निर्णय नं. ६७२४ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७२४ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०८/२१ २८६४ निर्णय नं. ६७२४ ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधिश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधिश श्री कृष्णकुमार वर्मा सम्वत् २०५२ सालको दे.पु.नं. .. २९३२ फैसला मितिः २०५५।८।२१।२ मुद्दाः लेनदेन । पुनरावेदक/वादीः मोरङ गोविन्दपुर ७ वस्ने बुद्वि प्रसाद रिजाल विरुद्ध प्रत्यर्थी /प्रतिवादीः मोरङ गोविन्दपुर १ वस्ने घनश्याम सिवाकोटी § विवादको लिखत हेर्दा सो लिखत रजिष्ट्रेशन पारित गराउनु पर्ने अचल सम्पत्ति समावेश भएको राजिनामा भोगवन्धक वा दृष्टिवन्धक प्रकृतिको नदेखिई कर्जा लिने दिने कुरामा साहु आसामी वीच भएको लिखत देखिएको र कर्जा बुझाउने सम्वन्धमा जग्गा दिने शर्त उल्लेख भएकोले समेत लेनदेन व्यवहारको २ नं. अन्तर्गतको लिखत भन्न नमिल्ने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री हर्क भटृराई प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री तिर्थ वसौला अवलम्वित नजिरः फैसला न्या.कृष्णजंग रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः २. केटानाको जग्गा सटृाभर्नामा लिई २-०-० जग्गा पास गरी दिनेछु सो दिन नसके गोविन्दपुर १ (ख) कि.न. २२३ र १(च) कि.नं. २७ समेतको १-१३-० जग्गा पास गरी दिनेशर्त गरी म वाट रु.१६०००। लिई मिति ०३७।८।१९ मा लिखत गरि दिइएकोमा आज सम्म जग्गा पास नगरेको र रुपैया समेत नदिएकोले लेनदेन व्यवहारको २ नं. का म्याद भित्रै फिराद गर्न आएको छु । साक्षी प्रमाण बुझी विपक्षीवाट रु.१६०००। दिलाई भराई पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. मैले जग्गाको वैना वापत रु.१६०००। लिई कागज गरि दिएकोमा सटृाभर्ना वापत केचनाको जग्गा प्राप्त नभएपछि गोविन्दपुर अन्तर्गतको लिखतमा उल्लेख भएको जग्गा पास गरि दिन्छु भनि वादीलाई भन्दा जग्गा नलिई रुपैया नै लिने भएकोले मेरो जग्गा विक्री गरी प्रमाणको साक्षीका रोहवरमा बुझाई सकेको छु । रुपैया बुझाई सकेपछि लिखत माग्दा घरमा छ, दिन्छु भनेकोले २ दिन पछि वादीको घर गै माग्दा लाटी छोरीले गोजीवाट झिकी उडाई दिईछ, भन्दा विश्वासमा परि वसेकोमा यति वर्ष पछि आई झुटृा नालेस गरेको हो र वादी दावीको लिखत जग्गा पास गरी दिने गरी भएको हुंदा करार ऐन, २०२३ को दफा १८(ग) अनुसार २ वर्ष भित्र शर्तनामामा लेखाएको रुपैया भरि पाउं भनि गर्नु पर्नेमा सो नगरी हदम्याद नघाई गरेको वादीको नालेस खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. बुद्विप्रसाद रिजाल धनी र घनश्याम सिवाकोटी ऋणि भएको मिति ०३७।८।१९ को रु. १६,०००। को सक्कल लिखत प्रतिवादीले हेरी सो लिखतमा लागेको सहिछाप मेरो बुवा घनश्याम सिवाकोटीकै हो । सो सहछिाप किर्ते होइन भनि घनश्याम कै वारेस राजकुमार शिवाकोटीले ०४७।१०।१ मा वयान गरेको रहेछ । ५. वादी प्रतिवादीका साक्षी को वकपत्र भएको रहेछ । ६. वादी दावी वमोजिमको रुपैया वादीलाई प्रतिवादीले बुझाएको देखिने गरि कुनै साक्षीको वकसपत्र नभएको तर प्र.ले रुपिया तिरेको छैन भनि किटानीसाथ वादीका साक्षीले वकपत्र समेत गरेको हुंदा र रुपैया बुझाई सकेको छु भनि उल्लेख गरेपनि निश्चित सबुद प्रमाण लिखित प्र. तर्फवाट पेश हुन नसकेको हुंदा वादीले प्रतिवादीवाट सांवा रु.१६,०००। भरि पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४८।१२।१७ को मोरङ जिल्ला अदालतको फैसला । ७. शुरुको फैसलामा चित्त बुझेन सो फैसला त्रुटिपूर्ण