना मानिस आई हामी मध्ये ललीता सार्कीलाई करण